रचना कसरी जन्मन्छन् र नाम्चामा पुग्छन् ?

नेपालनाम्चा साइनो

गुरुदत्त ज्ञवाली
तिलोत्तमा नगरपालिका–१, रुपन्देही ।

‘माघीमा थारु विशेष’ शीर्षकमा २०७७ माघ १ गते नेपालनाम्चामा एउटा लेख प्रकाशित भएछ । त्यसै दिनदेखि नेपालनाम्चासँग परिचय खुलेको हो । हुन त पत्रकारिता धर्मसँग म पनि आवद्ध छु । त्यसै कारणले पनि कतै न कतैबाट नाता जोडिएको हुन सक्छ । जे होस्, सम्बन्ध कायम रहेछ ।

माघीमा थारु भन्ने बिषयको लेख मैले अलि पहिले लेखेको थिएँ । त्यस्तै २०७७ सालभन्दा ५-६ वर्ष पहिले । यो कुरो नाम्चाको भनाइले पनि पुष्टि भयो । सम्पादक अशोक सिलवालले ‘वर्षौँदेखि मेरो इमेलमा थियो । अहिले सान्दर्भिक लागेर प्रकाशित गरेँ’ भन्नुभयो । यसरी धेरै वर्षदेखिको अनौपचारिक सम्बन्ध रहेछ ।

पछि आएर मेरा कथाहरु नियमित रुपमा नाम्चामा आउन थाले । सम्बन्ध अझै गाढा बन्दै आयो । यसले गर्दा म मेरा कथामा मात्र सिमित भइनँ । नाम्चामा प्रकाशित विभिन्न रचनामा आँखा जान थाले । शुरुमा तमाम कथाकारका कथाहरु पढेँ । क्रमशः अन्य रचनामा समेत ध्यान जान थाल्यो ।

लेख निबन्ध, कविता आदि । पढ्दा मन छोयो । कमेन्ट गरियो । लाग्यो, नाम्चा सूचना, साहित्य, कला, संस्कृति आदिमा पूर्ण अनलाइन अखबार हो । एकै ठाउँबाट धेरै जानकारी प्राप्त हुन थाल्यो । हाम्रो जिज्ञासा भनेको खास गरेर मेरो, सूचना र साहित्य हो । त्यो यसैबाट धेरै कुरा पुर्ति हुन थाल्यो ।

नाम्चाको सम्पर्कले मित्रवत् सभ्यतालाई पनि छोयो । त्यहाँ प्रकाशित रचनाहरु पढेर कमेण्ट गर्दा कतिपय कुरामा सिर्जनात्मक धारणा मिल्न गयो । फलस्वरुप मित्रता पनि बढ्दै गयो । त्यसले गर्दा लेखनकार्यमा थप उर्जा मिलेको छ । अनुभव प्राप्त भएको छ ।

नेपालनाम्चाबाट अझ बढी लाभ लिन बाँकी छ । अझ धेरैका रचनाहरु पढ्न बाँकी छ । र, पठन साहित्यमा अझै फट्को मार्नु छ । त्यो वातावरण पनि अनुकूल होस् । साथै रचना कसरी जन्मन्छन् र नाम्चामा पुग्छन् ? पढ्दा जति आनन्द लाग्छ, लेख्दाको आनन्द अलि गहन हुन्छ । सुखान्त पीडा । महसुस होस् ।

अन्तमा नेपालनाम्चा प्रगतिपथमा छ । अझै प्रगति हुने लक्षण देखिएको छ । शुभकामना छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button