
खै कुरा बुझेको सरकार ?
मेरो मत
पारसमणि घिमिरे, टुर गाइड
केपी ओलीको आफुबाहेक अरु विकल्प नदेख्ने र जुनसुकै हालतमा आफै प्रधानमन्त्री हुनुपर्ने भन्ने हर्कत वास्तवमै भत्सर्नायोग्य छ । पर्याप्त बहुमतसहित दलका नेताहरु वैकल्पिक सरकार को दावीसहित प्रस्तुत हुँदा पनि रास्ट्रपतिले मध्यरात प्रतिनिधिसभा भंग गर्नु एकदमै नाजायज छ । अहिलेको महामारीको विषम परिस्थितिमा चुनावको बेमौसमी बाजा बजाउनुको साटो पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न सके महामारीबाट आहत हामी जनता धन्य हुने थियौ । खै कुरा बुझेको सरकार ?
…
(पत्रकारितालाई तपाईंको आवाज बोल्ने माध्यम बनाउने प्रयासस्वरुप तपाईं-हाम्रै अनलाइन पत्रिका नेपालनाम्चाले सगौरव सुरु गरेको स्तम्भ ‘मेरो मत‘मा ‘पछिल्लो राजनीतिक अवस्थाबारे तपाईंलाई के भन्नु छ ?’ भन्ने प्रश्नमा गाइड घिमिरे ।)