२६ चैतमा बहुदल दिएर राजा ‘प्रजातन्त्रवादी’ भए तर मरिचमानको जीवनरेखै बदलियो

एकातिर प्रजातन्त्र आइरहेको थियो । अर्काेतिर मरिचमान र उनको परिवारको स्वतन्त्रता गुुमिरहेको थियो ।

कमल ढकाल

महाभारत विजयपछिको कथा यस्तो पनि छ, ‘अब युुद्ध सकियो भनेर अर्जुुनले उनको गान्डिव धनुु थन्काउँछन् । गान्डिव धनुुुको एक टंकारमा समुुन्द्र समेत हल्लिन्थ्यो । विपक्षीहरु त्यो धनुुको टंकारमै बेहोश हुुन्थे । त्यहि धनुु थन्काएपछि कुुकुुरले खुुट्टा उचालेर पिसाव फेरिरहेको अर्जनुुले देख्छन् ।’ समय कस्तो वलवान हुुन्छ भन्ने कुराको महत्व देखाउने यो कथा हो ।

२०४६ चैत्र २४ गते अगाडिको मरिचमान सिंह श्रेष्ठ र पछिको मरिचमान सिंह श्रेष्ठमा त्यहि गान्डिवको जस्तै कुरा मिल्न खोज्छ । राजीनामा नदिँदासम्म उनीसँग क्वार्टर थियो । गाडी थियो । सब सानमान थियो । सबैले वाह वाह प्रधानमन्त्री ज्युु भन्थे । आन्दोलनका बारे ब्रिफ गर्थे । राजाले पनि मरिचमान यस्तो राम्रो उस्तो राम्रो भन्थे । जब राजीनामा दिए, उनी सबैभन्दा ठुलो खलपात्रको रुपमा गनिए । उनलाई कहि कतैबाट सहयोग भएन । सबैले पैसा लुुटनुु लुटयो । मोज मस्ति गरयो भनेर भन्थे । पत्रपत्रिकाले विभिन्न घरहरु देखाएर यो मरिचमानको घर उ मरिचमानको घर भनेर लेखिरहे । मानौ मरिचमान धन कुुवेर भइसके ।

एकातिर प्रजातन्त्र आइरहेको थियो । अर्काेतिर मरिचमान र उनको परिवारको स्वतन्त्रता गुुमिरहेको थियो ।

राजनीति हल्लाको पछाडि यसरी लाग्छ । जनतालाई केही थाहा हुदैन । जब मरिचमानले प्रधानमन्त्रीबाट राजीनामा दिए, उनलाई भए नभएका आरोप आउन थाल्यो । ज्यानमारा, मरिचमान मुुर्दाबाद । पन्चे मरिचमान मुुर्दावाद । जनहत्यारा मरिचमानलाई फाँसि दे । मरिचमानले कति लुटे कति । कति ठाउमा घरै घर छ उनको आदि भनेर समाचार आउथे । विदेशमा घर, होटल छ भन्थे । सुुनेर मरिचमान आफै जिल पर्थे । पत्रपत्रिकाले पनि सुुनेकै भरमा मज्जाले लेखिदिन्थे । उनी भ्रष्टाचारी, मान्छेमारा र अनेकौ दुुर्नामले पुुरिए । उनले भनेको सुुन्ने बेला थिएन त्यो । मान्छेहरुमा हो मा हो थपिदै गए । भुुपिले भने जस्तै हल्लै हल्लाको देशमा मरिचमान पनि हल्लामा पुुरिए ।

एकदिन मरिचमानले पेपरमा आएको मरिचमानको घर भनिएको घरधनीलाई फोन गरेर भनेछन्, ‘तपाईको त्यो घर मेरो नाममा पास गरिदिनुु पर्यो । सबैले मेरो घर भनेका छन् । कि खन्डन गर्नाेस् कि मलाई पास गरिदिनुुस् । मिडियादेखि सामान्य मान्छेसम्म मरिचमानले बहुुत कमाएको छ । लखनौ लुुट गरेको छ । भन्ने हल्ला तपाईकै कारण पनि भएको छ ।’

घर धनीले भनेछन्, ‘छाडदिनुुस न हजुुर के भयो र भनेर तपाईको हुने हैन ।’

मरिचमानले कड्कदै भनेछन्, ‘त्यो खुुरुक्क खन्डन गर्नाेस् ।’

घरधनीले भनेछन्, ‘सर अहिले खन्डन गर्यो भने त हजुुरसंग मिलेको भनेर मलाई मारिहाल्छन नि, अहिले त हुँदैन हजुुर ।’ मरिचमानसँग कोही जोडियो भने त्यसले पनि दुुःख पाउने समय थियो त्यो ।

उता त्यत्रो घर उनको नाममा भनेर आईरहेको थियो । यता मरिचमान भने आफुुले बस्ने कोठा भाडा नपाएर परिवारलाई कहाँ राख्ने भनेर हिडिरहेका थिए । महिनौ विरोधका स्वरहरु र भए नभएका नाना थरि आरोप आईरहे । उनी सुुनिरहे ।

पोलिटिक्स गर्नेले अपमानको बिष पचाउन सक्नुपर्छ । उनले पनि पोलिटिक्स गरेवापत पाएको अपमानको बिष हेरिहेरी खाइरहे ।

उनले त खाए । उनका छोराछोरीले बेकारमा दुुःख पाए । न कहिल्यै सरकारी जागिर वा केही लाभको पद पाए उनीहरुले । मरिचमानले प्रधानमन्त्री हुँदा परिवारले बिगार्न सक्छन् भनेर परिवारलाई टाढा राखे । तैपनि परिवारले उनका कारण दुुःख पाउन छाडेनन् ।

अनिलले भन्थे, ‘प्रधानमन्त्री हुँदा पनि हामीले बुुबा आउनुु भयो, बुुबा जानुु भयो भन्ने सुुनिन्थ्यो, देख्न पनि गाह्रो हुन्थ्यो, जुनबेला पनि कोठाभरि मान्छे हुुन्थे हामीले भेटन नै पाउदैनथ्यौ ।’

स्वतन्त्रता खोसिएका मान्छे जस्ता भएकाथे उनका छोराछोरीहरु । प्रधानमन्त्री हुनुु भयो भन्ने मात्रै थियो छोराछोरीलाई । उनीहरु आफनै बाबुु आफैसंग खोसिए झै हेरिरहन्थे । बुुबाले सुुख पाउँदा सुुख पाउनुु पर्ने पाएनन । दुुःख पाउँदा परिवारले नै पाए ।

राजीनामापछि मरेको मान्छेलाई उपियालाई छाडे झै सबैले छाडे । त्यतिबेला उनलाई साथ दिने त्यो मास भएन । एजी शेर्पाले उनलाई त्यतिबेला खुुब मद्दत गरे । बालुुवाटार छाडेपछि उनको डेरा पनि थिएन । मरिचमान भन्यो कि कसैले डेरा नै नदिने ।

प्रधानमन्त्री जस्तो मान्छेले बस्ने ठाउँ नहुुदा एजीलाई पनि चसक्क गरेछ । प्रधानमन्त्रीले खोज्दा डेरा पनि पाउँदो रहेनछ भनेर एजी कुुराकानी गर्दा छक्क पर्दै भन्थे, मान्छेको कस्तो दिन आउदो रहेछ बा ।

घरमा राखेको केही दिन त्यत्तिकै ढोका थुुनेर बाहिरबाट ताल्चा लगाउन पर्ने समय थियो त्यो । मरिचमान भन्यो कि त्यो नामलाई पनि मान्छेहरु बाँकी राख्दैनथे । उनी बसेको थाहा पाए आफनो घरमा ढुुंगामुुडा गर्ला भन्ने डर एजीमा पनि थियो । मरिचमान भने त्यस्तो अवस्थामा पनि बाहिर जान्छुु के को डर भन्ने गर्थे । त्यत्रो बाहिर बिरोध भएको छ उनी निसंकोच बस्थे । आफनै बिरोधी नाराहरु टिभीमा हेरेर ।

चैत्र २६ गते राजाले बहुुदल दिए । राजा त प्रजातन्त्रवादी भए । मरिचमान झनै प्रजातन्त्रविरोधी बने । उनले आफैले राजालाई भनेको जस्तो भयो । उनी बलिको बोको बने । राजा बलि दिएर पाप पखाल्ने भक्तालुु जस्तै बने । राजालाई राम्रो भन्दा मरिचमानलाई भने खुुशी नै लाग्थ्यो । साराले गाली गर्दा पनि उनी खुुशी खुुशी बसिरहन्थे । एजी शेर्पाले चप्पल कारखाना नजिकै डेरा खोजिदिए ।

एजी भन्दैथे, ‘डेरा त खोजियो । प्रधानमन्त्री भएको मान्छेसँग सोफाहरु किन्ने पैसा नै छैन । कति छ भनेर सोध्दा खै दुुई तीन हजार होला भन्छन् ।’

कुराकानीमा जोस्सिएका एजी भन्थे, ‘मुुँईले यस्तो मान्छे त देखेकै छैन । आचम्मै लाग्यो ।’

जसोतसो नजिकै डेरा खोजियो । चप्पल कारखाना नजिकैको डेरामा डेढ बर्ष बस्दा मुुलुुक नयाँ धारमा गइसकेको थियो । संविधान बनिसकेको थियो । चुनाव भइसकेको थियो । मुुलुुकमा गिरिजाप्रसाद कोइरालाको सरकार पनि आईसकेको थियो । त्यसपछि उनी बाँसबारी डेरा सरे । बसेको डेरा भाडा उनै एजी शेर्पा र अनिलको सासुु उर्मिला श्रेष्ठले तिरिदिए ।

चप्पल कारखानामै बस्दा दशै आयो । तिहार आयो । मरिचमानको परिवारलाई भने कुनै उमंग आएन । बरु जेलमा बसेको मान्छेलाई मस्ति हुुन्थ्यो होला, उनीहरुलाई कुुनै उत्साह थिएन ।

मरिचमान पुुत्र अनिल ती दिनका घटना सम्झदै भन्छन्, ‘घरमै पटाका हालिदिन्थे, मेरो मोटरसाइकल नै बाल्न खोज्थे, बाटोमा कसैले देखे पनि मरिचमानको छोरो भनेर पेलपाल गर्न खोज्थे, गोजी छाम्थे केही ल्याएको छ कि भनेर मानौ म अपराधीको सन्तान हो ।’

अनिललाई नभएको मुुद्दा लगाएर २०४८ सालमा सल्यानमा थुुन्न पनि खोजेका थिए । अनिल मात्र हैन छोरी रश्मिको पनि आफनै कथा थियो । विवाहबन्धनमा बाँधिइसकेकी रश्मी सुुत्केरी हुनेवाला थिइन् । जचाउन जाँदा डक्टरले पनि अर्कै नजरले मरिचमानको छोरी भनेर भन्थे । भन्दै थिइन्, ‘सुत्केरी हुँदा हरेक आमा पीडामा पनि हाँस्छ भन्छन्, मलाई त अर्काे पीडाले थिचिरहेको थियो । बुुबालाई केही गर्ने पो हुन कि भनेर ।’ मरिचमानको परिवारमा कोही बाहिर गएर ढिला आयो भने अत्यास सुुरु हुुन्थ्यो । जुनबेला पनि उनीहरु अकुुत सम्पति कमाउने, आन्दोलन दवाउने, मान्छे मार्नेका सन्तान भनेर हेरिन्थे ।

हेर्दाहेर्दै उनीहरुका दिन कहाँबाट कस्ता बने ।

घर बनाउन उस्तै सास्ती थियो । राजाले दिएको गाडी बेचेर उनले घर बनाएका थिए । एघार लाखमा बेचेको गाडीकै कारण मरिचमानको घर बनेको थियो । जसोतसो २०४८ सालमा एक तले घर बनाए ।

फोन जोड्न उस्तै महाभारत । भुुतपुुर्व प्रधानमन्त्रीले दुुई लाईन फोन पाउने व्यवस्था थियो । एक लाइन फोन जोड्न पनि हैरानी भयो । मरिचमानको घरमा फोन जोड्न म त जान्न, म त जान्न भन्दै सबै कर्मचारी पन्छिन्थे । उनीहरुको मनमा त्रास थियो । गयो कि कार्वाहीमा परिन्छ ।

लौ भएन भनेर एक दिन मरिचमानले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै फोन गरे ।

उनले पिएलाई भनिदिए । तैपनि बल्लतल्ल बिदाको दिन आएर फोन जोडिदिए । अरु दिन जोड्दा कर्मचारीले नै थाहा पाएर आफुलाई मरिचमानको घरमा फोन जोडेर आएको भनेर गिल्लाउँछन भनेर विदाको दिन आएको कर्मचारीले बताएको उनले सम्झे । फोन जोडेपछि मरिचमानलाई अख्तियारबाट ससाना कुुरामा फोन आउन थाल्यो । कहि कतै केही बिगार नगरेका कारण उनी अख्तियारसंग नडराई भन्थे, ‘प्रमाण पुुराएर मलाई समात्न आउनुु म घरमै हुुन्छुु ।’

केही न केही त गर्नै परयो भनेर एक दिन उनले वाणिज्य बैक, बालाजुु शाखाका महेन्द्र कर्माचार्यलाई बोलाए । गाई, कुुखुुरा र बट्टाई पाल्न पैसा दिन सकिन्छ भनेर सोधे । महेन्द्र पनि जिल खाए । पुुर्व प्रधानमन्त्री जस्तो मान्छेको कुुखुुरा पाल्ने कुराले । उनले लोन मिलाईदिए । घर लोनमा राखेर पालेको कुुखुुराले पनि सत्तो छाड्यो । रोग लागेर कुुखुुरा सखाप ! आफै दाना पानी हाल्ने मरिचमानको पनि कुुखुुराको रोगसँग केही लागेन । राम्रो फस्टाएको बेला बजार नहुुने । नफस्टाउदा यसै घाटा लाग्ने । उही दाना बनाउनेलाई नाफा भयो । बजारमा कुुखुुरा काट्नेलाई नाफा भयो । मरिचमानलाई भएन । लोनमा डुुब्दै गएपछि सल्यानकै तीन रोपनी जग्गा धापासीबाटै बेचिदिए र ऋण तिरे ।

गाडी बेचिसकेका थिए । घर एक तले थियो । कहिलेकहि कतै मान्छेले बोलाए भने छोरालाई मोटरसाइकलमा लगिदिए भन्थे । फर्कदा टेम्पो, टयाक्सी वा कसैसँग लिफट मागेर उनले २०४८ पछिका धेरै दिन बिताए । सल्यान जाँदा नाइट बसमा गएको देखेर सल्यानी चकित भएछन् । बसपार्कमा गाडी चढ्दा प्रधानमन्त्री देखेर संगै यात्रा गर्नेले गाउँगाउँमा त्यो कुरा सुनाएछ । उनको मृत्युुपछि सल्यान जाँदा त्यो कुरा किंवदन्ती जस्तै जिवित थियो । मिलन लजमा उपस्थित मान्छे भन्थे, ‘पुुर्वप्रधानमन्त्री बसपार्कबाट टुुकुुटुुकु गुुन्टा बोकेर आइरहेका ।’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button