यो कालो मौसमको माग, ठूलो पानी वा तीव्र हावा

मौसमविद्का अनुसार केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल हट्नेवाला छैन । ‘तुवाँलो हट्नका लागि कि ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ’, मौसमविद् समिर श्रेष्ठले भने, ‘अझ दुईतीन दिन त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन ।’

देशका विभिन्न जंगलमा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचेलेका कारणले त्यसबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले तुवाँलो लागेको जनाइएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यी प्रणालीहरू सक्रिय नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button