नयाँ बर्ष मनाउने नयाँ काइदा, जसबाट हुन्छ फाइदैफाइदा
प्रा.डा. वीणा पौड्याल
नयाँ वर्ष हामीमध्ये कतिले १७, २७, ३७, ४७, ५७, र ६७ पटक वा त्यो भन्दा पनि बढी पल्ट मनाइसकेका छौं । यो पालीको नयाँ वर्ष हामीले के के नौलो कार्य गरेर मनाउने विचार गरेका छौं ? विभित्र देवस्थल, विहारमा गएर पाठ, ध्यान र पूजा गर्ने साथीसङ्गी, इष्टमित्र जम्मा भएर नौला मिठा–मिठा परिकार खाएर, नाचगान गरेर मनाउने चलन त छदै छ । यो पल्टको नयाँ वर्ष केही नयाँ तरिकाले मनाउने विचार गरौं, अठोट गरौं र प्रतिज्ञा पनि गरौं ।
हरेक वर्ष केही न केही गर्छु भनेर सोचेको तर गर्न नसकेको अधुरो कसम, प्रण यो नयाँ वर्षदेखि शुरु गरौं । यहाँ केही अठोटहरुको चर्चा गरिनेछ । ति अठोटमध्ये एउटा मात्रै कदम हामीले उठायौं भने पनि पाइला–पाइला गरेर लामो दौड नै पूरा गर्न सकिन्छ । उमेर, ब्यवसाय, स्थान र आवश्यकता हेरेर हाम्रो कदम फरक हुनु स्वभाविकै हो । तर, पनि केही अठोट भने साझा हुन्छन् । नयाँ वर्षमा नयाँ सोचको अठोट र कार्यान्वयन गरौं ।
सहि ढंगले समयको उपयोग गर्ने
समय अमूल्य छ, बितेको समय फर्केर आउँदैन, बगेको खोला र गुडेको समय एउटै हो, धन दौलतले समय फर्काउन सक्दैन भनेर हामी सबै भत्रे, लेख्ने गर्दछौं । त्यसैले भनाई र गराईमा एकरुपता ल्याऔं । घरभित्र र घर बाहिरको काम प्रमुखताको हिसाबले वर्गीकरण र समय तोक्ने बानी गरौं । यसरी बिहान उठेदेखि राति सुतेसम्मको समय तालिका बनाएर काम गर्दा समयको धेरै नै वचत हुन्छ । कुनै अड्डाको काम वा ब्यक्तिलाई भेट्न जाँदा, टेलिफोन वा इमेलबाट सम्पर्क गरेर जाँदा समयको बचत हुन्छ । एउटै इलाकामा भएका अड्डाहरुमा दुई, तीन ओटा कामहरु जम्मा पारेर एकैपल्ट जाँदा समयको बचत हुन्छ । त्यस्तै आफ्ना बिभित्र साथी, नातेदारहरुकहा भेट गर्न जाँदा पनि एकै इलाकाको कार्यक्रम एउटै दिनमा मिलाउन सकेमा समयको सदुपयोग गर्न सकिन्छ । टिभी हेर्दा र रेडियो सुन्दा आफ्नो रुचिअनुसारको कार्यक्रमको समय टिप्ने र त्यो बेलामा समय बचत गर्न तरकारी काट्ने, पकाउने, लुगा सिउने आदि बिभित्र आफ्ना कार्यहरु पनि गर्ने बानी गर्ने ।
परोपकारी कार्य गर्ने
हामीहरुले कुनै न कुनै ढंगले दान पुण्य कार्य गरिरहेकै छौं । तर, एकपल्ट फर्केर आफूले गरेको दान–दक्षिणाले कुनै ब्यक्ति बिशेष समूह वा मन्दिर, चर्च, विहार, मस्जिद आदिलाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ पु¥याएको बारे सोचौं । कतै हाम्रो अनुदान गर्ने ढंग त गलत छैन । कुनै धार्मिक स्थल गएपिच्छे एक रुपैयादेखि दश, पन्ध्र रुपैयाँ हुत्याएर, फ्याँकेर चढाउनुभन्दा एकमुष्ट रुपैयाँ जम्मा पारेर आफ्नो गच्छेअनुसार दान गर्दा त्यो उपयोगी हुन्छ । त्यो पैसाले केही रचनात्मक कार्य गर्न सकिन्छ । पवित्र स्थलका वातावरण सुधार्ने, जीर्णोद्वार गर्ने महत्वपूर्ण कार्यमा यस्तो सहयोगले मद्दत पु¥याउँछ । त्यस्तै बाटोमा मागेर हिंड्ने बच्चा, युवक र बृद्धलाईसमेत हातमा पैसा थमाएर कतै चुरोट, जाँड, रक्सी वा लागू पदार्थ खान हामी मद्दत गर्दैछौं कि ? त्यसैले यस्तो दान दक्षिणा फालेर मात्रै समस्याको समाधान हु“दैन । बरु समस्या झन बढ्न सक्दछ भत्रे विचार पु¥याउनुपर्दछ । आफ्नो जन्मदिन, आफ्ना बाबु आमाको श्राद्धको दिन पारेर कुनै बिद्यालयको गरीब बिद्यार्थीको एक वर्षको फी वा पुस्तक, कपी आदि कित्रे, कुनै अस्पतालमा एउटा खाटको निःशुल्क ब्यवस्था गर्ने वा अनाथलय, बृद्ध आश्रममा गएर खानेकुरा लुगा, तत्रा गच्छेअनुसार दिने बानी गरेमा हाम्रो अनुदान बढी उपयोगी हुन्छ । त्यसैले आफूले गर्ने गरेको दान सहयोगबारे एकपल्ट बिचार गरौं र यो नयाँ वर्षदेखि केही परिवर्तन गर्ने प्रण गरौं । अंगदान सर्वोत्कृष्ट दान हो । आफु मरेपछि वा नमर्दै पनि शरीरका बिभित्र अंग अरु कुनै ब्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ ।
हाम्रो जस्तो बिकासोन्मुख देशमासमेत आँखा प्रत्यारोपण गर्ने वैज्ञानिक पद्धति सुरु भएको धेरै भैसकेको छ । त्यसैले ‘आँखादान सर्वोत्कृष्ट दान’ भत्रे कुरा मनन गरेर त्यस्ता श्रद्धय दिन पारेर भए पनि आँखा दान गर्ने अठोट गरौं र तिलगंगा आँखा अस्पतालमा गएर फर्म भर्ने काम गरौं । पशुपति, तिलगंगा आँखा अस्पतालमा फारम भर्न आफ्नो २ प्रति फोटो र नजिकको दुईजना आफन्तको स्वीकृति चाहिन्छ । बिहान आठदेखि दुई बजेसम्म फर्म उपलब्ध हुन्छ । आफूलाई अन्य जानकारी प्राप्त गर्नु परेमा फोन नं. ४९३७७५ मा सम्पर्क गर्न सकिन्छ । यस सन्दर्भमा मलाई २०४४ साल श्रावणमा दिवगत हुनुभएका मेरो बुबाज्यू श्री रामराज पौड्यालको सम्झना आउँछ । उहाँको अन्तिम इच्छामध्ये आँखा दान गर्ने पनि थियो ।
वीर अस्पतालमा उहाँको मृत्यु भएपछि हामी परिवारको सदस्यहरु एकैछिन त बिचल्लीमा प¥यौं । कहाँ खबर गर्ने, कसरी झिक्ने भत्रे भयो । बिद्वान समाजसेवी श्री कमलमणि दीक्षितज्यूलाई फोनबाट खबर गरेपछि उहाँले चाँजोपाँजो मिलाइदिनुभयो र आँखा अस्पतालबाट टोली आएर आँखाको कोर्निया झिकेर दुईजना ब्यक्तिलाई एक–एकवटा आँखा प्रत्यारोपण गरियो । यसरी दाहसंस्कार गर्दा डढेर जाने खरानी हुने एकजोडी आँखाले दुईजना दृष्टिविहीनहरुले संसार देख्न पाएका छन् भत्र पाउँदा पनि गर्व लागेको छ ।
फरमाईस खर्च घटाउने
सधैं विभित्र कार्यमा ब्यस्त हाम्रो पनि मनोरञ्जन गर्ने इच्छा हुन्छ र आ–आफ्नो तरिकाले रमाइलो गरिन्छ । आफ्ना बिभित्र मनोरञ्जनका तरिकामध्ये एउटा दुईटा कटौती गरेर त्यसको रकमले परोपकारी कार्य गर्ने अठोट गर्न सकेमा त्यसलाई सुधारवादी कदम मात्र सकिन्छ । वर्षमा तीनवटा बनभोजमा सम्मिलित भइन्छ भने एउटामात्र भए पनि घटाउने । आफूकहाँ परिवारिक र साथीहरुको बिभित्र जमघट वर्षको ६–७ पल्ट गर्नेमा घटाएर ५–६ वटा मात्रै गर्ने । लुगा र श्रृंगारका साधन कम कित्रे बानी गर्ने । नचाहिने समान खरिद गरेर थुपार्ने बानी हटाउँदै लग्ने र अत्यावश्यक सामान मात्रै कित्र, बजार जाँदा लिस्ट बनाएर अत्यावश्यक सामानलाई प्राथमिकता दिएर मात्र कित्रे । इन्टरनेट र टेलिफोन चलाउँदा सकेसम्म पैसा कम हुने समय र बार बिचार गरेर चलाउने जस्तो विदाको दिन वा अड्डाको समय भन्दा अगाडि वा पछाडी मात्र फोन गर्ने ।
स्वदेशी वस्तु उपहार दिने
हाम्रो विभित्र चाडपर्व र विविध संस्कारमा गच्छेअनुसार उपहार दिने चलन छ । आफ्नो जन्मदिनमा बत्ती बालेर अष्ट चिरञ्जीवीको पूजा गर्ने र अरुलाई उपहार बाँड्ने संस्कृति भएको ठाउँमा आजभोलि विदेशी प्रभावले बत्ती निभाउने र आफूले उपहार लिने चलन चलेको छ । जेहोस् बच्चाको जन्मदेखि बृद्धमा मरण सम्मका समारोहमा सामेल हुदा कुनै न कुनै उपहार लग्ने प्रथा छ । त्यस्ता उपहारमा आजकल बिदेशी कार्ड र मालको प्रचलन नै बढी देखिन्छ । हामीले उमेर रुचि र उत्सव बिचार गरेर स्वदेशी मालताल, पुस्तकहरु कार्ड उपहार दिने बानी गर्नुपर्दछ । पर्यावरणको लागि रुख बिरुवा पनि उपहारमा दिन सकिन्छ । आफूले दिने उपहार पात्रको आवश्यकता अनुरुप र आफ्नो अर्थको दायराभित्र गर्नुपर्ने कुरामा बिचार पु-याउनु पर्दछ । फोस्रो धाक र ठस्साले श्रदापूर्वक दिइने उपहारमा स्थान पाउनुहुदैन । देखावटीपन भन्दा आत्मीयपनले दिइएको एकथुंगा फूल नै बहुमूल्य हुन्छ ।
यसरी नव वर्षमा हामीले पानीको सदुपयोग गर्ने, समाजसेवा गर्ने, कुराभन्दा कामलाई महत्व दिने, रष्ट्रियताको चेतना जगाउन आ–आफ्नो क्षेत्रबाट (बोलेर, लेखेर, सडक नाटक देखाएर, सिनेमा बनाएर) प्रगतिशील कदम चाल्ने अठोट गर्ने र पाइला पनि सार्ने निश्चय गरौं ।
पुरुष र महिला दुवै यसमा पूर्णरुपमा सहभागी बनौ । नयाँ वर्षलाई यसरी स्वागत गरौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)