के हो बलात्कार र किन गर्छ मान्छेले यो अपराध ?

प्रदीप उप्रेती

मानव मात्रमा रहेको यौन हिसांले चरमताको रुप धारण गर्छ भने, तत्पश्चात वलात्कारजन्य गतिविधीहरु समाजमा देखापर्न थाल्नेछ । सहि अर्थमा भन्ने हो भने बलात्कारको कुनै वर्ण, धर्म, रङ्ग, जातजाती वा सम्प्रदाय विषेश केहि पनि हुदैन, यो केवल यौनीक दुर्गन्धले भरिएको विशुद्ध पापकर्म मात्र हो । जसको परिणाम यती भयानक हुन्छ कि उसका मस्तीष्कहरुले सहि वा गलत क्रियाकलाप खुट्टउन नसक्दा निस्किएका विशुद्ध सामाजीक विकृतीको रुपमा यसलाई लिन सकिन्छ ।

यस प्रकारको गलत ब्यवहारलाई रङ्ग मिसाउने काम निश्चित रुपमा हामी र हाम्रै समाजले गरेको पाईन्छ किनकि सामाजिक विकृतिको रुपमा रहेको यौनिक दुर्घटनाहरु पुजिवाद, साम्यवाद, समाजवाद वा अन्य कुनै पनि वादमा हुन सक्छ । सभ्य एवं सुशीक्षित समाजमा बलात्कारीलाई कुनै पनि राजनीतिको रङ्गले अवश्य पनि पोतन मिल्दैन । किनकी वेरङ्गी भीत्र पनि वलात्कारका चित्कारहरु समाहित हुन सक्दछन् ।

नेपालको सन्दर्भमा भन्नुपर्दा दृष्य एवं अदृष्य रुपमा यस प्रकारका पिडावाट धेरै समुदायहरु पिडीत पाईन्छ । प्रतिनीधिमूलक घटनाको रुपमा निर्मला पन्तको घटनालाई लिने हो भने लगभग चारवर्षको समयावधी ब्यथित भई सक्दा समेत न्यायको आभाष प्राप्त गर्न सकेका छैनन् भन्दा त्यती फरक नपर्ला । सम्बद्ध बेथितीलाई हेर्ने नागरिक समाजका आखा†हरुमा पट्टी होईन सुक्ष्म अध्ययनको अत्यन्त खाचो रहेको छ । भनिन्छ हजारौं अपराधीहरु छुटुन् तर निर्दोष कदापि नपरोस् । प्रस्तुत तथ्य तितो तर वास्तविक यथार्थता पनि यहि नै हो । यो नै सामान्य कानूनको सिद्धान्त एवं ब्यवहारीक पक्ष पनि हो । प्रस्तुत यथार्थपरक तथ्यलाई ब्यवहारमा उतार्ने हो भने मात्र कानूनी राज्यको न्याय प्रतिस्थापन गर्न सम्भव रहन्छ । मानविय अन्तर चक्षुहरुले सुक्ष्म रुपमा नियाल्र्दै सत्य एवं न्यायको पक्षमा वकालत गर्न सम्भव भए मात्र न्यायसम्पादनमा निखारता आउने देखिन्छ ।

यौनहिंसा वा दुब्र्यवहार भन्ने कुरा तारतम्य मिलाएर आउने प्रक्रियागत कार्यहरु पक्कै पनि होईन । क्षणिक रुपमा प्राप्त हुन आउने यौनजन्य उग्रतालाई सम्बद्धपक्षले नियन्त्रण गर्न नसक्दाको प्रतिफल कति भयाभह हुन्छ भन्ने तथ्यको रुपमा यसलाई लिन सकिन्छ । विवेकशिल सामाजिक प्राणि मानवले आफुलाई नियन्त्रण गर्न नसक्ने भन्ने प्रश्न नै उठदैन ।

तर यौनजन्य दुब्र्यबहारका दरहरुलाई मानव सभ्यताबाट पूर्णतया अन्त्य गर्न भने कदापी पनि सकिदैन, यद्दपी ब्यवहारमा संयमता अपनाऊने चेष्टामात्र गर्ने हो भने पनि यसका दरमा धेरैहद सम्म न्यूनिकरण गर्न सहयोग पुग्ने देखिन्छ ।

तुलनात्मक रुपमा अध्ययन गर्दा धेरै हदसम्म पुरुष प्रदान अभिमानको प्रभावको कारण उत्पन्न हुने यौनीक दुर्घटना नै सम्भावित यौनीक वलात्कारका पिडाहरु हुन् । तसर्थ वलात्कारको प्रमुख तत्वको रुपमा नारी सहनशिलतालाई लिन सकिन्छ । यदि नारी एवं पुरुष सम्प्रदायबाट सुक्ष्म रुपमा गरीने न्यून यौन दुब्र्यवहारलाई समयमै विचार पु–याऊन सकिएन वा वेवास्ता गरीए तत्पश्चात गलत यौन दुरासय यूक्त मनोभाव भएका तत्वहरुको मनोवैज्ञानीक तवरवाट उत्पन्न हुने दुराषयूक्त आत्मवलनै यौन दुब्र्यवहारको कारकतत्व मान्न सकिनेछ ।

आज एक्काईसौ शताब्दिको पौरखी महिला समुदायलाई समेत यौनको प्रतिमूर्तिको रुपमा लिने सस्कृतिको विकासले निसन्देह नागरिक समाज यौनहिंसाको दरहरुलाई अभिबृद्धि गर्न सहयोग पु–याउनेछ ।

यसका साथै नावालिक चेलीको समुहले सहज रुपमा यौनजन्य दुब्र्यहारलाई प्रतिकार गर्न नसक्ने अवस्थालाई यौन दुराचारीहरुले आफुनुकुलको यौन सदाचारयूक्त ब्यवहारको रुपमा उपभोग गर्ने वा गर्न चाहने विकृत मनोबैज्ञानिक तत्वका कारण नागरिक समाजले चाहदा चाहदै पनि बलात्कार एवं यौन दुब्र्यवहारको दरमा कमि आउन नसकेको मात्र हो । अन्यथा सामाजिक आत्मसम्मान एवं सम्बद्ध मुलुकको कानूनको भयले जघन्य अपराधको रुपमा रहेको मानवता विरोधीकार्यलाई कुनै पनि हालतमा आत्मसाथ गर्न कुनै पनि मानव सम्प्रदाय अग्रसर हुदैनन् भन्दा फरक नपर्ला ।

तसर्थ वास्तविक रुपमै वलात्कारजन्य पिडाबाट वच्न नारी सम्वेदनशिलतामा आधारित रहेको सदाचारयूक्त ब्यवहारलाई न्यून रुपमा भए पनि त्याग्ने प्रवृतिको विकास गर्ने हो भने धेरैहद सम्म गलत मनसाययुक्त ब्यवहारका दरहरुमा न्यूनता आउने छ । जसको प्रत्यक्ष प्रभाव स्वरुप जघन्य अपराधका दरहरुमा समेत न्यूनता छाउने छ । किनकि सम्बद्ध आपराधिक तत्वबाट महिला समुहको सम्वेदनशिलता एवं सहनशिलतालाई कमजोरीको रुपमा लिएकै कारण अपराधका दरहरुमा अभिवृद्धि भएका हुन्, जसमा विशेष सर्तकता अपनाऊने वित्तिकै आपराधीक तत्वको ऋणात्मक आत्ममनोवल हसउन्मुख पथमा अग्रसरभई नागरिक समाजमा हुने गरेको यौन दुर्घटनाको क्षेत्रमा कमि आउनेछ भन्न सकिन्छ । साथै नावालिक समुहको यौन चेतनाको अभावलाई गलत रुपमा प्रयोग गर्दै कुनै ब्यक्ति, सम्प्रदाय वा समुदाय विशेषले सांकेतिक, लिखित एवं प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै प्रकारका शारीरिक वा मानसिक दवाव दिने धृष्टता गर्छ भने यसलाई पनि यौन हिंसाकै रुपमा परीभाषित गर्न सकिनेछ ।

सम्भावित असमजस्य अवस्था सिर्जना भए गुहार माग्ने तत्पश्चात विना हिच्कीचाहट प्रहरीको सहयोगलिनु नै आपराधिक तत्वको मनोवल घटाई सम्बद्ध पिडित पक्षले आफुलाई सकुशलन अवतरण गराउनु हो । जघन्य अपराधका घटनामा महिला सम्प्रदाय मात्रै पीडित नभई आजभोली पुरुष सम्प्रदाय पनि समस्याग्रस्त वनेको तथ्य सामाजिक परिवेशमा नआएको होइन , किनकी यो गम्भिर प्रकारको सामाजिक रोगको शिकारमा निश्चित रुपमा दुबै समुदाय प्रताडित हुने गरेको पाईन्छ । जसलाई राज्यपक्षले चाहेर पनि पूर्ण रुपमा नियन्त्रणमा लिन सक्ने अवस्था रहदैन । किनकी नेपाल लगायत विश्वको कुनै पनि समाजवाट सहज रुपमा कुनै पनि प्रकारका अपराधका दरहरुलाई निर्मूल पार्न सकिदैन । यो विश्वब्यापी सामाजिक समस्या नै हो । त्यसो भएको हुदा नेपाल पनि प्रस्तुत समस्यावाट अछुतो रहन सक्दैन ।

अत आफ्ना निकट एवं विश्वासी पात्रबाटै समाजविरोधी यौन दुर्घटनाको उठान गर्नमा सहजीकरणको भूमिका निर्वाह गर्ने गरेको तथ्य बाहिरिएको वर्तमान अवस्था हो । अत सामाजिक विषवृक्षको रुपमा कायम रहेको प्रस्तुत आपराधिक घटना न्यूनीकरणको लागि समाजका सवै तह र तप्काबाट रचनात्मक सहयोग एवं आपसी सद्भावको ट्ड्कारो खाँचो सदैब रहन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button