बाबुको मृत्युपश्चात् छोराले आमालाई आश्रममा छाडेर फर्कियो
लघुकथा: निर्ममता
शान्ता तिम्सिना
“नाई ! म यहाँ बस्दिन”, आमाको रोदन थियो ।
“घरमा लान सम्भब छैन, हामी राख्न सक्दैनौ”, छोराको कठोर आवाज थियो ।
उसको ठुलो आवाज सुनेर संचालक बाहिर निस्के, “के भयो ? किन ठूलो आवाज ?”
“आमालाई घर लान सम्भब छैन, मेरी श्रीमती त सम्पन्न परिवारकी”, उसको उत्तर सहज थियो ।
“दुबै दाजुभाईले राख्न नसक्ने हो ?”, संचालकले सोधे ।
“हो, दाजुकोमा ठाउँ छैन । सबै कोठा भाडामा छन् ।”
बाबुको मृत्युपश्चात् छोराले आमालाई आश्रममा छाडेर फर्कियो । श्रीमानको वियोगमा छट्पटाएकी थिइन् उनी । एक्कासी आफ्नो घर परिवारसँग टाढा हुदा मानसिक तनाबले थला परिन् ।
लामो समयसम्म औषधि मुलो गर्दा पनि ठिक नभएपछि संचालकले खबर गरे । खबर पाउनासाथ छोरो आयो र आमाको अन्तिम इच्छा सोध्यो, “हजुरको के इच्छा छ आमा ! म पूरा गरिदिन्छु ।”
“बाबू, म अब लामो समय बाँच्दिन, यो आश्रममा इलेक्ट्रीक तन्ना हालिदे न !”
“हजुर,अँझै कति नै बाँच्नु हुन्छ र ? चाहिदैन अब त ।”
“जाडोको समयमा मैले धेरै कस्ट भोंगे, तिमिहरु सहन सक्दैनौ, गार्हो हुन्छ, बाबू !”
“हा, नहाल्ने, घरमा छदै छ नि हामिलाई !”
“घरमा त मेरो नि थियो, तर खोई काम लाग्यो र ?”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)