
श्रीकृष्ण र सत्ता !

कविता
पेशल आचार्य
देवकोटाले लेखे–
‘रहेछ संसार निशा समान
आएन ज्यूँदो रहँदा नि ज्ञान ।
आखिरमा श्रीकृष्ण रहेछ एक
न ज्ञान भो, भक्ति, न भो विवेक ।
म शून्यमा शून्यसरि बिलाएँ !’
देउवाजीले देखे–
‘रहेछ राजनीति अमृत समान
आएन ज्यूँदो रहँदा नि ज्ञान ।
आखिरमा ‘गठबन्धन’ रहेछ एक
भागबन्डा भो, भक्ति, पद भो विवेक ।
म राजनीतिमा विष्टासरि गन्हाएँ !’
जनता भन्दैछन्–
‘बीपीको काँग्रेस, जीपीले बिगारे
देउवाले अझ, शतचूर्ण पारे ।
हेर्दै जाऊँ, भागबन्डाले यहाँ
क–कसले आफ्ना घरजम सपारे ??’
सार–
‘काले काले मिलेर खाऊँ भाले !
आजै खाऊँ, नसाँचौं भनिहाले !!’
(कविता पूर्ण काल्पनिक हो । कसैको जीवनमा मेल खाएमा संयोग हुनेछ ।)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)