‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाँया’

मेरो माटो / पोखरा

बिष्णुप्रसाद पौडेल
पोखरा ६ बैंदाम ।

समुन्द्र सतहदेखि ८ सय २२ मिटरको उचाइमा ८ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको र ५ लाख २३ हजार जनसंख्या रहेको पोखरा । प्राचीन कालदेखि नै चारैतिरबाट डाँडाकाँडाले घेरिएको यो ठाउँमा बीचमा पोखरी (ताल) थियो । विस्तारै बाढीपहिरोले पुरिदै जाँदा धेरै ठाउँ जमीनको रूपमा परिणत भयो ।

पोखराको उत्तरतर्फ चाँदी झै टल्किने हिमश्रृंखलाहरु छन् । त्यसमध्ये यहाँबाट सजिलै देखिने माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, लमजुङ हिमालहरु समुन्द्र सतहबाट ६ हजारदेखि ८ हजार मिटरसम्मको उचाइमा अवस्थित छन् । दृष्यावलोकनको लागि संसारका मिभिन्न देशबाट पर्यटक आउने हुनाले यो ठाउँलाई पर्यटकिय सुन्दर नगरी भनेर चिनिन्छ । पोखरादेखि विभिन्न क्षेत्र हुँदै अन्नपूर्ण फेदीसम्म (८ सय २२ बाट सुरु गर्दै देखि ५ हजार मिटरको उचाईसम्म) पदमार्गको व्यवस्था छ ।

पदयात्रा नजानेलाई यहाँ नै विभिन्न ठाउँमा दृष्यावलोकनको व्यवस्थाका साथै राफ्टिङ, बोटिङ, बन्जीजम्पिङ, माउन्टेन फ्लाइटजस्ता साहसिक तथा मनोरञ्जक सुविधाहरु पनि भएको हुनाले आन्तरिक तथा बाहृय पर्यटक पोखरा आउन रुचाउँछन् । पर्यटकको लागि प्रशस्त सुविधायुक्त होटल तथा रेस्टुरेन्ट छन् ।

 पौडेल

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तकदैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button