
मभित्र दुईजना म छन्, कसको विचार लेखौं ?
बेनुपराज प्रसाईं, पूर्व मन्त्री
मभित्र दुईजना म छन् । म कसको विचार लेखौं ? एउटा म ‘पद, शक्ति र आकांक्षा पुर्तिको लागि के लेख्दा कल्याण हुन्छ, त्यहि मात्र लेख र अरु विचार कालो टालोमा वाँधेर राख’ भन्छ । अर्को, ‘तेरो अनुभुति र अनुभव निसंकोच पोख भोलिका सन्ततिलाई काम लाग्ला’ भन्छ । यो मनको द्वन्द्वमा सबैका कृतिम कुराबीच म के कुरा राखौ ?
हाम्रो राजनैतिक पद्धति र संस्कार बहुदलीयता र संसदियता नै हो । अरु विचार सम्मान साथ सुन्ने, छलफल गर्ने र निष्कर्षलाई सबैले आफ्नो निर्णय बनाउने, सबै दलले सबै दललाई बलियो बनाउने, संयम र सहिष्णुतालाई सबैले आफ्नो राजनैतिक चरित्र बनाउने, पद पैसा र शक्तिको आशक्तिभन्दा माथिको नेतृत्व पाउने जनताको अधिकारको रक्षा हुने अवस्था समयले खोजेको छ । तर, के त्यो यहाँ विद्यमान छ ?
त्यसैले वर्तमान राजनैतिक घटनाक्रममा कृतिम कुरा पोखेर अक्षरलाई किन अमर्यादित बनाउने होला ।
(पत्रकारितालाई तपाईंको आवाज बोल्ने माध्यम बनाउने प्रयासस्वरुप तपाईं-हाम्रै अनलाइन पत्रिका नेपालनाम्चाले सगौरव सुरु गरेको स्तम्भ ‘मेरो मत’मा ‘पछिल्लो राजनीतिक अवस्थाबारे तपाईंलाई के भन्नु छ ?’ भन्ने प्रश्नमा पूर्व मन्त्री बेनुपराज प्रसाईं ।)