सासू-बुहारी दुवैले बुझ्नैपर्ने ‘खास’ कुरा
सासू-बुहारी सम्बन्ध
प्रा.डा वीणा पौड्याल
संयुक्त परिवार प्रथा भएको समाजमा सासू–बुहारी सम्बन्धबारे चासो र चर्चा प्रशस्त भएको पाइन्छ । नेपाली समाजमा प्रचलित बिभित्र संस्कारमध्ये विवाह महत्वपूर्ण संस्कार हो । सामाजिक नियमसँगै धार्मिक आवश्यकताको रुपमा स्त्री र पुरुषको वैवाहिक सम्बन्धलाई लिइन्छ । हाम्रो परम्पराअनुसार केटीको विवाहपछि केटाको घरमा संयुक्त वा एकल परिवारको रुपमा बस्ने प्रचलन छ । त्यसैले एउटा बेग्लै वातावरण र मान्यताको केही अर्को वातावरण, रहनसहन र आर्थिक स्थितिमा मिलेर बस्नु पर्दा विभित्र प्रकारका कठिनाइ आउँछन् ।
परिवारका अधिकांश लोग्ने मानिस घर बाहिरको काममा व्यस्त रहने परिस्थिति र मान्यता भएको हाम्रो समाजमा नयाँ दुलहीले आफ्नो काम गर्ने ढङ्ग र मान्यताहरुबारे समर्थन वा विरोध महिला परिवारका सदस्यहरुबाटै प्राप्त गर्दछन् । पुरुषप्रधान समाज भए पनि अधिकांश घरमा महिलाहरुकै निर्णयलाई प्राथमिकता दिइन्छ । परिवारको अन्य सदस्यभन्दा उमेरको हिसाबले सासूको हैकम वा आदेश बुहारीले पालन गर्नुपर्ने हुन्छ । त्यसैले एउटा परिवारमा विभित्र उमेरका सदस्यहरु भए पनि सबभन्दा बढी सरोकार बुहारीले सासूसँग राखेको पाइन्छ ।
हाम्रो समाजमा विभित्र महत्वपूर्ण समस्यामा सासू–बुहारीको समस्यालाई पनि औंल्याउने गरिन्छ । प्रत्येक घरका सासू र बुहारीले यो समस्या र सम्बन्ध सुधार्न आफैले प्रयत्न गर्नुपर्दछ ।
अधिकांश मानिसको स्वभाव सुखको क्षणमा आफूले भोगेको दुःख बिर्सने हुन्छ । सासूहरुले पनि आफू बुहारी भएको क्षण याद गरेर विभित्र कार्य गर्ने बानी बसाले परिवारका सानातिना संकट आफै टर्दछ ।
एउटी आमाले आफ्नो छोराछोरी हुर्काउन सारै कष्ट गरेकी हुन्छे । दिन–रात, घाम–पानी, भोक–प्यास, सञ्चो–बिसन्चो कुनै कुराको वास्ता नगरेर छोराछोरीको स्याहार सम्भार गर्दछे । कुनै कुराको आशाले त्यो कार्य नगरेको भए पनि तीनै छोरा–छोरीको आमाप्रतिको दायित्व र कर्तव्य भने पक्कै हुन्छ । त्यसैले बुहारीले पनि आफ्नो सासूको त्याग तपस्या बुझ्ने, देख्ने गर्नुपर्दछ । बेला–बेलामा बिगतका कुरा सम्झिएमा सासूको घुर्काइ, आदेश र अवहेलना पनि आशिर्वाद जस्तै लाग्दछ । आफूभन्दा बढी उमेरकालाई मान मर्यादा गर्ने संस्कार हाम्रो हो । त्यसैले आफ्नो सासूलाई आदर सम्मान गर्दा सन्तुष्टिको अनुभव गर्नुपर्दछ । सासूले आयोजना गरेको कुनै पनि धार्मिक कार्यक्रम वा पारिवारिक जमघटमा बुहारीले सकेसम्म तन, मन र धनले सहयोग गर्न पनि पछि पर्नुहुँदैन ।
सासूले पनि बुहारीको उमेर अनुसारको चाहना, आवश्यकता, मीठो खाने र राम्रो लगाउने इच्छा बुझ्ने र समर्थन पनि गर्ने गर्नु पर्दछ । हरेक कुरो आफ्नो समयसँग दाँज्नुहुँदैन । हाम्रो पालामा पानी लिन सार्वजनिक धारोमा जानु पर्दथ्यो, दाउरामा खाना पकाउनु पर्दथ्यो, खाजा खाने चलन थिएन, कोठैपिच्छे राख्ने गरेको पित्तलको कोपरा माज्नु पर्दथ्यो, सासू–ससुरा खाना खान बस्दा उभिराख्नु पर्दथ्यो, घरका सम्पूर्ण परिवारका सदस्यले खाना खाएपछि मात्र भात खानु पर्दथ्यो जस्तो कुराहरु दोह¥याएर भनिराख्नु हँुदैन । हाम्रो समाजमा अधिकांश सासूहरुले बुहारीलाई बारम्बार मेरो छोरो जिम्मा लगाएको छ, यत्रो वर्ष अनेक कष्ट सहेर पालेँ, र छोरो हुर्कायो बुहारीलाई, छोरी हुर्कायो ज्वाइँलाई भत्रे भनाई पनि दोहो¥याइराख्नु हुँदैन । एउटा कुरो के सम्झनु पर्दछ भने आफूले हुर्काएको छोरो जस्तै बुहारी पनि अरु कसैले हुर्काएकी छोरी हो । विवाह सामाजिक पद्धति नियम हो । विवाह गरेर परिवारसित सम्बद्ध समस्त कर्महरु पूरा गर्नुपर्ने, पितृ ऋण चुक्ता गर्नुपर्ने सामाजिक मान्यता हो । त्यसैले हरेक सासूले आफनो छोरो विवाह योग्य बनाएर आफूले पालन गर्नुपर्ने कर्तव्य पूरा गरेको सम्झनु पर्दछ ।
त्रि ऋण– (क) ऋषि ऋण, (ख) देव ऋण र (ग) पितृ ऋण चुकाउनु प्रत्येक मानिसको कर्तव्य मानिन्छ । ऋषि ऋण–मनुष्यले, ऋषि ऋण अध्ययनद्वारा, देव ऋण यज्ञ, जपद्वारा र पितृ ऋण प्रजोत्पादद्वारा चुकाउनु पर्दछ । त्यसैले ब्रह्मचर्य आश्रम पूरा गरेर गृहस्थ आश्रममा प्रवेश गर्नु एउटा महत्वपूर्ण कर्तव्यपालन गरेको मानिन्छ । त्यही गृहस्थ आश्रममा प्रवेश गरेपछिको विभित्र तहका कर्तव्यमध्ये आफ्ना सन्ततिको लालनपालन र विभित्र संस्कार सम्पत्र गर्ने कार्य पनि पर्दछ । पृथ्वीमा भएका सम्पूर्ण कीरा, पंक्षी, जनावरको एउटा प्रमुख कर्तब्य आपm्नो वंश नाश हुन नदिएर वृद्धि गर्नु हो, त्यसैले मानिस पनि यो दायराबाट बाहिर छैन ।
सासू–बूहारीको सम्बन्धमा हाम्रो समाजमा सधैँ चर्चा पाउने विषयको रुपमा ब्यवहार अर्थात् बुहारीको माइतिबाट बेला बेलामा पठाइने नगद, कपडा र खानेकुरा पर्दछ । मधेशमा त झन् दाइजोको बिषयमा धेरै नै ठुलो समस्या उत्पत्र भएर ज्यान गएको घटना पनि थुप्रै छन् । हामीकहाँ भएको ऐनले यो समस्या केही हदसम्म समाधान गरे पनि पूर्णतया निर्मूल भने गर्न सक्तैन । ऐन–कानुनले तोकेको नियमले मात्रै सामाजिक सुधार ल्याउन सक्तैन । समाजका प्रत्येक ब्यक्ति चेतनशील र जागरुक भएमा मात्रै विभित्र कुरीति उन्मूलन गर्न सकिन्छ । बुहारी भित्र्याउने घरका प्रत्येक सदस्यले दान दिनु उत्तम र दान लिनु निस्क्रिय भत्रे सम्झनु पर्दछ । संधै दिनेको हात माथि र लिनेको हात तल हुन्छ । त्यसैले आफ्नै पौरखले सिर्जना गरेको सम्पत्तिमै दिनचर्या गुजार्ने बानीमा आत्मगौरव गरौं । सासूहरुले आफन्तलाई र साथी सङ्गीलाई बुहारीको माइतीबाट आएको खानेकुरा, मालतालको प्रशंसा गर्दा वा अरुकसैको बुहारीको माइतीबाट आएको दाइजोको कुरो उठाउँदा त्यसलाई बढी ग्राह्यता दिनुहुँदैन । एउटै परिवारमा बसेर लामो जीवनयापन सुखपूर्वक बिताउने, एकले अर्कोको मद्दत गर्ने मनस्थितिलाई प्रश्रय दिनुपर्दछ ।
बुहारीले पनि सासूको उमेर अनुसारको स्याहार सुसार, औषधिमूलो, तीर्थ यात्रा र धार्मिक कार्यबारे बिचार पु¥याउनु पर्दछ । सधैं एकतर्फी भएर सासूले नराम्रै मात्रै गर्छन् भत्रे सोच्नु हुँदैन । उमेर अनुसारको सोचाइमा केही फरकपन अवश्य आउँछ, त्यसलाई कम गर्ने प्रयत्न गर्नुपर्दछ ।
सासू–बुहारीको सम्बन्ध सुमधुर बनाउन त्यो परिवारको ससुरा, छोरा र नन्द आमाज्यूको पनि ठूलो भूमिका हुन्छ । जे होस् माटाको भर ढुङ्गालाई, ढुङ्गाको भर माटालाई । एक अर्काको समस्या बुझेर घरायसी र बाहिरको विविध कार्य गर्न मनस्थिति बनाएर काम गरेमा सासु–बुहारीको जस्तो मधुर र बलियो सम्बन्ध अरु नाताको हुँदैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)