माधवनारायण व्रतको पहिलो शर्त पिसिआर परीक्षण
साँँखुस्थित शाली नदीमा माधवनारायण व्रत बस्न चाहनेलाई पिसिआर-एण्टीजेन परीक्षण अनिवार्य गरिएको छ । परीक्षणबाट नेगेटिभ रिपोर्ट आएमात्र व्रतमा व्रसहभागी गराइने छ । ‘त्यतिमात्र होइन, निमोनियाको लक्षण छ कि छैन भनी एक्सरे रिपोर्ट समेत साथमा हुनु अनिवार्य गरिएको छ’, श्री माधवनारायण व्रत तथा शाली नदी समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले भने ।
शनिबारदेखि सोमबारसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने छ । अघिल्ला वर्षहरु महिला,पुरुष गरी सरदर ३०० जना एक महिनासम्म माधवनारायण व्रत बस्ने गरेको उनले सुनाए । वर्तालुलाई क्वारेन्टिन शैलीमा राख्न नगरपालिकाले सहयोग गर्ने शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बताए ।