पहिलो पटक काठमाडौ उपत्यकामा दक्षिण अमेरिकी हरितगाले सुगा

जयनाथ भण्डारी

कोभिड महामारीको उकुसमुकुसबाट राहत पाउन उपत्यकाभित्र रहेका पंक्षी अवलोकनकर्ता उचित स्थानको खोजीमा भौतारिने गर्दछन् । त्यसमध्ये म पनि एक हुँ । त्यही उकुसमुसबाट उम्किन ३ सेप्टेम्बर २०२१ मा मनोहरातिर लागेँ । दिनभरी चर्को घाममा मनोहरा डुल्दाडुल्दै पनि मनले सोचे जस्तो चरा देख्न नपाउँदा अवाक् भएँ । केही सामान्य र रैथाने प्रजातीका चराहरु नदेखिएका त हैनन्, आप्mनो निशानाका प्रजाती देख्न नपाउँदा मात्र दिक्क लागेको थियो । साँझ परिसकेकोले घर फर्किन खोलातिरको गल्लीबाट मुल सडकमा निस्कने बेला बकैनाको रुखबाट अनौठो आवाज सुनेँ । त्यो कुनै चिने जानेको चराको आवाज थिएन ।

म त्यो आवाज आएतिरै गएँ तर झिसमिस् साँझ परिसकेकोले केहि देख्न सकिनँ । आवाज आइरहेको थियो । फर्किएर बाटो लाग्दा आवाज आएकै रुखतिरबाट भूर्र उडेर मेरो पछाडिको रेलिङमा बसेजस्तो लाग्यो । यसो हर्दा त एउटा अनौठो सुगा जस्तो चरो देखापर्यो । साँझै परेको भए पनि प्रमाण र परिचयका लागि एक दुई क्लीप फोटो र भिडियो लिएँ । यसरी पहिलो पटक नयाँ चरा देख्न पाउँदा लागेको थकाई पनि नामेट भयो ।

पँक्षी संरक्षण संघका विमल थापाले त्यो green cheek parakeet दक्षिण अमेरिकी देशहरुदेखि कनै माध्यमबाट भागेर आएको हुनसक्ने बताए । उनका अनुसार जोडीमा आएको भए उनीहरुको संख्यामा बृद्धि हुने सम्भावना रहन्छ तर एउटा मात्र भए धरै समय बाँच्न समेत गाह्रो पर्छ । काठमाडौ उपत्यकाको पूर्वबाट वहने मनहरा खोला आगन्तुक तथा दुर्लभ चराहरुको विश्रामस्थलको रुपमा परिचित हुँदैगरको छ । यो पाली भने त्यो ठाउँमा नेपालका लागि पहिलो पटक खुलारुपमा हरितगाले सुगा देखापरेको छ ।

के हो त हरितगाले सुगा ?
हरितगाले सुगा (green cheek prakeet -Pyrrhura molinae) सामान्यत दक्षिण अमेरिकाका अर्जेनटिना, ब्राजिल, पारागोय र बोलिभिया लगायतका देशहरुमा रैथानेका रुपमा पाईने साने र लामो पुच्छर हुने प्रजातिको सुगा हो । यो पर्याप्त खाना पाईने ठाउँहरुमा १० देखि २० को झुण्ड या ठूलै बगालमा रुखका टुप्पाहरुमा बस्न रुचाउने एक सुन्दर चरा हो । यसलाई कतिपयले रमाइलो र मनोरञ्जनका लागि घरपालुवा वा प्रेमपात्र (Pet) बनाएर पाल्ने गर्दछन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button