लाङटाङ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा पासाङ तामाङ सर्वसम्मत अध्यक्ष

लाङटाङ, रसुवा । लाङटाङ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा पासाङ तामाङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मध्यवर्ती क्षेत्र नियमावली २०५२ र निर्देशिका २०५६ बमोजिम समितिका सबै पदाधिकारी चयन भएका हुन् ।

स्थानीय छिमे तामाङका अनुसार समितीको उपाध्यक्षमा थार्चेन चुसाङ, सचिवमा उर्केन तामाङ, कोषाध्यक्षमा नवाङ दोर्जे तामाङ र सदस्यहरुमा सेराप तामाङ, पासाङ ग्याल्पु तामाङ, पेज्न्जोम तामाङ्नी, फुर्पु तामाङ, साङ्गे तामाङ, भामु तामाङ, दावा ग्याल्मु तामाङ, ल्हामु तामाङ, छवाङ तामाङ चयन भएका छन् ।

नेपालनाम्चाको तर्फबाट नवनिर्वाचित समितीलाई हार्दिक बधाई तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button