जाडोमा ‘जाडो’ पर्यटन’, गर्मीमा ‘गर्मी’ पर्यटन

‘यस्तो चिसोलाई मध्यनजर गर्दै विराटनगर र आसपासका स्थानमा जाडो पर्यटन सुरु गर्ने हो भने मजाले चल्दो हो । जाडोको बेलामा चल्ने यहाँका स्ट्रिट फुड खुवाउने र ठाउँठाउँमा आगो बाल्दै हुस्सुमा हिँडाउने । यस्तैयस्तै अनेक विषय हुनसक्छन् । … अनि बिहान र बेलुका देखिने घाम श्रीअन्तुभन्दा कम देखिँदैन । लुगा लगाइदिएका गाइवस्तु देखाउँदा पनि गजब हुँदो हो । यस्तै यस्तै सोच्नुस् त जाडो पर्यटनका बारेमा । अनि फेरि मध्य भदौमा गर्मी पर्यटन सुहाउँदो हो । जाडोमा फुरेको आइडिया !’

विराटनगरमा बस्ने कवि सीमा आभासको फेसबुक पोस्ट हो यो ।

इनबक्स प्रतिकृयामा उनलाई भनियो, ‘इट् सिम्स् फन्नी । बट् इट इज सिरियस मेटर टु ।’

उनको स्टाट्समाथि नेपाल पर्यटन बोर्डका पूर्व सदस्य दीपक महतसँग प्रतिकृया मागियो ।

‘प्रकृति, संस्कृति र मानव निर्मित आयतनभित्र सहज वा असहज, अनुकुल वा प्रतिकुल कुनै पनि रुपमा उपलब्ध हुने हरेक गन्तब्य, गतिबिधि, परिकार, कला, पर्व वा स्थिती र अवस्थाहरुलाई पर्यटनका मौलिक उत्पादन मान्न सकिन्छ’, महतले भने, ‘यति मात्र हो कि हामी पर्यटकहरुको मन्, मष्तिस्क र दृष्टिमा त्यसप्रति आकर्षण जगाउने तरिकाले यसको डिजाइन गर्छौ कि गर्दैनौ, तदनुकुल बजारिकरण गरेर सेवा दिन सक्छौ कि सक्दैनौ भन्ने प्रश्नको उत्तरले बाँकी बिषयलाई प्रष्ट्याउँदछ ।’

महतसँग प्रतिकृया लिइरहँदा कवि अभासको वालमा पनि अनेक प्रतिकृया आइरहेका थिए ।

‘प्रदेश लोकसेवा आयोगको परीक्षामा अबिलम्ब जाडो पर्यटनको कोर्स राखियोस’, अनिल पोख्रलले लेखे ।

‘ग्रट आइडिया म्याम’, प्याकुरले पवनकुमारले थपे ।

अहिले देशबाहिर रहेका कवि अनमोलमणि पौडेलको प्रतिकृयाचाहिँ पर्यटनभन्दा बाहिरको थियो, ‘ओली कणले सल्लाकार नियुक्त गर्न बेर छैन कविजीलाई, सोच्नोस् त फ्याट्टै सल्लाकार भैयो भने … ।’

फेरि पर्यटनतिरै ।

‘कुरो मनासिप लाग्यो । हिउँदे पर्यटन सुरु गर्न सके फरक नपर्ला जस्तो लाग्यो’, पर्यटन व्यवसायी पिताम्बर गुरुङले भने ।

‘आइडिया गजब छ । भक्का भकाभक चल्छ जाडो पर्यटनमा । विराटनगरका गल्लीमा घुमन्ते भक्का !’, कोसीअनलाइनका सम्पादक सुविद गुरागाईंले प्रतिकृया दिए ।

उता नेपालगञ्जबाट नेपालगञ्जन्युजका सम्पादक झलक गैरेले भने, ‘नो कमेन्ट हजुर । आइडिया इज बेटर देन इन्डिया भन्छन् ।’

अन्तिमा तारा गाउँ विकास समितिका बोर्ड सदस्य शिव लामिछानेसँग यसबारे कुरा भयो । भने, ‘पर्यटन प्रवद्र्धन गर्न हामीले यस्तै खालको उट्पट्याङ जुक्ति सोच्नु पर्छ ।’

‘सोच्नोस् त, बन्जी जम्प कसले सुरु गर्यो होला ? कसले यसको आवश्यक उपकरण बनायो होला ?’, उनले उल्टो प्रतिप्रश्न गरे, ‘पहिलो पटक को हाम्फाल्यो होला ? रक क्लाइम्बिङ कसरी पर्यटकीय प्रडक्ट भयो होला ?’

पर्यटनमाथि यो र यो जस्तै लामिछानेकै शब्दमा अन्य ‘उट्पट्याङ जुक्ति’हरु सोच्ने र थप बहस चलाउने हो ?

One Comment

  1. यसलाई ढिला नगरि सुरु गर्दा राम्राे होला जस्तो लाग्यो । यस हामी पर्यटन ब्यबसायी हरुले पहल गरे अवश्य काम सफल हुनुकाे साथै पर्यटन भित्राउन गाह्रो नपर्ला ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button