गुरुको सम्झना-सेवा ३६५ दिनै गर्नु पर्दछ

ब्राह्मणपुत्रको लकडाउन डायरी–८६

आज शनिवार । साउन ९ गते । आषाढशुक्लपक्ष गुरु पूर्णिमा, ब्यास जयन्ती । भोलिबाट श्रावण कृष्णपक्ष शुरु ।

आज त विशेष दिन हो । आज गुरुको सम्मान गर्ने, सम्झना गर्ने, गुरुप्रति भक्ति, भाव र श्रद्रा व्यक्त गर्ने दिन ।

गुरुब्र्रहा, गुरुविष्णु, गुरुर्देर्वो महेश्वर ।

गुरुः साक्षात परबह तस्मै श्री गुरुवे नमः ।।

गुरु भनेको ब्रह्मा, विष्णु र महेश्वर तीन लोक हुन् । गुरुले देखाउने बाटो मात्र हो । गुरुले देखाएको बाटोमा हिँडने असल छात्र भयो भने उसले जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त गर्दछ ।

तर पछिल्लो कलिकालको समयमा शिक्षामा क्रेता र विक्रेता जस्तो भएका कारण गुरुको महत्व घटदै गएको छ ।

गुरु भनेका माता, पिता, गुरु बन्धु सखा हुन । गुरुले गर्ने व्यबहार आमाको जस्तो, पिताको जस्तो र मित्र, बन्धु अर्थात साथीको जस्तो सबै भूमिका गुरुले निर्वाह गर्नुभएको हुन्छ ।

आजको दिनमा सबैले आ–आफना आदरणीय सबै गुरुजन प्रति नमन गरौं, जसले तपाई, हाम्रो जीवनको अध्यारो पक्ष हटाएर उज्यालो बत्ती बालिदिनुभएको छ । त्यसो त गुरुपूर्णिमाको दिनमात्र गुरुलाई सम्झने चेलामा वास्तावमा गुरुभक्ति हुँदैन । गुरुको सम्झना-सेवा ३६५ दिनै गर्नु पर्दछ ।

आज त शनिवार । कोरोना महामारीमा बीच गुरु–चेलाको भेट हुन नसके पनि सञ्चारसंवाद गर्नु हुँदा गुरु खुसी भएर आशीर्वाद दिन सक्नुहुन्छ ।

आज विहान १० बजेर २९ मिनेटसम्म राहुकाल र त्यसपछि दिनभर शुभ मुहूर्त छ । त्यसो त पूर्णिमाको दिन शुभ दिन हो ।

आजको दिन चन्द्रमा पूर्णबलि हुन्छ । चन्द्रले पूर्णिमाको दिन आफ्नो पूर्ण प्रकाश प्राप्त गर्दछ । आज पूर्णातिथि हो ।

आजको दिन यो बर्ष गर्ने कार्ययोजनाको सङ्कल्प गर्नुभयो भने त्यसले पूर्णता प्राप्त गर्दछ । तर योजना अनुसारको कर्म र व्यवहार चाहिँ निरन्तर जारी राख्नु पर्दछ ।

आजको दिन अध्ययन, अध्यापन, अनुसन्धान, अध्यामिक कार्य गर्दा शुभ हुन्छ । आजको दिन वेदब्यासको जन्मजयन्ती हो । पूर्णिमा तिथिमा गौतमबुद्व र गुरु नानकको समेत जन्म भएको थियो । कयौं सिद्व सन्त, योगी र महात्माहरुको जन्म पूर्णिमाको दिन भएको छ । पूर्णिमाको दिन जन्म भएका ब्यक्तिले सबैको हित गर्ने काम गर्छन भन्ने ज्योतिषीय मान्यता रहेको छ ।

आजको देवता हुन यमराज । ग्रहदेव हुन शनि । त्यसैले आजको शनि ग्रह हटाउन पनि आफना गुरुजनप्रति नमन गर्दै गुरुको सम्झना, भक्ति र गुरुलाई एकपटक भए पनि टेलिफोन गरेर आशीर्वाद लिनु होला ।

कतिले त गुरु भनेको माता, पिता पनि हुन भनी आस्था राख्छन् । वास्तवमा माता, पिता र गुरुको समान स्थान छ । आजको दिन तीनजनालाई बराबार सम्मान गर्ने दिन पनि हो ।

आजको दिन लामो यात्राको लागि त्यति अनुकुल छैन । आजको दिन गुरुजन र उच्चपदस्थ ब्यक्तिसँग भेटघाट र योजनाकारसँग छलफल गर्नु उत्तम हुनेछ ।

गुरुको महिमाबारे शब्दमा, आवाजमा र भाव जति व्यक्त गरे पनि सकिँदैन । जस्तो माता, पिताको बारेमा जति बखान गरे पनि पूर्ण हुँदैन त्यस्तै गुरुको पनि समान महत्व छ । गुरु, माता र पिताको बारेमा अनेक शास्त्रीय सन्दर्भहरु रहेका छन् । सबैको मुल अर्थ भनेको गुरुजनप्रति भक्ति, भाव र श्रद्रा राख्नु नैं हो । संस्कृत साहित्यमा गुरुका महिमाका बारेमा लेखेका सयौं श्लोक छन् । ती सबैको अर्थ भनेको गुरुप्रतिको भक्ति हो ।

गुरुपूर्णिमा एवं वेदव्यास जयन्तीको अवसरमा हामी सबैले आ–आफना गुरुजनमा हार्दिक भक्तिभाव अर्पण गरौं । आजको दिनको सार्थकता यही नैं हुनेछ ।

हामी पनि भनौं, तस्मै श्री गुरुवे नमः ।

हामी सबैले गुरुजनप्रति ह्दयदेखि, मनदेखि नैं भक्ति भाव ब्यक्त गरेका छौं ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button