
… जब मनाङमा घोरल पूजाबारे थाहा भयो
रमेश कठरिया
केन्द्रीय वातावरण विज्ञान, त्रि. वि.
नेपाल विश्वको अलौकिक सुन्दरताले भरिपूर्ण देश हो, त्यसमाथि पनि यहाँ रहेको संस्कृति र मूल्य मान्यताले नेपाललाई विश्वको सामु नै चिनाएको छ । नेपाल एउटा यस्तो देश हो, जससँग सम्बन्धित अध्ययन अनुसन्धान हुन र गर्न सयौं विद्यावारिधि गर्न पुग्छ । नेपालमा पहिचान भएका वनस्पति तथा वनमा पाइने जनावर र पशु(पन्छीको परिस्थितिका प्रणालीमा यिनको महत्वबारे अध्ययन हुनै बाँकी छ । वन-वन्यजन्तु र मानव बीचको सम्बन्ध नियाल्न त कसलाई फुर्सत छ र यता ।
यसै सेरोफेरोमा मनाङ पुगेको थियौ । मुस्ताङ हामीले सुनेको, कल्पना गरेको भन्दा धेरै नै भिन्न रहेछ । भौगोलिक कठिनाइले बाटो तथा यात्रा कष्टकर भए तापनि, यात्रा चाहिँ रोमाञ्चक थियो । लम्जुङबाट मनाङको गाडीको गाडीमा हामी छ जना पछाडिको सिटमा बसेको थियौ । म लगायत ४ जना हाम्रा नेपाली साथी र दुई जना पोल्याण्डबाट आएका पर्यटकहरू । मलाई अझ पनि सम्झना छ, पर्यटक दम्पत्ति मध्य श्रीमतीले भनेको कुरा “उई हेव कम तु नेपाल फर डा फर्स्ट तईम, होप दिस उइ नट वि अवार लास्ट” ।
हाम्रो यात्राको पहिलो बसाई बगरछाप भएतापनि, हाम्रो त्यसपछिको तिन दिनको बसाई ताचै गाउँमा भयो । स्वागत, सम्मान र घरेलु वातावरणले हामी सबै हर्षसित थियौ । ताचै बसाइको पहिलो दिन पानी परेको हुनाले हामी गाउँ वस्तिमा नै घुमफिर गरी दिन बिताउने निधो गर्यौ । वस्तिमा मानिसहरू सबै मिलनसार नै रहेछन्, कसैको घरमा जाँदा केही पनि नखाईकन हामी कोही पनि फर्केको थिएनौ । हामी घुमी रहने मान्छे यस्तै त हो, “के के जनावर देख्नु भाको छ नि” भनेर सोध्न आली नि हिचकिचाउँदैनौ । त्यति बेला हामीलाई घोरल पूजाको बारेमा थाहा भयो ।
घोरल पूजा चैत्र शुक्ल नवमीको दिन मनाउने गरिन्छ । किम्बदन्ती अनुसार, धेरै पहिले गाउँमा मानिसहरू मुटु रोग लगेर ग्रसित हुने गर्थे, त्यति बेला गाउँमा कसैलाई पनि रोग नलागोस् भनेर मान्छेको मुटु देवीलाई भेटी चढाउने चलन थियो । पछि गाउँका पुजारीहरूले, घोरलको मुटु चढाएर देवीलाई विन्ती गरी शान्त बनाएको भन्ने गरिन्छ । यदि पूजा गरिएन भने मान्छेहरूलाई मुटु दुख्ने र मुटु सम्बन्धी रोग लाग्ने मान्यता छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)