थिए एक विरला कम्युनिष्ट
सम्झना
अरविन्द रिमाल
विष्णुबहादुर मानन्धर, नेपालकाे अविभाजित स्वर्णिम कम्युनिष्ट आन्दाेलनका एक शिखर व्यक्तित्व, आफू जमीन्दार परिवारकाे भइकन पनि संघर्षमयी नेपाली किसान इतिहासका रचयिता एवम् प्रमुख पात्र, नेपाली जनताकाे मङ्गलकल्याण अभियानका कर्मठ अभियन्ता अस्ताए– पाकाे ९० वर्षकाे लडाकु, अनुभवले खारिएकाे जीवन बिताएर चिर विश्राममा गए ।
मानन्धरजी बेदागी, त्यागी, निष्कलङ्क, निष्पृह, सर्वथा इमान्दार, सही अर्थमा विरलाकाेटीका कम्युनिष्ट नेता हुन् । कुशल सङ्गठनकर्ता, प्रखर वक्ता, अत्यन्त सरल जीवनशैलीका, तर उच्च बाैद्धिकताले सुसम्पन्न, मधुरभाषी, भद्र पुरुष पनि हुन्, मानन्धरजी ।
कुनै समयकाे जल्दाेबल्दाे कम्युनिष्ट आन्दाेेलन चिराचिरामा बाँडिएकाे दुर्दान्त इतिहासका साक्षी रहेका मानन्धर आफू एउटा सानाे समूहमा झर्दा पनि कुनै कुण्ठा र पुर्वाग्रह नराखी लागी रहे, लागी परिरहे देश एवम जनताकाे हितार्थ — उही गुणले युक्तले भई ।
२०४६-७ सालमा नेपाली काँग्रेस तथा वामपन्थी दलहरुबीच टङ्कप्रसाद आचार्यकाे सक्रिय अग्रसरतामा साकाररूप लिएकाेे ऐतिहासिक कार्यगत एकताका एक प्रतिबद्ध सहजकर्ता- अभियन्ता पनि रहेका मानन्धरजी पद तथा प्रतिष्ठाभन्दा माथि उठेका व्यक्तित्त्व हुन् ।
उनी वामपन्थी दलहरुकाे सम्युक्त प्रतिनिधिमण्डलकाे नेतृत्त्व गर्दै देशमा सत्तामा आएकाे अल्पमतीय तर दम्भी सरकारका प्रधानमन्त्री मनमाेहन अधिकारीसँग परम राष्ट्रिय हितार्थ अन्य वामपन्थीसमूहसँग सहिष्णुताका विषयमा छलफल गर्न एकपटक सिँहदर्बार गएका थिए । त्यहाँ शिष्टाचारपूर्वक प्र.म.समक्ष हात अघि बढाउँदा समुचित प्रत्युत्तर नपाउँदा पनि कुनै कुण्ठा नराखेका कम्युनिष्ट नेता हुन्, मानन्धरजी !
राजनीतिमा इमान्दारीताकाे आफ्नै अवधारणा एवम् सँस्कृति बनाएका मानन्धरजी आफूले हुर्काएकाे, बढाएकाे दलकाे नेतृत्त्वसमूह अब राजनीतिमा ‘पाेलिटिक्स’ चलाउन उद्धत भएकाे देख्दा १२ वर्षअघि नै दलीय राजनीतिलाई तिलाञ्जलि दिए । त्यतिमात्र नभई, उनकाे पूर्व दल विदेशबाट परिचालित – प्रायाेजित माओवादी राजनीतिकाे प्यादा वा घाेडाचालमा परिणत हुनसक्ने घटनाक्रम बुझेर पनि उनले त्यस्ताे गर्हित राजनीतबाट अवकास लिएकाे ठान्न सकिन्छ ।
धाेवीखाेलातटमा स्थित आफ्नाे किमती निजी जग्गा र त्यसभित्र बनेकाे आफ्नाेे कुनै समयकाे नेकपा प्रधानकार्यालय पनि अब त पूरै माओवादी पाेल्टामा गएकाे देख्दा उनले यसलाई ‘विधिकाे विधान’ ठानेकाे हुनुपर्दछ ।
मानन्धरजीकाे राजनीतिक wave length नेकपा-एमाले तथा त्यसका अध्यक्ष के. पी. शर्मा ओलीसँग केकस्ताे थियाे त्यसकाे त म जानकार छैन । तर मानन्धरजीकाे चारित्रिक गुण र सैद्धान्तिक अवधारणाबारे थाेरबहुत जानकार भएकाे नाताले उनी हत्या- हिँसाकाे सिद्धान्तहीन माओवादी राजनीतिका कतई समर्थक नभएकाे ठान्न म आफूलाई गाह्राे पाउँदिन ।
आफू आफ्नाे सक्रिय कम्युनिष्ट राजनीतिक जीवनमा मानन्धरजीसितकाे हार्दिक भातृभाव एवम् कमरेडी सम्बन्धकाे न्यानाे सम्झना गर्दै अनि नेपाल विश्व शान्ति परिषद, नेपाल-अफ्राे-एशियाली ऐक्यबद्धता सङ्गठनमा तथा उहाँकाे नेकपा समूहकाे अनाैपचरिक मुखपत्र ‘माध्यम’मा एकताका घनिष्टरूपले सम्बद्ध भएकाे पनि हार्दिक सम्झना गर्दै उनकाे देहावसानमा गहन शाेक व्यक्त गर्दछु, उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु तथा परिवारमा गहीराे समवेदना व्यक्त गर्दछु ।
अन्त्यमा, भन्न मनलागेकाे एउटा सम्वेदनशील कुरा के हाे भने, नेपालकाे गरिमामय इतिहासका यस्ता साक्षी- पात्रले आफ्ना सुसमृद्ध अनुभवलाई शब्दमा छाडेर नगएकाे पाउँदा मन साह्रै कुढिँन्छ, कुढिँएकाे छ । खासगरी आफूले अनेक पटक यसकाे अर्थ एवम् महत्त्व भावी पुस्ताकाे लागि साह्रै नै उपयाेगी हुने तथ्यसत्य बताएकाे कुरा सम्झँदा पनि यस्ताे भाव व्यक्त गर्न पुगेकाे हुँ ।
भन्ने- लेख्ने कुरा त धेरै छन्, हाेलान्, त्याे कर्तव्य- जिम्मेवारी अरु सुयाेग्यपात्रलाई नै सुम्पेर कमरेड विष्णुबहादुर मानन्धरकाे स्मृतिमा यिनै शब्दश्रद्धाञ्जली अर्पण गरेकाे छु ।
जय नेपाल ।