
हरेक गाउँ, पर्यटकिय ठाउँ
सन्दर्भः २५ औं गाउँ पर्यटन दिवस
ध्रुव सिम्खडा
अध्यक्ष, भिटोफ नेपाल
ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर २५ बर्ष पहिले स्थापित गाउँ पर्यटन प्रवद्र्धन मन्च नेपाल (भिटोफ नेपाल) को शुरूवात भएको दिन आज ३१ जुलाईलाई ग्रामिण पर्यटन दिवसको रूपमा मनाउँदै आइरहेका छौं ।
लामो इतिहास बोकेको यो संस्थाले देशका विभिन्न भागमा रहेका पर्यटकिय सम्भावना बोकेको गाउँहरूलाई पर्यटक गन्तब्यको रूपमा प्रवद्र्धन गरी त्यस क्षेत्रका ग्रामिण जनताको आर्थिक विकासमा मद्दत पुग्ने काम गरिरहेको छ ।

यस संस्थाले २ दर्जनभन्दा बढी गाउँहरूलाई पर्यटकिय गाउँको रूपमा प्रवद्र्धन गरिसकेको छ । र, अहिले ती गाउँहरू पर्यटकिय गन्तब्य बनिसकेका छन् । ‘हरेक गाउँ, पर्यटकिय ठाउँ’ भन्ने नारालाई व्यवहारमै प्रमाणित गर्न यो संस्था लागिरहेको छ र लागिरहनेछ । ‘
पहिले देश अनि विदेश’को मूल मन्त्रलाई साकार बनाउन गाउँ पर्यटन दिवसले सबैलाई हौसला प्रदान गर्ने नै छ ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




