
‘पुरूष अहम्’ र ‘महिला हिनताबाेध’ कहिलेसम्म ?
कितावका पानाबाट समाज पढाउन सकिन्छ हाेला र ?
मिरा पुडासैनी
सात आठ वर्ष उमेर समुहका साना बालवालिकाहरूलाई सामाजिक विषयकाे “हाम्राे परिवारिक सम्रचना तथा जिम्मेवारी बाडँफाड” वारेकाे कक्षागत छलफलमा उनीहरूबाट आएका प्रतिकृयाहरूले उब्जाएकाे सवाल तथा मनभित्र चलेकाे अन्तर्द्वन्दलाई केही गरे पनि शान्त पार्न नसकेपछि केही लेख्ने जमर्को गर्दैछु । यहाँहरूबाट आउने रचनात्मक सुझाव तथा सकारात्मक प्रतिक्रियाकाे अपेक्षा छ ।
आजका बालबालिका हाम्रा भविष्य हुन् । उमेर अनुरूप तिनीहरूमा स्वभाविक रूपमा शारिरिक, मानसिक, सम्वेगात्मक, भावनात्मक तथा वाैद्धिक विकाश भईरहेकाे हुन्छ । ती सबै विकाशहरूमा घर, परिवार,तथा अभिभावकहरूकाे विशेष भुमिका रहने कुरा प्रमाणित गरिरहनु जरूरी छैन । धेरै जसाे मनोविद्हरूका अनुसार बच्चाको राम्रो बानी विकासका लागि सानै उमेरमा अभिभावक सचेत हुनु जरुरी छ भन्ने समान धारणा पाईन्छ ।
बालवालिकाहरू कसैले भनेर सिकेका कुरा भन्दा पनि आफै देखेर वा गरेर धेरै कुराहरू सिकिरहेका हुन्छन् या भनुँ अनुसरण गरिरहेका हुन्छन् । उनीहरूको शिक्षा घरबाट नै सुरू हुन्छ । अभिभावकहरू तिनीहरूका पहिलो शिक्षक हुन् र बालवालिकाहरूको जीवनलाई सार्थक बनाउन तिनीहरूको ठुलाे याेगदान रहन्छ । घर र विद्यालयमा दिईने शिक्षाको सन्तुलनले विद्यार्थीको वास्तविक सिकाइलाई परिणाममुखी बनाउँछ, सिकाइ दिगो र जीवनोपयोगी बन्दछ । यी सबै कुराहरू हामीहरू सबैलाई पक्कै पनि थाहा हुनु पर्दछ ।
आजकल पारिवारिक सम्रचना नै “हामी दुई र हाम्रा एक वा दुई” काे अवधारणामा खुम्चिईदै जानुलाई अवकाे पुस्ताले निर्विकल्प स्वीकार्नु पर्ने अवस्था छ । एउटै घरभित्र पनि छुट्टाछुट्टै भान्सा तथा एउटै परिवारका सदस्यहरूकै पनि दुई तीनवटा घरहरू देखिन थालेका छन् हाम्राे टाेल अनि समाजमा ।
पारिवारिक विखण्डन सस्कृति माैलाउँदै गईरहेकाे याे समयमा हामी हाम्रा छाेरा छाेरीलाई किताबका पानाहरूबाट समाज पढाईरहेका छाैं । याे विडम्बना हाे वा विकशित समाज ? कस्ले पढाउने कस्ले बुझाउने ? धेरै जसाे मानिसहरूकाे रहर हाे वा वाध्यता एकल परिवारमा आफुलाई अभ्यस्त गराईरहेका छन् ।
अनि कतिपय सामाजिक विषय पढाउने शिक्षक शिक्षिका नै परिवारलाई गाउँमा नै छाेडेर शहर पसेकाे धेरै भईसकेकाे हुन्छ । यसरी व्यवहारिक शिक्षा र आदर्शका कुरा बिच निक्कै विराेभाभास देखिएकाे छ समाजमा, अनि कसरी रूपान्तरण सम्भव हाेला त ?
ती उमेर समुहका केटाकेटीले कक्षामा हजुरबुवा अनि हजुरआमा सहितकाे परिवारमा रहेकै भए पनि सदस्यहरू काे काे छन् भन्ने प्रश्नमा बाबा तथा मामु, भाई वा बहिनी मात्र भन्ने उत्तर दिएकाे सुनिरहदा सारै नमिठाे लाग्दाे रहेछ । के वास्तवमा उनीहरूका बाबा मामुले हजुरवुवा वा हजुरआमा पनि आफ्नै परिवारका सदस्य पर्दछन् भनेर नसिकाएकै हुन् त, वा बालवालिकाले त्याे अनुभूति गर्न नपाएका पाे हुन कि भन्ने काैतुहलता रहिरह्याे ।
उनीहरू एउटै घरमा बसे पनि हजुरबुवा हजुरआमाहरूसगँकाे सुमधुर सम्बन्ध नदेखेकाे भएरै दिमागले त्याे कुरा साेचेकाे हुनु पर्दछ । अनि हजुरबुवा र हजुरआमा आफ्नै परिवारका सदस्य भनेर चिनिने कुनै व्यवहार देखेकै पनि रहेनछ ।
त्याे कुरालाई बालशुलभ मष्तिष्कले कुन रूपमा ग्रहण गरेकाे हाेला र यसकाे प्रभाव भविष्यमा कस्ताे हुने हाे कसैले अनुमान लाउन सक्दैनन् । किताब पढेर र पढाएरमात्र समाज बुझाउन सकिँदैन, न त आदर्शकाे पाठ घाेकाएर नै, याे त व्यवहारिक शिक्षा हाे जुन हाम्रा सन्ततिले हामीले गरेकै देखेर आत्मसात गर्दै गईरहेका हुन्छन् र तिनले कालान्तरमा प्रभाव पार्छन भन्ने कुरा कसैले पनि विर्सिनु हुँदैन ।
याे त भयाे पारिवारिक संरचनाकाे कुरा, अब पारिवारिक काम बाँडफाडका विषयमा कुरा गर्दै गर्दा निस्किएका कुराहरूका विषयमा चर्चा गराैं । यसले त झन् हाम्रा भावि सन्ततिहरूमा पनि नराम्रो तरिकाले लैङ्गिगक असमानताकाे गहिराे खाडललाई नराम्ररी उजागर गरेकाे पाईयाे ।
कक्षाका अधिकांश बालबालिकाहरूका बाबा आमा दुवै कामकाजी भएकाे थाहा हुदाँहुदै पनि उनीहरूले आफ्नाे परिवारमा बाबा अफिस जाने, तथा ममी, मामु, वा आमा जे भनेपनि वहाँहरूले चाहिँ घरमा खाना पकाउने, लुगा धुने, तथा काेठा सफा गर्ने काम गर्नु हुन्छ भनेर भन्नुभयाे । अलि ठुला नानी बावुहरू कतिले त आफ्नाे मामु “हाउसवाईफ” हाे भनेर भन्दै गरेकाे सुन्दा कठै हाम्रा भविष्यका कर्णधारहरूमा पनि महिलाहरूले जुनसुकै काम गरिआए पनि सामाजिक संरचनाले उनीहरूलाई भात भान्साबाट माथि उठ्न दिएकाे रहेनछ भन्ने प्रमाणित गरिदियाे ।
याे पितृसत्तात्मक समाजमा जराे गाडेर बसेकाे लैङ्गगिक असमानतालाई अहिले पनि अधिकांश परिवारमा चिर्न नसकिएकाे तिताे यथार्थले मनलाई नराम्ररी चिमाेट्याे ।
के अझै पनि हामीले दैनन्दिय जीवन उपयाेगि शिपलाई केवल महिलाका पेवा नै मान्नुपर्ने हाे त ? यस्तै सिकाई तथा बुझाईलाई आगामि पुस्ताहरूमा पुस्तान्तरण गर्दै कहिलेसम्म लगिरहने हाे ?
यी सबैमा हामी सचेत हुनु पर्ने हैन ? के भात भान्सा र चुलाे चाैकाे केवल महिलाका निम्ति मात्र बनाईएका काम हुन् । याे भन्दा माथि समाज कहिले पुग्न सक्ने त त्यसाे भए, अनि महिलाहरू जति नै शिक्षित, सुदृढ तथा व्यवसायिक रूपमा सफल रहुन तिनीहरूले भात भान्साबाट छुट्कारा कहिले नपाउने ?
बैङ्कर, पुलिस तथा शिक्षिका अनि व्यवसायि महिला अभिभावकहरूका छाेराछाेरीहरूले कामकाे कुरा गर्दा दिएका अभिव्यक्तिले पनि यस्ताे लाग्दै थियाे, पितृसत्तात्मक समाजकाे परिवर्तन कसरी र कहिले हुन्छ ? हाम्राे समाजकाे विभेदकारी ऐनाबाट बालबालिकाले जे कुरा देखें त्यहि भने, तिनकाे के दाेष ? तर समाज परिवर्तन त घरैबाट पाे सुरू हुनु पर्ने हाे । हामी आफैं उदाहरण बनेर लैङ्गिक असमानताकाे खाडललाई पुर्ने तिर लाग्नु पर्ने हैन ? तर बाबा र आमा एकैचोटि अफिसबाट फर्किएता पनि बेलुकि हतारहतार भात भान्सामा चटारिदै आमा नै पसेकाे कुरा प्रतक्क्ष देखिरहेका सन्तानहरूले त्यस्ताे किसिममा अभिव्यक्ति दिए भनेर के आश्चर्य मान्नु खै ? छाेरा बुहारी दुबै कामकाजी तथा समान हैसियतमा रहेकाे परिवारमै पनि छाेराहरूले ९-५ काे काम गरिरहँदा, बुहारीहरूले घर र अफिस गरेर विहान ५- वेलुकि ९ वा १०-११ बजेसम्म काम गर्दा पनि त्यस घरप्रति बुहारीकाे भन्दा छाेराकाे मात्र याेग्दान छ भन्ने बुझाई अझै पनि प्रशस्त देखिन्छन्, सुनिन्छन् ।
मैले आफ्नै छिमेकमा सामान्य कामकाजी श्रीमती अफिसकाे काममा निस्किएकाे समयमा, तथा घरमै रहिरहेकाे अवस्थामा पनि, घरमा नै बस्ने श्रीमानले सरसफाई तथा भात भान्साकाे तथा नावालक सन्तानकाे रेखदेख गरिदिएर आफ्नी श्रीमतीकाे सहयाेग गरिरहदाँ त्यस श्रीमानप्रति समाजका प्रवुद्ध वर्ग मानिने व्यक्तिबाट गरिएका आलाेचनात्मक अभिव्यक्तिकाे प्रतिकार गरिरहदाँ, ती व्यक्तिबाट सरसफाई तथा भात भान्सा र सन्तानकाे रेखदेख महिलाले जसरी पुरूषले गर्न नसक्ने तर्क राख्दै विराेद गरेका थिए । यस्ताे साेच रहेसम्म परिवर्तन कसरी सम्भव हाेला त ?
समग्रमा भन्नू पर्दा हाम्राे पुर्विय समाजमा पारिवारिक सरंचनाका विशेषताहरू निक्कै सुन्दर तथा परिस्कृत छन् । तर पितृसत्ताका नाममा ‘छोरीलाई मात्र दिईनुपर्ने कतिपय शिक्षा र सस्कारहरू’ छोरालाई पनि सिकाउनुपर्छ भनेर हामी सबैले बुझ्नु जरूरी छ ।
“Basic Life Skills are not a gender roles” भन्ने कुरा सबै अभिभावककाे हाे । छोरा वा छोरी बनाउनुभन्दा पनि असल नागरिक बन्न प्रेरित गर्नुपर्छ भन्ने नै हाे । सानालाई माया, ठूलालाई आदर गर्न, पारिवारिक एकता, ज्ञान तथा शिपकाे बाँडफाड सहि तरिकाले हुनुपर्छ भनी सिकाउँदा उनीहरूमा सानैदेखि सामाजिक व्यवहारको विकास हुन्छ । त्यसपछि न भात भान्सा केवल महिलाका पेवा मात्र रहनेछन्, न त पुरूषलाई मात्र पनि घरव्यवहारकाे जिम्मेवारीवाेध गर्नुपर्ने स्थिति आउन सक्छ । घरव्यवहारका कुरामा महिलाहरूलाई अहिलेसम्म पनि राय सल्लाह तथा निर्णय लिने अधिकार दिईएकाे छैन । कतिपय स्थितिमा त उनीहरूलाई ती कुराहरूमा समावेश पनि गराईदैनन् । पुरूष सरह ज्ञान, सीप र क्षमता हुदाँहुदै पनि उनीहरूकाे अस्तित्वलाई भात, भान्सा र सन्तानकाे रेखदेखकाे निम्ति मात्र हाे भनी स्विकारिदा छाउने चरम निराशा नै कतै स्वच्छन्दताका निम्ति विदेशिने एक प्रमुख कारण त भईरहेकाे छैन ? त्यसैले सकेसम्म सयुंक्त परिवारमा बस्न नरूचाउने, पारिवारिक जिम्मेवारी निभाउन नखाेज्नकै निम्ति आजकाे पुस्ता (केटा/केटी) विदेशिन उद्दत छन् । किनकि याे समाज जति नै शिक्षित र सम्भ्रान्त नै किन नहाेस्, र जति नै शिक्षित र सक्षम महिला नै किन नहाेस् भात भाडाँ नै गर्ने त हाे नि भन्ने मानसिकता र महिला र पुरूष बिचमा सहअस्तित्वकाे खडेरीले भयावह स्थितितिर समाज अग्रसर छ भन्दा फरक नपर्ला ।
पुरूषलाई पुरूष हुनुकाे अहं र महिलालाई महिला भएकैले हिनताबाेध हुनुपर्ने स्थिति रहेसम्म, यी कलिला दिमागहरूले आफ्ना बुवा सरह क्षमता र याेग्यता भएका आमाहरूमा केवल हाउसवुमनकाे गलत परिभाषा र छवि देखिरहने छन् । शिक्षा, संस्कार र सामाजिक व्यवहारका कुराहरूमा भावी पुस्तालाई बुझाउन नसक्दा पारिवारक विखण्डनको भुमरीमा समाज नराम्ररी फस्नेछ। महिलापुरूष बिचकाे सहअस्तित्व सहितकाे सुन्दर समाज बनाउनकाे निम्ति आजैबाट हाम्रा साना साना बावुनानीहरूलाई असल संस्कार सहितकाे व्यवहारिक शिक्षाकाे पहल गराैं । त्यसकाे सुरूवात हामी आफ्नै घरबाट गराैं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)