
‘भ्यालेनटाइन डे’मा प्रेमका अनेक कुरा
सिर्जना शर्मा
रूकुम पश्चिम
भ्यालेन्टाइन शब्द ल्याटिन भाषाबाट आएको हो जसको अर्थ शक्ति भन्ने हुन्छ । जसरी फेब्रवरी १४ लाई हामी भ्यालेन्टाइन डे भनिरहेका छौँ । भ्यालेन्टाइन रोमका तेस्रो शताब्दीका पादरी थिए । कतै कतै सेन्ट भ्यालेनटाइन नामक एक वा दुई प्रारम्भिक ईसाई शहीदहरुलाई सम्मान गर्ने क्रिश्चियन पर्वका रुपमा विकास भएको थियो र पछिको लोकपरम्पराहरुमार्फत विश्वका धेरै क्षेत्रहरुमा रोमान्स र प्रेमको एक महत्वपूर्ण साँस्कृतिक, धार्मिक र व्यवसायिक उत्सवका रुपमा मनाउँदै आइरहेको पाइन्छ । सेन्ट भ्यालेनटाइनले रोममा धेरै सहयोग गरे, जेलरको अन्धो छोरीलाई दृष्टि पुनस्थापित गरे । प्रेम गरे । भ्यालेनटाइन डे सन् २६९ मा रोमबाट सुरु भएको मानिन्छ । रोमका सम्राट क्लोडियस द्वितीयले सैनिकहरुलाई प्रेम गर्न विवाह गर्न रोक लगाएका थिए । सम्राटको आदेशलाई उलङ्घन गर्दै सेन्ट भ्यालेनटाइनले प्रेमका पक्षमा बोले । धेरै सैनिकले सार्वजनिक रुपमा उनको विवाह गराइदिएको भन्ने जस्ता धेरै कथाहरु पनि पढ्न भेट्न पाइन्छ ।
सम्राटको आदेश तोडेर त्यसरी विवाह गरेको आरोपमा उनलाई इ.पु. ७० को फेब्रवरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका खातिर प्राण उत्सर्ग गर्ने तिनै पादरी भ्यालेन्टाइनको सम्झनामा भ्यालेनटाइन डे मनाउन थालियो । यसरी अहिले विश्वभरि भ्यालेनटाइन सप्ताहव्यापि रुपमा मनाउदै आइरहेको पाइन्छ ।
फेव्रवरी ७ भ्यालेनटाइन डे को पहिलो दिन रोज डेका रुपमा मनाइन्छ । रोज डे का दिन युवायुवतिहरुले आफ्ना प्रेमिप्रेमिकाहरुलाई रातो गुलाफ दिएर प्रेमको प्रस्ताव राख्छन् खुसी मनाउँछन् । यो चलन पछिल्लो समयमा नेपालमा पनि बढ्दो छ । युवायुवतिको हातमा फेसबुक, ह्वाटस्याप, भाइवर र म्यासेन्जरहरुमा गुलाफ साटासाट गर्छन् । यस किसिमले गुलाफको फूल उपहार दिएर सम्बन्धलाई प्रगाढ बनाउने सोच उनीहरु राख्छन् । साथीलाई पहेँलो गुलाफ प्रेमीकालाई रातो गुलाफ दिने चलन चलेको छ ।
त्यस्तै भ्यालेन्टाइनको दोस्रो दिन अर्थात फेब्रवरी ८ प्रपोज डे । यो दिन आफूलाई मन पर्ने केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने गरेको पाइन्छ । प्रेम प्रस्ताव राख्ने प्रेमी प्रेमीकालाई खुसी बनाउने दिनका रुपमा प्रपोज डे मानिएको छ । त्यस्तै फेब्रवरी ९ चकलेट दिवसका रुपमा मनाइन्छ । चकलेट डे को दिनमा केटा वा केटीलाई चकलेट दिएर चकलेट जस्तै मिठो सम्बन्ध स्थापित गर्न युवायुवती लागि परेका हुन्छन् । त्यसको भोलिपल्ट १० फेब्रवरीका दिन टेडि डे अर्थात गुडिया दिने चलन पनि युवायुवतीमा बढ्दो छ । भनिन्छ टेडि दिएर आफ्नो मनको भावना युवायुवति त्यही टेडिमार्फत आफ्नो प्रेमीप्रेमिकामा साटासाट गर्छन् । टेडि मार्फत मनको भावना माया गर्ने मान्छेसम्म सञ्चार हुने गर्दछ रे ।
यसरी फेब्रवरी ११ प्रमिस डे का रुपमा चल्दै आएको छ । जीवनभरि एकले अर्कालाई साथ दिने छौँ हामी कहिल्यै छुट्ने छैनौँ भनेर कसम खाई प्रमिस डे मनाउने गरेको पाइन्छ । १२ फेब्रवरी हग डे यस दिन आफ्नो मायालाई अङ्गालोमा बेरेर आफूले कति माया गर्छु भन्ने भाव व्यक्त गर्न यो दिन मनाइन्छ । आफ्नो मायालुलाई हृदयको कुन स्थानमा सुरक्षित गरेको छ सुटुक्क भन्न युवायुवतीहरु चनाखो भएका हुन्छन् । फेब्रवरी १३ भ्यालेनटाइनको खास डे पनि हो । यस दिनमा आफूलाई मन पर्ने मायालाई सुन्दर उपहार दिने प्रेमीप्रेमिकाको हातमा किस गरेर सम्बन्ध अझ सुमधुर बनाउन प्रयत्नरत भइरहेका युवायुवती १४ फेब्रवरी अर्थात भ्यालेनटाइन डे को प्रतीक्षामा हुन्छन् । यो दिन अत्यन्तै विशेष दिनका रुपमा प्रेमीप्रेमिकाले मनाउने गर्छन् । आफ्नो हृदयको कुरा खुलेर व्यक्त गर्छन् । कसैलाई माया गर्छु भन्न सकिरहेको छैन भने यही दिन हिम्मत गरेर युवायुवती आफ्नो हृदय खोल्छन् । सुन्दर ठाउँमा घुम्न जान्छन् रमाइलो गर्छन् र प्रेम गर्छन् गुलाफ दिएर सुरु गरिएको प्रेम प्रेम दिवशको दिनसम्म आइपुग्दा वासनादार भइसकेको महसुस गर्छन् । पछिल्लो समयमा नेपालमा पनि युवायुवतीदेखि विवाहित जोडीसम्मले भ्यालेनटाइन डे मनाउने गरेको देखिन्छ । प्रेमिल मनहरुले सप्ताहव्यापी रुपमा चलेको भ्यालेनटाइन खास रुपमा मनाउने गरेको सम्झिने गरेको पाइन्छ ।
वास्तवमा प्रेमलाई कसैले त्यागका रुपमा बुझ्ने गरेका छन्, कसैले रसायनका रुपमा लिने गरेका छन् । जसले जे जे रुपमा लिए पनि प्रेम जीवनको मार्ग पनि हो । जीवनमा आशा भरोसा प्रेम भन्ने कुरा महत्वपूर्ण हुन्छ । जीवनका यावत् भोगाई कर्म सबै प्रेमबाट परिचालित हुन्छन् । प्रेम प्राप्त गर्ने र अरुलाई दिने प्रवल इच्छा हुँदाहुँदै पनि विविध खालका बाध्यता समस्या आदिका कारण सफल भएको हुँदैन । अनुहार, लिङ्ग, जात, धर्म, उमेर, स्वार्थ, आशक्त आदिका आधारमा कसैले प्रेम गर्छ भने त्यस्तो आवरणयुक्त प्रेमको वास्तविक जीवनमा कुनै अर्थ हुँदैन । नाटक, कविता, कथा र चलचित्रहरुमा देखाइने जस्तो भूमिका पनि होइन प्रेम । निष्ठा सदाचार सम्मान त्याग र समर्पण हुनुपर्छ प्रेममा । प्रेम जीवनको उर्जा हो । प्रेमले दिन जानेको हुन्छ लिन जानेको हुँदैन प्रेमलाई व्यापारको रुपमा लिनु बुझ्नु गलत कुरा हो । प्रेमी प्रेमिकाले आफ्नो प्रेमी प्रेमिकाको कल्याणका लागि हितका लागि जीवन नै समर्पित गर्छन् र त्यसैबाट शाश्वत आनन्द लिन्छन् । प्रेम यो सँग गरौँ भनेर हुने होइन यो त नचाहादा नचाहदै पनि कुन बेला कोसँग कसरी हुन जान्छ यसै भन्न सक्ने कुरा होइन ।
प्रेम हुनका लागि उस्तै उमेर उस्तै जात उस्तै वर्ग र उस्तै क्षेत्र हुनुपर्छ भन्ने हुँदैन । त्यसरी गरिएको प्रेम स्वार्थको प्रेम हो । आफूले मन पराएको मान्छेले आफूलाई मन पराउनु पर्छ भन्ने छैन, प्रेम दोहोरो हुनुपर्छ भन्ने होइन, कसैले एकोहोरो रुपमा प्रेम गरेको हुन पनि सक्छ । सुन्दर रुप र आवरणलाई हेरेर गरेको प्रेम दिर्घ प्रेम हुन सक्दैन । उमेरको प्रवाहसँगै आवरणसँग गरिएको प्रेम विलुप्त भएर जान्छ । मानव जीवनको भावनात्मक शब्द हो प्रेम । आकर्षणबाट सुरु भएको प्रेम क्षणिक हुन्छ । प्रेम त अनन्त छ न यसको कुनै सीमा छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Wow
सुन्दर विवरण प्रेेम र प्रेम दिवसका बारेमा । ती अन्य डेे हरूका बारेेमा ता मलाई केेही थाहा थिएन,बल्ल थाहा भयो । सबैलाई प्रेमिल शुुभकामना !