
‘सामाजिक सञ्जालमा आएका सबै कुरा विश्वासयोग्य पनि हुँदैनन्’
हिमाल जिसी, काठमाडौं ।
कोभिड–१९ को दोस्रो लहर उत्कर्षमा पुग्दा अहिले धेरै जिल्लाहरुमा लकडाउन छ । लकडाउनमा घरमै लामो समय बस्दा मानिसलाई मनोपरामर्शको आवश्यकता बढी हुन्छ ।
भाइरस सहरमा मात्रै होइन, अहिले त गाउँ गाउँमा पनि फैलिरहेछ । ग्रामीण बस्ती जहाँ सहरमा जस्तो स्वास्थ्य सेवा पाउन पनि सहज छैन । यस्तो अवस्थामा गाउँ सन्त्रासमय छ । कोरोना भाइरसबारे जनचेतनाको अभाव त्यत्तिकै छ ।
अब कुरा सोझो र सरल तरिकाबाट सुरू गरौं ।
लकडाउनको कारण हामी लामो समय घरमै बस्नु पर्छ । इन्टरनेट र नयाँ नयाँ प्रविधिका अत्याधुनिक सुविधा भएका मानिसहरुको मनस्थिति त खलबलिन सक्छ । जति आत्मबल बलियो भएका मानिसलाई पनि कोरोना संक्रमण भएमा मनोपरामर्शको आवश्यकता अवश्य नै पर्छ ।
मैले यसै विषयमा अध्यात्मले आत्मबल वृद्धि गर्छ त ? भनी नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योतिषशास्त्रमा विद्यावारिधीकोे अन्तिम चरणमा पुग्नु भएका मेरा आदरणीय गुरु यादवप्रसाद गर्तौलालाई सोधेँ ।
‘साहित्य र अध्यात्म क्षेत्रमा लागेका, विश्वास भएका मानिसलाई लकडाउनमा समय बिताउन कठिन हुँदैन र आत्मबल पनि बलियो हुन्छ । सामाजिक सञ्जालमा आएका सबै कुरा विश्वासयोग्य पनि हुँदैनन् । त्यसैले मुख्य मुख्य समाचार हेर्ने तर आफ्नो मनस्थिति विचलित गराउनु हुँदैन भनी मेरो सम्पर्कमा आएका र यस विषयमा कुराकानी गर्ने महानुभावहरुलाई भन्ने गरेको छु’ भन्दै प्रमाण दिनु भयो ।
हामी सबै सचेत रहौँ, आफु सुरक्षित हुनु नै अरुलाई सुरक्षित राख्नु हो ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)