पृथ्वीनारायण शाह: ‘म कहिल्यै नुझुक्ने नेपालकाे छाेराे’

पुस २७– पृथ्वी जयन्ती ! देशप्रेमी नेपालीहरुकाे सदा प्रात: स्मरणीय राष्ट्रिय एकीकरण दिवस ! अनिष्टकारी बाह्य शक्तिकेन्द्रकाे याेजनाबद्ध ताराे ! हाेलीवाइण्ड रैथाने राजनीतिक मठाधिश तथा तलबी ‘विज्ञहरु’ सर्वथा नाङ्गिने दिन !

अरविन्द रिमाल

हामीमध्ये नै कतिलाई अतिरञ्जित, कतिलाई मनगढन्ते, कतिलाई पत्याउन गाह्राे लाग्नसक्ने याे लेखनी तीनै आशङ्काबाट अलग, एक नितान्त सत्य कुरा हाे । यसकाे थालनी धेरै अघि, झण्डै २५० वर्ष अघि भएकाे हाे ! बङ्गालबाट शुरु गरेर पूरै हिन्दूस्तानलाई उपनिवेश बनाई कब्जा गर्ने कुटिल याेजना मुताबिक अङ्ग्रेज साम्राज्यवादकाे लुटेरासरदार Robert Clive ले बेलायती कुख्यात सङ्क्रामक याैन राेगपीडित बेश्याहरु बङ्गालका नबाब शिराजुद्याैदाकाे दरवारभित्र घुसाई गद्दार मीर जाफरकाे मतियारीबाट त्यहाँ East India Company खाेलेर बेग्लै अङ्गजशासन चलाइसकेकै ताकाकाे कुरा हाे ।

बेलायती शासकहरुले नेपाल कब्जा गर्न क्लाइभजस्ताे लुटेरा र पतित कुहिरिनी त पठाएनन्, न त यहाँ दक्षिण अफ्रिकाली क्रान्तिकारी पादरी एवम् मूर्धन्य स्वतन्त्रता अभियन्ता Desmond Tutu ले त्रासदीपू्र्ण वर्णन गरेकाे जस्ताे भयाे: ‘तिनीहरु आउँदा तिनका हातमा बाइबल थियाे र हाम्रा पूर्खाका हातमा जग्गाजमिन । पछि त हाम्रा हातमा बाइबल मात्र र तिनका हातमा जग्गाजमिन भए ।’

हाे, न त नेपालमा अफ्रिकामा तथा उत्तर एवम् दक्षिण अमेरिकामा जस्ताे टाइफस राेग सरेकाे एउटा कमीज फ्याँकेर लाखाैँमानिस साेत्र्याम पारी आदिवासीका जग्गाजमिन, प्राकृतिक सम्पत्ति  हड्पी विभिन्न यूराेपेली कुहिरे उपनिवेशवादी सत्ता थाेपरिने कुकृत्य भए । यहाँ तिनले हातमा बाइबल त लिएका तर कालाचाेगाजस्ताे वर्दी लाउने इसाइ ‘धर्मप्रचारक’ जासूस पठाएर अर्कै जुक्तिले हाम्राहरुलाई जुधाएर- लडाएर राखी राज्यीय सन्यन्त्रहरुमा पूरा प्रभाव पार्ने दाऊपेच रचे, र धेरै हदमा सफल पनि भए ।

तिनैताका गाेरखा रजाैटाका राजकुमार पृथ्वीनारायण काठमाडौं – पाटन- भक्तपुरकाे सीमाना जाेडिने हाल काेटेश्वरकाे एउटा तटस्थ थलाेमा भाडामा घरलिई बस्दा तथा भक्तपुर रजाैटाका राजकुमारसँग मीत लागेपछि भक्तपुर दरवारमा बस्दा कुटिल जासूसी धन्दा गर्ने कालावर्दिवाल ‘पादरीहरु’का साह्रा खुराफात आफ्नै आँखाले देखेका- भाेगेका थिए ।

पछि एकीकरणपश्चात् पृथ्वीनारायण शाहले सबै स्थानीय राजा- रजाैटाहरुका साँस्कृतिक – धार्मिक रीतिथिति- परम्पराहरुलाई यथावत रहन दिई कतिपयलाई नयाँ एकीकृत राज्यका चाडबाडमा स्थापित गराए जाे आज पनि जनताकाे अखण्ड एकीकृत भावना तथा सदाशयताका कारण कायम छ– विभिन्न आतङ्कवादी राजनीतिक चरित्रका शासनले अन्तर्घात गर्दागर्दै पनि, विदेशी सत्ताकेन्द्रकाे अह्राेटपह्राेटमा लागेका सनातन धर्म- सँस्कृतिका चरमविराेधीहरुले राज्यकाे कुनै ‘धर्म’ हुँदैन भन्ने अमानवीय ‘सिद्धान्त’ व्यवहारमा लागू गर्दागर्दै पनि, बहुसंख्यक जनताका समुदायलाई हाेलीवाइनले बिटुल्याइएकाे संविधानमा ‘अन्य’ मा झार्ने  विभिन्न राजनीतिक रङ्गका पातकी तलबी ‘अधिवक्ताहरु’काे शासनतन्त्रका ताडना सँहदै अद्यापि कायम छ ।

आज हाम्राे अखण्ड मातृभूमि नेपालका अनेकानेक धर्म- सँस्कृति- सँस्कारका जनताका अटूट पुण्य कर्मकै कारण याे शाश्वत सत्य कायम भएकाे छ ।

रूसका जार पीटरले रुसकाे एकीकरण सम्पन्न गरी ‘महान’ बनेर देहत्याग गर्दा हाम्रा पृथ्वीनारायण तीन वर्षका बालख थिए । त्यसकाे केही दशकपछि उनी नै एशियाली महादेशकाे एक  भूभाग नेपालकाे राष्ट्रिय एकीकरण महानायक भए ।

मूर्धन्य दार्शनिक एवम् वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सबाट जर्मन राज्य एकीकरण महाअभियन्ताकाे मानपदवी पाएका सैन्यवादी मार्शल ओटाे भाेन बिसमार्क पृथ्वीनारायणकाे देहावसानकाे ४० वर्षपछि याे संसारमा आएका हुन् भने, कार्ल मार्क्सकाे जन्म अरु तीन वर्षपछि भएकाे हाे । मार्क्सले पृथ्वीनारायण शाहकाे याे ऐतिहासपक याेगदानलाई कसरी लिए, अहिले यकीन गरी म भन्न सक्तिन । तर उनका एक महान नेपाली अनुयायी, Communist Manifesto का नेपाली अनुवादक, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक- महासचिव पुष्पलालले भने समुचित सह्राना गरेका छन् यस एकीकरणकाे, नेपालीमा अनुदित उनकै शब्दमा ‘हाम्रा पुर्खाहरुका वीरतापूर्ण उपलब्धिहरु’काे, आफ्नाे ‘Historical Notes’ ग्रन्थ (Pushpalal Memorial Foundation, Kathmandu July 2010) काे ‘A Need for the Historical Survey of the Nepalese Society’ शीर्षक अध्यायमा । यति मात्र कहाँ र, पुष्पलालले त उक्त आलेखकाे पाना ४-५ मा शाहवंशीय शासक तथा तिनका देरबारिया चाटुकारकाे दुष्कर्म तथा भारतमा अङ्ग्रेज साम्रज्यवादीकाे आधिपत्यले गर्दा एकीकरणबाट अपेक्षा गरिएकाे राष्ट्रिय जागरणले मूर्तरूप लिन नसकेकाे, राणाशाहीकाे अन्त्यपछि नेपालका लागि शिक्षा र ज्ञानकाे ढाेका उघ्रेकाे, उसले अन्तर्राष्ट्रिय रङ्गमञ्चमा प्रवेश गरेकाे स्पष्ट भाषामा उल्लेख गरेका छन् । उनले ‘हाम्रा बुद्धिजीवीहरुका लागि पश्चिमी विद्वानहरुका कुरा कर्मकाण्डी पुराेहितलाई शास्त्र वचनजत्तिकै शिराेपर हुनेगरेकाे’ पनि लेखेका छन् ।

यथार्थमा अन्तर्राष्ट्रियतावादी कम्युनिष्ट चिन्तक पुष्लालले नै नेपालका लागि भारतीय हैकमवाद तथा पश्चिमी साम्राज्यवादविरुद्ध राष्ट्रिय अखण्डताकाे आधारमा सार्वभाैमिताकाे संरक्षण कार्य तथा लक्ष्यलाई सर्वथा नयाँ परिप्रेक्ष्यमा प्रस्तुत तथा परिभाषित गरेका हुन्, जुन सत्यलाई आज निहित स्वार्थका कारण ओझेलमा पारिएकाे छ, वा विकृत गरिएकाे छ वा दबाइएकाे छ । तर उनका विचारबाट, आलङ्कारिक भाषामा भन्दा, What Dillibazar thinks today, the rest of the country thinks tomorrow भन्ने नारालाई प्रतिध्वनित गर्छ भने गाेपाल याेञ्जनकाे ‘म कहिल्यै नुझुक्ने नेपालकाे छाेराे’ त त्यतिबेलै जन्म भएकाे लाग्दछ ।

बडामहाराज पृथ्वीनारायण शाहले एकीकरणकै ध्येय तथा लक्ष्यलाई अघि बढाउँदै जासूस पादरीहरुलाई एकएक गरी डाँडा कटाई त्यतिबेलाकाे नेपालभूमि बेतियामा धपाइदिए, देशनिकाला गरेनन् जुन फट्याँई आजसम्म जानाजान फैलाइरहिएकाे छ । विश्वविजेता ठानिएकाे अङ्ग्रेजी राजलाई यसरी हाकाहाकी चुनाैती दिने पृथ्वीनारायण शाहप्रतिकाे बेलायती शासकीय र तथाकथित

‘विद्वत’ समाजकाे क्राेध, घृणा, वैरभाव, चरित्रहत्यामा अब त स्वयं अमेरिकी प्रशासन, यूराेपेली समुदाय र तिनीमाथिकाे भ्याटिकन इसाही धार्मिक साम्राज्यकाे विविध समर्थन थपिन जाँदा तिनकाे समष्टिगत दुष्परिणाम आजसम्म पनि हाम्राे देशप्रेमी नेपाल समाजले विभिन्न प्रकारबाट, भयानक चलखेल, षड्यन्त्र, विकृत एवम् दूषित परिणाम भाेग्नु परिरहेकाे त छर्लङ्ग छ ।

पुनर्स्थापित प्रजातन्त्रकाे विनाश गरी ‘लाेकतन्त्रीय’ हुँदै ‘गणतन्त्रीय’ विकृतिबापत पैदा भएकाे आजकाे अदालती हूकुमप्रमाङ्गीका मठाधिशीय शासनतन्त्रकाे धर्म नै हाेलीवाइन सिञ्चित बाइबल तथा ‘भ्याटिकानाय नम:’ र यस राजनितिक- राजकीय सँस्कार दिल्लीकाे लालकिल्ला हुँदै ‘साे जहाँ से अच्छा हिन्दाेस्ताँ हमारा’ गाँउदै सातसमुद्रपारीकाे दशाननीय साम्रज्यप्रति लम्पसारवाद भएकाे दारुण परिस्थितिमा पृथ्वीजयन्ती यथार्थरूपमा आसुरीशक्तिविरुद्ध एक पावन महासङ्ग्राम नै हाे, र हुनैपर्दछ ।

आज पृथ्वीनारायणीय उत्तरदान तथा पुष्पलालका याेगदानविरुद्ध हाम्राे राजनीतिक- सामाजिक- साँस्कृतिक- साहित्यिक आदि यत्रतत्रसर्वत्र छद्म, अर्ध खुला र पूरै नाङ्गिएर जुन हाेलीवाइने विकृति माैलाइरहेछ तिनलाई एकातिर, के. पी. शर्मा ओलीकाे निन्दा- भर्त्सनाद्वारा नेपाल कम्युनिष्ट पार्टी- एमालेलाई राजनीतिक क्षितिजबाट सिध्याउने अनि मूल ध्येय लिएकाे देखिन्छ । साथै, चरित्रहत्या- पुस्तक विमाेचन, मार्क्सवादकाे विकासकाे नाममा जडसूत्रीय प्रपञ्चीय नाटक अभिनयमा मठाधिशीष साँठगाँठबाट पनि याे देखिन्छ । यस सन्दर्भमा चे ग्वेभाराकाे CIA ले  गरेकाे हत्यापछि पनि ल्याटिन अक्रिकामा अमेरीकाली आधिपत्यविरुद्ध राष्ट्रिय मुक्ति आन्दाेलन बढ्दै गएपछि CIA ले आफैले गरेकाे वा अरुबाट गर्न लगाएकाे अवैध लागूपदार्थकाे बेपारद्वारा उठेकाे धनबाट अनेक खाेटाे मुक्ति आन्दाेलन खाेलेकाे तथ्य स्मरणीय छ, जुन कुरा स्वयं CIA ले सकारेकाे खबर पनि CNN ले प्रसारित गरेकाे हाे । 

अर्काेतिर कुनै पनि वृत्तमा नयाँ तथा परिवर्तनकाे बहावलाई निमिट्यान्न पार्ने दुष्चक्रमा पनि याे हाेलीवाइने खेल देखिन्छ । शेखर कोइराला आफ्नै दलकाे एक भेलामा ‘वरिष्ठ नेता’ भनी सम्वाेधित हुँदा ‘आफ्नै’का बाट हुटिङ भई अपमानित हुनु, नेकाँमा नयाँ परिवर्तनकाे आकाँक्षा राख्ने भनिएका व्यक्तिहरुबाट भ्रामक, उत्तेजनात्मक, शहनशीलताविहीन, अत्यधिक जनताका धर्म- सँस्कृतिमाथि ठाडाे हमला हुनु र भईरहनु– यी सबै पनि साेही नेपाल राज्यकाे विस्थापन गर्ने ध्येयकाे दुनाे साेझ्याउने काम हुन् भने यी पनि बाह्य शक्तिकेन्द्रकै निर्देशनमा पूरै  राज्यव्यवस्था र सरकारमा ऐयाशी शासकहरुकाे वर्चश्वमा जाक्नका लागि भएगरेकाे लाग्दछ । याे नेपालका लागि भयावह खतरा हाे ।

यतिमात्र कहाँ र ! संसद सत्र सुचारुसँग चलाउने नाममा भएकाे हालैकाे प्रधानमन्त्रीय चकलेटी बालकाेट- यात्राकाे अभीष्ट पनि नेपाल राज्यलाई सदाकालका लागि चीनविरुद्ध फाैजी अखडा बनाउने MCC मा फसाउने दुष्ट चालबाजी नै ठान्नु पर्दछ । अनि, भारतीय सत्ताकाे विरूरुद्ध काठमाडौंँकाे पाकिस्तानी दूतावासले ‘कश्मिरीहरुकाे’ समर्थनमा भनेर नेपाली ‘बुद्धिजीवीहरु’माझ गाेलमेच सम्मेलन गराउनु पनि कम दुस्साहसिक कर्तूत हाेइन । भारतीय सत्ताकाे काँधबाट नेपालविरुद्ध MCC बन्दुक हान्ने हाेलीवाइने शक्तिकेन्द्र आफ्नाे स्वार्थमा भारतीय सत्ताविपरीत जान यसरी हिचहिकाउँदैन भने त्याे के पाे गर्न चुक्नेहोला, के काेही अनुमान गर्नसम्म सक्ला ?

यी त त्यसै बाह्य विस्थापनकारी आसुरी शक्तिकेन्द्रकाे विशाल बर्फकाे चट्टानकाे माथिलाे चुचुराे मात्र हुन् भन्ने हेक्का रहाेस् !

आजकाे पृथ्वी जयन्तीकाे उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै याे ऐतिहासिक दिवसले हामीलाई यी सबै विषयहरुमा पनि गम्भीरतापूर्वक ध्यान नपुर्‍याइरहन दिँदैन भन्ने साेच, कर्मठता, जागरुकता सबैमा ल्याओस् भन्दै जय नेपालकाे अभिवादसहित याे आलेखलाई टुङ्याउँदछु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button