जय शम्भो ! जय भोलेनाथ !

अम्बिका घिमिरे

सोमबार ब्रत बस्नाले परिवारमा सुखशान्ति हुने, सन्तान प्राप्ति हुने, धनसम्पति वृद्धि हुने, रोगब्यादी नलाग्ने तथा मनले चिताएको कुरा प्राप्त हुने मान्यता रहेको छ । पौराणिक कथा अनुसार सम्पूर्ण प्राणी जगतलाई बचाउन अमृत निकाल्ने उद्धेश्यले देवता र दानव मिलेर समुन्द्र मन्थन गरेका थिए ।

भगवानले सबै सजीवको लागि जल बनाएका हुन् भन्ने कुरा बिर्सेर मानिसले आफुलाई काम नलाग्ने सबै समुन्द्रमा फालेको कारणले समुन्द्र दुषित भई अमृतको साटो कालकुट बिष निस्किएको थियो । उक्त कालकुट आफैले पान गरेर आफ्नो कण्ठमा रोकी बिषबाट शरीरलाई हुने हानी रोकेर भगवान शिवले मानिसलाई मनमा आएका कुविचारहरुलाई कण्ठमा रोकी दिमागसम्म पुग्न नदिनु र नराम्रा शब्दहरुलाई कण्ठमा रोकी मुखसम्म नल्याउनु भन्ने सन्देश दिनुभएको थियो । श्रावन महिनामा भगवान शिवले कालकुट बिष पान गरी सम्पूर्ण जगतलाई उक्त बिषबाट बचाउनु भएको पौराणिक कथाको कारणले शिवभक्तहरुले यस महिनालाई शिवको महिनाको रुपमा मान्छन् ।

मन, वचन र कर्मले शिवको साधना गरौँ । न पैसा लाग्छ न समय । ‘ओम नम शिवाय’ भनौँ । धेरै आनन्द लाग्छ । जय शम्भो ! जय भोलेनाथ !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button