
मभित्रको म
उदय मैनाली अविरल
बिर्तामोड -२ झापा ।
प्रत्येक सन्नाटामा
ती कुना र कन्दरामा
थकित सुस्केरामा
मभित्रको म भेट्छु ।
उसले भन्छ, दान गर
फोटो नखिचा
दानी बन, बेइमानी हैन ।
सोच,
कतिलाई बनाइस्
हाँसोको पात्र ?
कतिको आत्मसम्मान
मारिस् ?
होला,
धेरै लाइक र कमेन्ट्स
बटुलिस् ।
क्षणिक प्रसिद्धिको
चर्चा कमाइस् ।
अब त तृप्त हो,
एक मुठी राहत
बाँडेको फोटो
मनभरी छन्
फोहारी खोटो
जीवन छ छोटो
किन गर्छस् अंहकार ?
दान दिएर प्रचार नगर
लोभी कहलिन्छस् ।
भोका र रोगीमाथि
नगर् भो अपमान,
दिन्छस् चुपचाप दे
लिने ले दिएको
आशिर्वाद लाग्छ ।
हैन भने श्रापको
भागिदार हुनुपर्छ ।
यति भन्दै मभित्रको म
क्षितिज पारी विलय भयो ।