स्वास्थ्यकर्मीलाई सुरक्षा देऊ

मेरो मत

पारसमणि घिमिरे

एक बर्षभन्दा बढीदेखि विश्व नै कोरोना महामारीबाट पिरोलिएको छ । सबैजसो देशहरुमा यो प्रकोप देखिको छ । सर्वेक्षण अनुसार करिब ३५ लाख मानिसले ज्यान गुमाए । करोडौं मानिस संंक्रमित भए । महामारीले गर्दा संसारले आफ्नो लय नै भुले जस्तो भएको छ ।

हाम्रो देशमा अहिले महामारीको दोस्रो लहर चलेको छ । पहिलो लहरभन्दा दोस्रो लहर बढी घातक देखिएको छ । दुइ महिना पनि नपुग्दै करिब चार हजारको मृत्यु भैसकेको छ भने लाखौ संक्रमित छन् । देश बन्दाबन्दीको अवस्थामा छ । अहिलेको विषम परिस्थितिमा रोगविरुद्ध सम्पूर्ण देश एक जुट भएर लाग्नुपर्ने हो । तर उल्टो, यस महामारीमा आफ्नो र आफ्नो परिवारको ज्यानको परवाह नगरी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यर्मीमाथि आक्रमण भएको खबर आएको छ । यो एकदमै भत्सर्नायोग्य छ ।

सरकारले यस जघन्य अपराधमा संलग्नलाई कानुनको कठघरामा ल्याई स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु पर्दछ । साथै, उनीहरुलाई काम गर्ने वातावरण बनाउनुपर्छ । होइन भने महामारी नियन्त्रण गर्न सकिन्न ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button