नर्मल सुरेश कसरी ड्रगिस्ट भयो ? ड्रगिस्ट सुरेश कसरी नर्मल भयो ?

कथाः गलत निर्णय

आशिष खरेल
जडिबुटी, काठमाडौं ।

नमस्ते । मेरो नाम सुरेश खरेल हो । अहिले म व्याचलर दोस्रो वर्षको परिक्षा दिएर नतिजाको पर्खाइमा बसिरा’छु । यो नतिजाको पर्खाइको समयमा हजुरहरुलाई केही सहयोग पुग्छ भनेर मैले मेरो जीवनमा लिएको गलत निर्णयको विषयमा केही कुरा भन्न जाँदैछु । आशा छ, हजुरहरुले यो मेरो जीवन कथाबाट धेरै कुरा सिक्न सक्नु हुन्छ ।

कुरा आठ बर्ष अगाडिको हो । म कक्षा ६ मा अध्यनरत थिएँ । बढ्दो उमेर अनि चन्चले बानीले होला, म सबै साथीहरुसँग रमाउँथे, मजाक गर्थें । यस्तै यस्तै रमाउने क्रममा ६ बाट ७, ७ बाट ८, ८ बाट ९ अनि ९ बाट १० कहिले पुगियो पत्तै भएन । यहि क्रममा धेरै राम्रा अनि नराम्रा साथीहरु पनि भेटिए । एसएलसीको अन्ततिरको कुरा हो । हामीलाई विद्यालयबाट पाँच दिनको लागि पोखरा भ्रमणमा लानी कुरा भयो ।

हामी पनि कक्षाका ३७ जना र शिक्षिका शिक्षक ११ जना गरी जम्मा ४८ जना रमाउदै, गीत गाउँदै, नाच्दै बेलुकाको छ बजेतिर पोखरा पुग्यौं । थाकेर होला खाना खाएर केटाहरु एकातिर अनि केटीहरु अर्कोतिर सुत्न आफुलाई दिएको कोठातिर लागे । त्यो दिन त्यतिकै त्रित्यो । अर्को दिन, हामी दिनभरी घुमेर खाना खाएर होटेलको रूमतिर लाग्यौं । त्यो दिन केटाहरुले राति खानु पर्छ भनेर रक्सी, गाँजा ल्याएका रहेछन् । मलाई पनि केटाहरुले ‘खा न खा’ भन्दै कर गर्दै थिए । तर, मैले इन्कार गरेँ । यस्तै यस्तै क्रममा चार दिन बित्यो । मैले उनीहरुले मलाई कर गरेको कुरा शिक्षकलाई भन्नुपर्छ भन्ने सोचिनँ । ‘केटाहरु हो, खाओस्’ भन्ने सोचेँ ।

भ्रमणको अन्तिम रात थियो । केटाहरुले त्यो रात पनि के के ल्याएका रहेछन् । उनीहरूले मलाई ‘आज एक पटक खा न यार, अब हामी कुन कुन कलेज पुग्ने हो, कहिले भेट्ने हो’, के के भन्दै जबरजस्तीले भनुँ कि आफुलाई एक पल्ट चाख्न मन भएर हो, मैले एक गिलास रक्सी खाइदिएँ र गाँजा पनि तान्दिएँ । मलाई लास्टै खोकी लाग्यो र मुखको स्वाद नै बिग्रेको जस्तो भयो । त्यो रात कति खाइएछ थाहै भएन । त्यसरी मैले त्यो पहिलो पटक लागुपदार्थ र मद्यपान सेवन गरेँ ।

एसएलसी पनि सकियो । कलेज गईयो । त्यो ‌‌क्रममा कहिले बर्थ डे पार्टी त कहिले लभ परेको पार्टी भन्दै मैले के के खान सिकेछु, पत्तै भएन् । गाँजाबाट चरेस, चरेसबाट विभिन्न प्रकारका औषधिहरू समेत लिने भइसकेछु । यी औषधिहरू खान म कहिले घरको पैसा चोर्थें, कहिले मारपिट गर्थें । खान नपाउँदा छटपटिन्थेँ । बिस्तारै म डिप्रेसनमा पुगिसके छु । मेरो के के बानीले गर्दा मलाई मेरो घर परिवारले सुधार केन्द्रमा हाल्ने विचार गर्नु भएछ । उहाँहरुले जसरी तसरी पैसा जुटाएर मलाई सुधार केन्द्र अर्थात रिह्याबमा लैजानु भएछ ।

त्यस्तै करिब ११ महिनापछि म त्यहाँबाट फेरि पहिलेको जस्तै सुरेश भएर निस्केँ र मैंले त्यो खतरनाक कुलतबाट पनि मुक्ति पाएँँ । म त्यस्तो दलदलबाट निस्कन सफल भएँ । त्यसको लागि मेरो परिवारको सम्पुर्ण सदस्यलाई जति धेरै थ्यांक्यु भने पनि त्यो पुग्दैनथो । मैले मेरो सबै परिवारलाई भनेँ, ‘थ्यांक्यु मम्, थ्यांक्यु ड्याड एन्ड थ्यांक्यु ब्रो ।’

त्यहाँबाट निस्केको एक दुई महिनापछि मैले फेरि कलेज जोइन गरेँ । साथै मैले एउटा युट्यब च्यानल पनि सन्चालन गरेँ, जसमा मैले मैले भोग्न परेको कुराहरु सुनाएर अरुलाई यस्तोमा लग्नबाट सचेत गराउँदै आएको छु । यसरी पढाइ सँगसँगै मैले युट्युवलाई पनि समय दिएर मैले युट्युव मा 107 K परिवार बनाइसकेँ । अहिले पनि म विगत सम्झेर झस्किने गर्छु र म त्यसबाट निक्लिन सफल भएँ भन्ने कुरा सम्झेर राहतको सास फेर्छु ।

मैले यो कथाबाट एउटै सन्देश निकालेको छु, साथी त्यस्तो मात्र बनाउनुसे, जो असल र इमान्दार छ । त्यस्तो खराब साथी कोहि छ भने उनीहरुसँग आजैबाट दुरी बनाउन थल्नुस अनि बी केयरफुरल !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button