हाम्रो चित्त चन्चल, धन झनै चन्चल, त्यसो त जीवनै चन्चल

सोमवारको व्रत पहिलोपटक श्रीकृष्णले लिएका थिए ।

ब्राह्मणपुत्रको लकडाउन डायरी–८९

सोमवारे व्रतं कार्य श्रावणे वै यथाविधिः ।
शक्तेनोपोषणं कार्यमथवा निशिभोजनम् ।।

सोमबार ११ साउन २०७८ । श्रावणको दोस्रो श्रावणकृष्णपक्षःको पहिलो सोमबार ।

आज आ–आफनो घर नजिक भएको शिवालयमा गएर भगवान शिवलाई वेपत्र, जल अभिषेक गर्ने दिन । यदि यो सुविधा र समय छैन भने पनि शिवलाई सम्झना गरेमात्र हुन्छ ।

भनिन्छ, कलियुगमा शिव नै कृपालु, दयालु देव हुन । जल, दुध, वेलपत्र चढाउँदा मात्र मन प्रसन्न हुने र मनोबान्छित फल दिने देवता हुन् । स्वंय देव फकिर जस्ता भए पनि आफना भक्तहरुको कल्याण गर्ने देवता हुन् ।

श्रावण जल शुद्व हुने महिना हो । त्यसैले श्रावणमा शिवलाई जल अभिषेक गर्नु पर्दछ । श्रावण श्रद्व्रासाथ शिवमय संसारमा विचरण गर्ने प्यारो महिना हो ।

सनातन शास्त्रमा नदीलाई माता समान मानिन्छ । नदीबाट नैं सफा हावा फैलिन्छ । यज्ञबाट बायुमण्डल सफा हुन्छ । नदी र वृक्षबाट नै मानवजगतको कल्याण हुन्छ ।

मध्यान्हकालमा अभिजित मुहूर्त रहेको छ । देवता ब्रह्मा हुन ग्रहदेव शुक्र हुन् । आजको दिन रचनात्मक कामका लागि निकै राम्रो दिन मानिन्छ । हरेक ब्यक्तिले आफनो पेशाअनुसारको काममा दत्तचित्त भएर उर्जाशील भएर काम गर्ने दिने हो । जे काम गर्दै आउनुभएको छ, त्यही काममा प्रत्यत्न गर्ने हो ।

सोम भनेको चन्द्रमाको नाम हो । यज्ञका साधन पनि सोम हुन् । हरेक सातामा आउने सोमबार पछि श्रावणकृष्ण र शुक्लपक्षमा आउने सोमबारको श्रेष्ठ महत्व छ ।

सोमवारको व्रत गर्दा स्नान, शुद्व वस्त्र धारण र काम, कोध, अंहकार, द्वेष, निन्दालाई त्याग गरेर मात्र व्रतको उपासना गर्नुपर्छ । विहानै घरमा झगडा गर्ने, छोराछोरीलाई हप्काउने, श्रीमान–श्रीमती कटुवचन बोल्ने हो भने व्रत नबसे पनि हुन्छ ।

हाम्रो चित्त, चन्चल छ । धन पनि चन्चल छ । त्यसो त जीवन पनि चन्चल नै छ । यो सबै चीज चन्चल छ भनेर नै हामीले उपसना र साधना गर्ने हो । व्रत बसेर के हुन्छ भन्नेहरुका लागि उत्तर सजिलो छ, एकपटक व्रत बसेर हेर्नुस व्रतको महत्व के रहेछ आफै थाहा पाउन सकिन्छ ।

सोमवारको व्रत पहिलोपटक श्रीकृष्णले लिएका थिए । त्यसपछि विभिन्न राजा महाराजा र कलियुगका मानिसहरुका लागि सरल साधन गर्नु भनेर केवल श्रावण महिनाको सोमवार मात्र व्रत गरे विधान बनेको हो ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button