छोरा! यो परदेश होइन, प्रदेश हो अर्थात प्रोभिन्स

परदेश

प्रकाशप्रसाद उपाध्याय
काठमाडौं

प्रवीण नेपाली पाठका अनेक शब्दहरूको उच्चारण सही ढंगले गर्न सक्दैन । कारण हो उसको अध्ययनका विषयमा त्यो भाषा छैन, जसलाई नेपालीभाषाकाृे जननी मानिन्छ । यसैले कहिले प्रतिक्रियालाई ‘परतिकिरिया’ त प्र्रदेशलाई ‘परदेश’ त विद्यार्थीलाई ‘विध्यार्थी’ आदि भन्ने गर्दछ । उसका साथीहरू पनि उसलाई प्रवीण नभनी ‘परवीन’ भनी सम्बोधन गर्ने गर्दा रहेछन् ।

शनिवारको दिन । विदाको दिन परे पनि सरिता (उसकी आमा) बिहानैदेखि भान्सामा व्यस्त छिन् । म चिया पिउँदै अखबारका समाचारमा नजर दगुराइरहेको बेला प्रवीण आएर सोध्न थाल्छ– ‘डैडी, हाम्रो देशमा कति परदेशहरू छन् ? अनि यी परदेशहरू काँ–काँ पर्छ ?’

स्कूलहरूमा संस्कृतको पठन–पाठन नहुने हँुदा राम्रा, ठूला भनाउँदा स्कूलहरूमा समेत पढ्ने उजस्ता अनेक छात्रछात्राहरूमा यो समस्या भेट्याइन्छ । (इलेक्ट्रोनिक समाचार माध्यमका समाचारवाचकहरूबाट पनि परधानमन्त्री, परदेश, परतिगमन, उध्योग, विध्यालय जस्ता शब्दहरूको उच्चारण सुनिरहने गरेकोले प्रवीणको यस त्रुटिपूर्ण उच्चारण सुन्दा म हाँस्दछु । किन हाँसेको भन्दै प्रश्न तेर्साउँछ । हुन पनि यस्ता उच्चारण सबैका लागि सुपाच्य भइरहेको छ भने आपत्ति गर्ने म को र ?) देवानन्दले हरेक चिन्तालाई धुआँले (गीतद्वारा नै सही) उडाएसरह मेरो हाँसो देख्दा उ भन्दछ– न हाँस्नोस् न डैडी मलाई बताउनोस् न । यसो हँुदा उसलाई सच्याउँदै म भन्छु– ‘छोरा, यो परदेश होइन, प्रदेश हो । प्रदेश अर्थात प्रोभिन्स ।’

मेरो जबाफ सुनेर प्रवीण भन्दछ– ‘ए,बल्ल बुझेँ । हामी बसेको प्रोभिन्स …(सच्च्याउँदै भन्दछ) – प्रोभिन्स नम्बर थ्री हो, हगि ? परदेश अर्थात प्रोभिन्स ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button