बेला बेला वर्षिने पानी, भएछ तर्सिने बानी

सुनिलबाबु स्याङ्तान

हुन त हाम्रा लागि यो नौलो कुरा होइन, नेपाल विश्वको दोस्रो पानीको लागि धनी राष्ट्र हो तर भौगोलिक रूपमा त्यहि पानीकै कारणले बाढी र पहिरोको जोखिम पनि बोकेको मुलुक हो । जब जब जलवायु परिवर्तन हुन्छ, त्यसको असर प्रत्यक्ष वा परोक्ष रूपमा नेपालले भोग्छ नै, मौसमी परिवर्तनसँगै वर्षा लागेपिच्छे खोलानाला र नदीको बहाव अनियन्त्रित भइ करोडौंको धनमालको क्षति र जिउ ज्यानको क्षति हुने गरेको छ ।

बर्सेनि बौलाउँदै उर्लिने खोला र नदीको बाहाव कसरी कताबाट आउने हो भन्ने अनुमानै गर्न नसकिने हुँदा, गत असार महिना हेलम्वु र मेलम्ची क्षेत्रमा भएको विनाशले दर्साउँछ । त्यस्तै मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने कृष्णभीरमा सात वटा नया पहिरो देखिएको, वर्षासँगै कोशीको आसपासका इलाका सधै बाढीको चपेटामा परिरहने, जुन भविष्यमा पनि हुने गर्छ ।

यस्तो प्रतिकुल परिस्थितिको सामना गर्न न त सरकार नै जिम्मेवार देखिन्छ न त जनता नै, भलै राज्यको दायित्व जनतासँग प्रत्यक्ष जोडिन्छ, तर जिम्मेवार निकाय राजनैतिक खिचातानीलगायत विभिन्न कारणमा अल्झी यस्ता प्राकृतिक विपत्तिको पूर्व तयारीहरू गर्न र गराउन सधै चुकिरहेका छन्, जस्मा जनता आफैमा पनि दोषी रहेका छन । त्यो भनेको जिम्मेवार निकायको छनौटमा सधै एउटै परम्परालाई निरन्तरता दिनु नै हो । एउटै परम्पराको निरन्तरता भयो भनेर राजपरिवार र राजतन्त्रलाई बिदावारी गरी लोकतन्त्र र गणतन्त्रको नामकरण त गरियो तर पुरातनवादी सोचले ग्रसित राजनैतिक पार्टीको बुढा र रोगी नेताहरूलाई विदा गर्न सकिएको अवस्था रहेन र नगरिनु नै प्रमुख कारण हो । पढे लेखेका र विकास गर्न सक्ने अब्बल जनता कोहि युरोप अमेरिकामा आइसक्रिम बेचिरहेका छन भने कोहि अस्ट्रेलियामा भाडा माझिरहेका र कोहि ट्वाइलेट र भुईं सफा गर्दै त कोहि खाडि र अरवका तातो हावा खाइरहेका छन् । नेपालमै रहेका युवा पनि तिनै नेताका पछि छन् र चुनिने अवस्था नै छैन । कहिले आफ्नो पालो आउला भनी पर्खिबसेका पछिल्लो पुस्ता पनि जस्तो स्कुलिङमा हुर्किदैछ त्यसै नै गर्छन् पछि उनीहरु पनि ।

टुक्रे विकासका नाममा सधै वर्षा लागेपछि गरिने योजनाहरू, भौगलिक हिसावको मापनको विना गरिने रोडको विकास, जथाभावी डोजर लगार्इ पहाडी क्षेत्रमा गरिने बाटोको परिकल्पना, कृषिप्रधन देशका किसानी युवाहरूको पलायन, ठूला परियोजनाका कारणले गरिने वनविनाश, अनावश्यक बनफडानी, प्राकृतिक स्रोतको चोरी निकासी, जनचेतनाको अभाव, अव्यवस्थित शहरीकरण र अधुनिकीकरणहरू यी हाम्रा अभिशाप हुन् ।

नदी छेउछाउका वस्तीहरूमा बाढी र पहिरोको जोखिम सधै हुने हुँदा घर बनाउन नदिने नीति स्थानीय निकाय र सरोकारवालाहरूले गर्न अपरिहार्य देखिन्छ । भौगोलिक रूपले पहिरो प्रभावित डाँडाकाँडाका वस्तीहरू सारी सरोकारवाला निकायहरूले व्यवस्थापन गरिनु पर्नेमा जोड गरिनु पर्दछ । राजनैतिक एजेन्डाहरूमा मात्र नराखी सो को व्यवस्थापन जरूरी देखिन्छ । कृषि क्षेत्रलाई राज्यले प्रमुख प्रथमिकतामा राखी कृषिमा अधुनिकिकरण गर्ी स्वरोजगारलाई प्रत्साहन गरी युवा जनशक्ति परिचालन गरिनु पर्दछ । विकासको नाममा गरिने भौगालोक दोहनलाई कडाइका साथ रोक लगाउनु पर्दछ । पुर्णरूपले इन्जिनियंिगर् गरी तटबन्ध र तारवार व्यवस्थापन गरिनु पर्दछ । वातावरणीय क्षति कम गर्न विभिन्न सचेतनाका कार्यक्रमहरू, वृक्षारोपण, प्राकृतिक स्रोतको सहि उपयोग, विज्ञहरूबाट परामर्श, वैज्ञानिक प्रविधिको विकास, विद्यालय स्तरबाटै वातावरणीय तथा व्यवहारिक शिक्षाजस्ता कार्यक्रमहरू अघि ल्याई भविष्यमा हुने क्षतिलाई कम गर्न सकिन्छ ।

तसर्थ मजस्ता सिमित युवाहरू जो शहरमा बसी प्राइभेट जागिर खाई आफ्नो जिविकोपार्जन गरिरहेकाहरूले डिजिटलाइजेसनको नाममा फेसबुक, इन्स्टा, र टुइटरमा आज मुसलधारे पानी पर्यो भनी डराउँदै लाइभ भिडियोहरू हेर्नु सिवाय कुनै विकल्प छैन ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button