ल्याए त्यै नहुनु थियो मुलुकको शत्रु जो नीति थियो

मेरो मत
हरिप्रसाद गौतम, शिक्षक

स्रष्टा भन्छ सतत् नियति हो सबै जे हुन्छ लेखेको त्यो
द्रष्टा भै कहँदा के राम्रो भनूँ खै जे भो नराम्रो भयो
यौटै व्यक्ति यहाँ भेटिन्न किन हो खै कुन्नि देशैभर,
जो सोच्दो छ सधैँ बनाऊँ दिलमै नेपाल यो सुन्दर ?

आशा त्यो क्षिण भो यो अन्त्य घडीमा जो आशा हाम्रो थियो
ढाँटै होस् त पनि समस्त जनको मन्’मा त राम्रो थियो
सत्ता स्वार्थले हो या सर्त पो थियो यस्तो म गर्छु भनी
सौदाको कर हो या अन्य डर हो धर्ती घुम्यो फनफनी ।

ल्याए त्यै नहुनु थियो मुलुकको शत्रु जो नीति थियो
जस्का कारणले यो यत्रो रोग नै फिका बनाइदियो ।
के हो खै छल यो या मत्त बलको सत्ता छ मेरो भनी
चिन्ता भो अति नै यो भित्री मनमा आगो बल्यो दनदनी ।

मेरो यो अभिमत् पुगोस् सकलमा चम्कोस् यो झिल्को बनी
देशै हो जननी र मन्त्र धरणी माता यिनै हुन् भनी
चाहे बन्छ अझै यो देश मनले मिलेर कम्मर कसौँ
स्वार्थीका करबाट झिकी देश यो आफै सम्हाली बसौँ ।


पत्रकारितालाई तपाईंको आवाज बोल्ने माध्यम बनाउने प्रयासस्वरुप तपाईं-हाम्रै अनलाइन पत्रिका नेपालनाम्चाले सगौरव सुरु गरेको स्तम्भ ‘मेरो मत’मा ‘पछिल्लो राजनीतिक अवस्थाबारे तपाईंलाई के भन्नु छ ?’ भन्ने प्रश्नमा शिक्षक गौतम ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button