विश्व नम्बर एक काठमाडौं

पाठक दृष्टिकोण

सागर साउद

हामी जिवित रहन र स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि शुद्द र सफा हावा अति नै अत्यावश्यक छ । वातावरण सन्तुलन राख्नको लागि र हामी पनि स्वास्थ्य हुनका लागि करिब ४४ प्रतिशत भुमि वनजङ्गलले ढाकेको हुनुपर्छ तर हाल नेपालमा भने २१ प्रतिशत मात्र भुमि वनजङ्गलले ढाकेको छ । त्यसैले पनि सहजै अनुमान लगाउन सकिन्छ कि नेपालमा वनजङ्गल फडानीको कारण वातावरण प्रतिकुल र अक्सिजन कम हुँदै गैरहेको छ ।

अर्को कुरा, सवारी साधनबाट निस्कने धुँवाले वायु प्रदुषणको समस्या शहरी क्षेत्रमा विशेष गरी काठमाडौ शहरमा दिनप्रतिदिन बढ्दैछ, काठमाडौ धुँवा र बढ्दो सवारी साधनका कारण प्रदुषणका हिसाबले हालै विश्श्वको पहिलो नम्बरमा गनिएको छ ।

एउटा सवारी साधनले मात्र एक टन पेट्रोल खपत गरेसंगै करिब करिब ७५० केजी धुँवाको रुपमा बिषालु ग्याँस फ्याक्छ, त्यसैले वायु प्रदुषण नियन्त्रण गर्न पहिला मानव निर्मित स्रोत साधन नियन्त्रण गर्नु पर्छ ।

प्रदुषण कसरी कम गर्न सकिन्छ त ?
-व्यवस्थित शहरीकरणको विकास गर्नु पर्छ । प्लास्टिक र धुवाजन्य पदार्थहरु जलाउनु हुन्न । सकिन्छ भने पुन प्रयोगमा ल्याउनु पर्छ ।
-पुराना सवारी साधन नियन्त्रणमा लिनु पर्छ ।
-सडक, खोलानाला आदिमा फोहोरमैला फाल्न प्रतिबन्ध लगाउनु पर्छ ।
-ढल निकासको उचित ब्यबस्थापन गर्नु पर्छ ।
-र, ब्यक्तिगत सुरक्षाको लागि पराबैजनी किरणबाट जोगिए मात्र पनि वायु प्रदुषण कम गर्न मदत पुग्न सक्छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button