
लाङटाङ कोभिड नेगेटिभ
छिरिङ फिन्जो लोप्चन
सदस्य, गोसाईकुण्ड-४, लाङटाङ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं ४ स्थित लाङटाङ गाउँमा केही दिनअघि गाउँवासीमा ज्वरो आउने, टाउको दुख्ने, श्वाससप्रश्वास गर्न कठिन हुने लक्षण देखापरेकोले पुरै गाउँ आतंकित भएको थियो ।
लक्षण जाँच र उपचारका लागि आउनजान यहाँका जनतालाई हिँडेर २ दिन लाग्ने भएकोले सदरमुकाम आउन पनि कठिन थियो । त्यसैले स्वाव संकलन र परिक्षण गर्न जिल्लास्थित कोभिड-१९ जिल्ला विपद व्यवस्थापन समितिलगायत अन्य सरोकारवाला निकायहरुमा ध्यानाकर्षण गरेका थियौं ।
जनताको बाँच्न पाउने अधिकार र यो महामारी रोगको उपचारमा गाउँको भूगोलको कठिनाईलाई यथासिघ्र मध्यनजर गरी उपचार सेवा दिन हुन विशेष अनुरोध गरेका थियौं ।
तत्पश्चात लाङटाङ गाउँमा स्वास्थ्यकर्मी खटाई एन्टिजेन टेस्टबाट स्वाब परिक्षण सम्पन्न भयो । र, खुसीको कुरा, गाउँवासीको कोभिड रिपोर्ट नेगेटिभ आयो । यसबाट मलगायत गाउँवासी ज्यादै हर्षित छौ ।