शुभदिन ! बुधबार ३० असार २०७८

ब्राह्मणपुत्रको लकडाउन डायरी–७६
भरत शर्मा

असार ३० गते बुधबार । असार शुक्लपक्ष चतुर्थीः तिथि । पूर्व फाल्गुनी नक्षत्र । व्यतिपात योग । सूर्य पुनर्वसु नक्षत्रमा । आज १२ः१० देखि १ः५३ सम्मको समयमा राहु काल । चन्द्रमा सिंह राशिमा ।

भनिन्छ, बुधबारको दिन दिन गृहस्थ जीवनको लागि राम्रो दिन हो । फलामका सामान खरिद, अध्ययन अध्यापनको शुरुवातको लागि बुधबार शुभ बार हो । तर, ज्योतिषीहरुले भन्ने गर्छन्, बुधबारको दिन ऋण दिने र लिने कामका लागि त्यति उपयुक्त मानिदैन । ब्यापारिक प्रयोजनबाहेक अन्य ब्यक्तिसँग बुधबारको दिन ऋण लिनु हुँदैन ।

सामाजिक मान्यताअनुसार पाका ब्यक्तिहरुले अहिले पनि भन्छन्, बुधबारको दिन अचल र पुर्खाहरुका सम्पत्तिको कारोबार गर्नुहुँदैन । त्यसैले आहान बनेको होला, ‘सोम खेती बुध घर’ भनेर । बुधबार बुध अर्थात उत्तर दिशातिर फर्केर यात्रा गर्दा कार्य सफल हुने मान्यता छ ।

आजको तिथि चर्तुर्थीको रिक्ता पर्दछ । त्यसैले सामान्यता यस्तो तिथि परेको दिन मांगलिक कार्य गर्नु त्यति राम्रो मानिदैन ।

आजका देवता रुद्र हुन् । ग्रहदेव भनेको राहु हुन् । त्यसैले कुनै नयाँ काम गदैं हुनुहुन्छ भने जहिले पनि राहुकाल छोडेर अभिजित मुहूर्तको समयमा गर्नुभयो भने कार्यसिद्धि हुनेछ ।
२७ नक्षत्रमध्ये आज पूर्वफाल्गुनी नक्षत्रका समयमा सम्पत्ति खरिद, निर्माणकार्यको काम, चल, अचलसम्पतिको कारोबारका लागि यो नक्षत्र शुभ मानिन्छ । कुनै पनि काम गर्दा बार, तिथिको आधारमा मात्र होइन नक्षत्रको फलको आधारमा पनि गर्न सकिन्छ ।

घरका लागि विलासिताका सामानहरु खरिद गर्न सकिन्छ । बुधबारको दिन गृहस्थहरुले घरका चाहिने कुनै एउटा सानोदेखि आवश्यक वस्तु खरिद गर्दा राम्रो मानिन्छ । हरेक बार, दिनका कस्तो कपडा लगाउने, कुन सामान कहिले खरिद गर्ने, सप्ताहका दिनहरुमा के–के काम गर्ने यि सबै कार्यविभाजन गर्न सकिन्छ ।

बुधबारको दिन घरको आवश्यक सामान, आवश्यकता अनुसार लिन सकिन्छ । अनावश्यक बस्तु खरिद गर्दा पनि दोष लाग्छ । चाहिनेभन्दा बढी, उपयोग नहुने सामान खरिद गरेर राख्नु भयो भने पनि त्यसको पनि दोष लाग्छ । गृहस्थहरुले बुधबारको दिन घरका आफन्तसँग कहिले पनि मनमुटाव गर्नु हुँदैन । बुधबार घरमा झगडा भयो भने त्यसको दोष लामो समयसम्म रहन्छ । त्यसैले बुधबारको दिन बिहान साँझको समयमा घर परिवारका सदस्यबीच सौहार्दपूर्ण छलफल गर्दा राम्रो हुन्छ ।

घर भनेको मन्दिर पनि हो । जीवनका दुःखसुखको समय ब्यतित गर्ने घर भित्रको वातावरण मन्दिर जस्तो शान्त, सौभ्य, भद्र हुनसक्यो भने ब्यक्ति र परिवार खुसी हुने हो । त्यसैले त बुधबारको दिन विहान–साँझ घरको मुली अर्थात सबैभन्दा बृद्ध ब्यक्तिले बिहानै केही मिठो खानेकुरा परिवारका सदस्यलाई दिदाँ सद्भाव फैलन्छ ।

छोरा–छोरीहरुलाई पनि केही नयाँ कपडा र कुनै नयाँ पुस्तक खरिद गरेर दिनु छ भने बुधबारको दिन रोज्नुभयो भने निकै राम्रो हुनेछ ।

हरेक काम गर्ने समय हुन्छ । खानेदेखि सुुत्नेमात्र होइन, हरेक कामको कहिले र कुन समयसम्म गर्ने भन्ने उपयुक्त समय हुन्छ । कुनै पनि काम तोकिएको समयभन्दा पहिले गर्नसक्नका लागि समय छनोट गर्नु राम्रो हुन्छ ।

असारमा रोप्यौं भनेमात्र मंसिरमा काट्न पाइन्छ भनेजस्तै समयमा काम ग-यौं भने मात्र प्रतिफल पाइन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button