
हाम्रो कविलास, राम्रो कविलास (फोटोफिचर)
मेरो माटो
दीपक महत
पूर्व सदस्य, नेपाल पर्यटन बोर्ड ।
नुवाकोट जिल्ला, पञ्चकन्या गाउँपालिका २ कविलासमा हालै निर्माण सम्पन्न श्री कपिलेश्वर महादेव मन्दिर र मन्दिर परिसरको पुनर्निर्माण तथा मन्दिरसम्म जाने ढुङ्गे सिढीको दृष्य ।

मन्दिरको फेदीमा सत्तल र रेष्टहाउससमेत निर्माणकार्य सम्पन्न भएको छ ।
यस उपलब्धिका लागि यो कार्यमा दिनरात नभनेर खटिने संरक्षण तथा उपभोक्ता समिती, आजको यो अवस्थासम्म ल्याइपुर्याउन आवश्यक मात्रामा राज्यको साधन र श्रोत विनियोजन गराउनुको अतिरिक्त आफ्नै पनि ब्यक्तिगत सहयोग उपलब्ध गराउनुहुने डा. रामशरण महत, डा, प्रकाशशरण महत र नेपाल पर्यटन बोर्ड सबै धन्यवादको पात्र बनेका छन् ।
छहरे र लिखु खोलाको पारी पटिको राक्सेश्वर महादेवस्थलदेखि निर्माण हुँदै कपिलेश्वर फेदीसम्म लम्किदै गरेको पदमार्गसमेत निर्माण सम्पन्न भइसकेपश्चात यो क्षेत्र आन्तरिक र बह्य पर्यटनको राम्रै आकर्षक गन्तब्य बन्ने छ ।






(माथिका शब्द दीपक महतको फेसबुक र फोटो बाबु महतबाट)



