जीवनसाथी यस्तो होस्, होस्टेमा हैंसे होस्

मनोसामाजिक परामर्श

सुमित्रा श्रेष्ठ

गाडी गुड्नको लागि दुई चक्का आवश्यक हुन्छ । वैवाहिक सम्बन्धलाई टिकाइराख्न (सुख, शान्ति, उन्नतीशील बनेर बाँच्न) असल, सहदयी र नम्र जीवन साथीको आवश्यकता पर्दछ।

सबै जोडीहरू (विधिवत् संस्कार या प्रेमविवाहका जोडी हुन्) दुख, सुखका सहदयी हुने इच्छाले एकले अर्कोसँग आफुलाई समर्पण गरेका हुन्छन् ।

चाहेर मात्र वैवाहिक जोडी कहाँ सफल हुन्छ र ? यदि दुवैमा सफल बनाउने गुण, समझदारी, सहयोगी, वफादारी, व्यबहारिक गुणहरू जस्तैः मिजासिलो, हँसिलो, मिठो बोली, चित्ताकर्षक व्यक्तित्वका धनी आपसमा हुन नसके युगल जीवन साथीको सफलता रोकिन सक्छ ।

राम्रो कुरा लिने र नराम्रोलाई हटाउन सक्ने खुवी, सवल आर्थिक व्यवस्थापन, यौन ज्ञान, फुर्सदको सदुपयोग गर्न सक्ने आदि गुणहरू हुनु अति आवश्यक हुन्छ । अझ वैवाहिक जोडीमा भावनात्मक, शारीरिक, मानसिक, सामाजिक र आध्यात्मि विचार आदानप्रदान गर्न सके सुनमा सुगन्धको जोडी पक्कै बन्न सक्नेछ ।

अतः सबै वैवाहिक असल जोडाहरूले माथि भनिएका गुणहरू आफुमा भए नभएको विचार गरौं । साथै समय सापेक्ष आधुनिक, व्यवहारिक, सुशिक्षित बन्न सके टुक्रिदै गएको सम्बन्धमा सुधार हुन सक्नेछ । सुख, शान्ति, उन्नति खोज्न टाढा जानै पर्दैन, त्यहि होस्टेमा हैंसे गर्ने जीवनसाथी जीवनभरलाई हुनेछ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button