भिटोफ भ्रमणः ‘पशुपतिनाथ–लेल शिव सर्किट’ सुरु गरौं

२७ औं स्थापना दिवस पारेर भिटोफ नेपालले आयोजना गरेको ललितपुरको सुनाकोठी हुँदै लेलेसम्मको पर्यटन प्रवद्र्धन भ्रमणका सहभागीको छोटो मीठो अनुभव ।

जनार्दन अर्याल

भिटोफ नेपालले आयोजना गरेको पर्यटकको वसाइ लम्व्याउन नेपालमा धेरै मेहनत गर्नु पदैन । हाम्रा सम्पदाहरु पर्याप्त छन् । वस् अलिकति संरक्षणको क्षेत्रमा काम गरे पुग्छ । काठमाडौमा भएका शिवालयहरुलाई जोडेर शिव सर्किटको रुपमा विकास गरी नेपालीका साथै भरतीय धार्मिक पर्यटकहरुलाई भ्रमण गराएर मनग्य आम्दानी गर्न सकिन्छ ।

हामीले हाम्रा प्राकृतिक सम्पदा र धार्मिक सम्पदाहरुको बारेमा उचित प्रचारप्रसार गर्न नसकेर पर्यटनको क्षेत्रमा सधैं हिमाल, पोखरा र अन्नपूर्ण सर्किटबाहेक बेच्ने अरु सम्पदाहरुको बारेमा ध्यान दिनै सकेनौं । शिव नेपाली र भारतीयहरुको लागि मात्र नभएर अरु विदेशी पर्यटकका लागि पनि कौतुहल, उत्सुकता र आश्चर्यका विषय हुन् ।

काठमाडौंदेखि ललितपुरको लेलेसम्ममा पाँच महादेवस्थानहरु छन् । यिनलाई जोडेर सर्किटको रुपमा विकास गर्न सके काठमाडौंमा पर्यटकको वसाई एक दिन लम्व्याउन कुनै गारो छैन । यसतर्फ हाम्रो ध्यान पुग्न सकेको छैन । काठमाडौंवाट सुरु गरी पाटनको वगलामुखी मन्दिर अगाडीका सर्वेश्वर महादेवपछि अरु सब महादेव मन्दिर लले क्षेत्रमा छन् । भृङगेस्वर, तिलेश्वर र कालेश्वर महादेव ललेको अमुल्य धरोहरहरु हुन् । पर्यटकहरुलाई लेलेका प्राचिन सभ्यता र संस्कृतिको चिनारीका साथै मठ मन्दिरको भ्रमण गराउन सके तिनको वसाई दुईदिन लम्व्याउन कुनै गारो छैन ।

स्थानीय कल्पना महर्जन एउटी जनजाति नेवार समुदायबाट दुई पटक सगरमाथा आरोहण गर्ने महिला लेलेस्थित सुनाकोठीलगायतका क्षेत्रको प्रवर्धनमा परिवारको समेत वास्ता नगरी खटेकी छिन् । यिनको एकल प्रयासले मात्र पुग्दैन, केन्द्रीय, प्रदेश र स्थानिय सरकारको पनि उत्तिकै साथ र सहयोगको खाँचो छ ।

हाम्रो टोलीको स्वागतको लागि सुनाकोठीका पर्यटन व्यवसायी जनकराज महर्जनले व्यवस्था गर्नु भएको रहेछ । हालसालै उहाँले होमस्टेको समेत संचालन गर्नुभएको रहेछ । परम्परा अनुसारको खाजा योमरी खुवाउनुभयो । नेवारी परम्परामा संस्कृतिको सम्मीश्रण भएपछि के चाहियो ?

नेवारी संस्कृतिभित्र थुप्रै गुठीहरु आजसम्म जीवन्त छन् । सनाःगुथी , सिः गुथी अर्थात मृत्यु संस्कारको लागि राखिएको गुठी । यो गाउँमा कसैको मृत्यू भएमा सहयोग गर्नको लागि स्थापना भएको गुठीको नाम नै कालन्तरमा सिः गुथी, सनाःगुथि हुँदै अपभ्रंस भएर गाउँको नाम नै सुनाकोठी भएको रहेछ ।

सुनाकोठीको भृङ्गेश्वर महादेवको उत्पति पशुपतिनाथ भन्दा पहिला भएको भन्ने जनश्रुति रहेछ । यस्ता सांस्कृतिक धरोहर, प्राकृर्तिक सौन्दर्य र परम्परागत गाउँको संरक्षण गर्ने जिम्मेवारी जनता र सरकार दुवैको हो । हाम्रो टोली सुनाकोठीको इतिहास खोतल्दै वृक्षारोपण गरेर सुनाकोठीको मठ मन्दिर चाहार्दै रोमाञ्चित हुँदै मिठो अनुभव संगालेर फर्कियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button