‘म खोप कार्ड वितरण गर्ने पदाधिकारी होइन’

स्पस्टीकरण

भविश्वर शर्मा
उपाध्यक्ष, ठमेल पर्यटन बिकास परिषद् (टीटीडीसी)
संयोजक, कोभिड-१९ पर्यटन व्यवसाय बिपत समन्वय समिती

टीटीडीसीको पहलमा आफ्ना सदस्य (घरधनी र व्यवसायी) तथा कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट बचाउन स्वास्थ्य सेवा विभाग र स्वास्थ्य कार्यालय काठमाडौको सहयोगमा गत बैशाख ४ गतेबाट शुरु गरेको कोभिड १९ बिरुद्धको खोप आठौं दिनसम्म लगाई बैशाख ११ गते समापन भएको यहाँहरु सबैमा विदितै छ । ठमेलका घरधनी र व्यवसायीलाई कोभिड संक्रमणबाट बचाउन खोप अभियानको नेतृत्व मलगायत ठमेल पर्यटन विकास परिषदका साथीहरूले गरेका थियौँ ।

घोषित रुपमा स्वास्थ्य सेवा विभागको सहयोगमा खोप सञ्चालन पश्चात मद्धारा थप खोप लगाउनेबारे कुनै काम नभएको र नगरिएको कुरा सम्पूर्ण सरोकारवाला पक्षलाई अवगत गराउन चाहन्छु । गत बर्षबाट कोभिड १९ को महामारी शुरू भएपश्चात ठमेलका घरधनी र व्यबसायीहरुको सुमधुर सम्बन्ध कायम गरी भाडा समायोजन गर्ने, विद्युत डिमाण्ड शुल्क मिनाह गर्ने, बिना धितो ठमेलका ब्यवसायीहरूलाई रू १५००००० सम्म सहुलियतपुर्ण ऋण उपलब्ध गराउन पहल गर्ने तथा कोरोना भाइरस विरुद्धको भेरोसेल नामक चाइनिज खोप १०००० डोज लगाउने जस्ता सामाजिक भावना र उत्तरदायित्वका कामहरु साथीहरुसहित मेरो नेतृत्वमा हुँदै आएको थियो ।

माथि उल्लेखित सामाजिक सेवाका यस्ता कार्यलाई विफल पार्न विगतदेखि नै लागिरहेका केही संकृर्ण मानसिकता बोकेकाहरुले बदनियतपुर्ण ढंगले पटक पटक मेरो नाम जोडेर खोपसम्वन्धि भ्रम सिर्जना गर्न खोजिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

म एउटा सामान्य नागरिक आरोप लगाइएजस्तो पहुँचका आधारमा खोप कार्ड वितरण गर्ने पदाधिकारी नभएको, आजको दिनसम्म त्यस्तो कार्य नगरेको तथा भविष्यमा समेत त्यस्तो काम मबाट सोच्न पनि नसक्ने यहाँहरु सबैमा प्रष्ट पार्न चाहन्छु । मेरो पृष्ठभूमि र मैले गर्दै आएका कार्यहरूबारे ठमेलका घरधनी तथा ब्यबसायीहरुवीच छर्लङ्ग छ । तर, म ठमेलप्रतिको सेवाभावबाट कदापि बिचल्लित हुनेछैन ।

मेरो समाजसेवाको यात्रा निरन्तर चलिरहने र ठमेलका घरधनी र ब्यवसायीहरुको हकहित तथा समग्र ठमेलको विकास गर्न निरन्तर लागिरहने प्रण गर्दछु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button