वीरेन्द्र गर्भमै रहँदा भनियो, ‘यसपाला त, सरकार ! सिलवाल जन्मिने छन्’

सिँहदर्बार स्टेट हलमा कुनै राजकीय भाेजकाे अवसरमा टङ्कप्रसाद आचार्यले "सरकार, राष्ट्राध्यक्ष भएर यसरी खुला रक्सी खाइबक्सनु हुँदैन" भन्दा बडामहारानी तथा भाइभारदरहरूकाे क्राेधबीच" याे रक्सी हाेइन, टङ्कप्रसादजी, याे ब्राण्डी हाे" भनेर शालीन विनाेद प्रियताकाे परिचय दिने राजा !

राजा वीरेन्द्रलाई सम्झदै २००२ सालका केही उल्लेखनीय घटनाकाे चर्चा !

अरविन्द रिमाल

७७ वर्षअघि (पुष १४) वीरेन्द्र वीर विक्रम शाहदेवकाे जन्म भएकाे थियाे– राणाशासनकालमा वन्दीसरह राजा त्रिभुवनका जेठा नातिका रूपमा ।

वीरेन्द्रकाे जन्मकथा बडाे शनशनीपूर्ण थियाे भने २००२ साल नेपालकाे इतिहासमा बडाे महत्त्वपूर्ण घटनाहरुले उल्लेख्य रह्याे ।

१९९७ सालमा नेपाल प्रजा परिषदले पर्चा अभियानमार्फत प्रजातान्त्रिक समाज तथा राज्यव्यवस्था स्थापनाकाे आह्वान गर्‍याे । राजालाई श्री ५ महाराजधिराजले सम्वाेधन गरिने र राणा प्रधानमन्त्रीलाई श्री ३ महाराज भनेर सम्वाेधन गरिनैपर्ने हुकुमी शासनकाे त्यस समयमा उक्त आह्वानलाई राजद्राेह ठहर्‍याएर श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले ४ जना राजनीतिक वन्दीहरूलाई प्राणदण्ड दिए, अनेकलाई जन्मकैद वा लामाे समयकाे जेल सजाय ताेकेर त्राहिमाम राज चलाई राणा पारिवारिकतन्त्रकाे “सूर्य” कहिल्यै नडुब्ने भान दिए ।

समय बडाे बलवान् ! २००२ सालसम्ममा श्री ३ महाराजले समाज परिवर्तनकाे अनिवार्यता नबुझे पनि उद्योगधन्दा र शिक्षाकाे विकासकाे आवश्यकता बुझेछन्, साथै, अचम्म मान्नुपर्ने गरी राजनीतिक खुकुलाेपनकाे पनि ! फलस्वरूप धेरै राजवन्दीहरू छुटे । साथै, नेपालले राजधानीमा अभूतपूर्व र अर्काे दाेहाेरिन नसकेकाे ओैद्याेगिक मेला देखेकै बेला श्री ३ जुद्धले स्वेच्छाले गद्दी त्यागी राजर्षि भई पाल्पा रिडीकाे अर्घेलीमा जीवन निर्वाह गर्ने निधाे गरिसकेका रहेछन् ।

यता राजा त्रिभूवनकाे परिवारमा वंशवृद्धि गर्न नाति सन्तानकाे घनघाेर अभाव खटकिरहेकाे बेला महेन्द्रपत्नी ईन्द्रराज्यलक्ष्मी शाहाकाे स्वास्थ्य जाँच गर्न राजकविराज  सर्दार शिवनाथ रिमाललाई राजदरबार बाेलाइँदा उनले युवराज्ञीकाे जीऊ भारी भएकाे खुशीयाली खबर सुनाउँदै “यसपाला त, सरकार, सिलवाल जन्मिने छन्” भनेछन् ! साङ्केतिक शब्दकाे अर्थ बुझ्न त अरविन्द रिमालकाे “१९९७ सालदेखि २०१७ साल– एक अवलाेकन”काे “सिद्धहस्तकविराज शिवनाथ तथा राजदरवार सम्बन्धहरू” अध्याय नै पढ्नुपर्छ ।

जेहाेस्, “सिलवाल जन्मने” शब्दले समस्त राजपरिवारमा छाेरा जन्मिने आशा पलायाे भने केही महीनापछि एउटा गम्भीर समस्या पनि छायाे । युवराज्ञीकाे पेटकाे बच्चा चलेन छ ! ककसलाई जचाए, के भयाे, कसाे भयाे, केही नचलेपछि उनै राजकविराज सर्दार शिवनाथलाई बाेलाइयाे– अनि जे गर्नुथ्याे उनैले गरे, जे हुनुथ्याे उनैबाट भयाे । उनैकाे ओैषधिबाट भावी वीरेन्द्रले आमाकाे पेटैभित्र पुनर्जीवन पाए ! यता यथासमयमा वीरन्द्र जन्मे, उता कविराज शिवनाथ रिमाल राजर्षि जुद्धशम्शेरसँगै रिडी अर्घेली पुगिसकेका थिए !

यी सबै शनशनीपूर्ण एवम् चमत्कारी कथा विस्तारवूर्वक उही २०६२ सालकाे “अवलाेकन” सँस्करणमा !

विधिकाे विधान, वीरेन्द्र पाँचै वर्षहुँदा हजुरबुबा राजा त्रिभुवन तथा बुबा महेन्द्रसँगै राजनीतिक शरणार्थी भई भारतकाे राजधानीपुग्दाकाे मनाेभावकाे परिकल्पना उसले  राजा वीरेन्द्रकाे राज्याराेहणकाे रजत जयन्तीकाे उपलक्ष्यमा “विश्वमित्र” पाक्षिककाे विशेषाङ्कमा व्यक्ति परिचय पृष्ठमा गरेकाे छ भने साेही अङ्कमा पञ्चायत कालखण्डमा उनकाे शासकीय तथा प्रजातन्त्र पुनर्स्थापनाकाे लागि २०४६-४७ काे काङ्ग्रेस- वाम र सम्युक्त जनआन्दाेलनकाे ऐतिहासिक सफलतापछि सम्वैधानिकीय  राजकीय कार्यकाे समग्ररूपमा विवेचना पनि गरेकाे छ ।

एकतन्त्रीय पञ्चायतकालमा देश विकासकाे दृष्टिबाट गतिहीन हुनुमा, चरम राजनीतिक दमन- यन्त्रणा हुनुमा राजाकाे रूपमा वीरेन्द्रकाे नकारात्मक भूमिका निन्दा- आलाेचना- भर्त्सना- कठाेर मूल्यांकन एवम् निष्पक्ष विश्लेषणबाट कदापि उम्कन सक्दैन ! तथापि यहाँ यिनलाई समुचित सन्देह- लाभ– benefit of doubt– उनकाे आफ्नै परिवारबाट भएकाे असहयाेग, उनले पत्याएका “अनुभवी राजनैतिक” प्रधानमन्त्रीहरू, “डाक्टर- विद्वान” मन्त्रीहरू, उच्च अधिकारीहरूबाट उनलाई भएगरेका धाेका- विश्वासघात आदिबाट “प्राप्त” नभइरहन सक्दैन । 

तर पञ्चायती विडम्वना भनाैँ वा नेपालभूमिकै विशिष्टता, विदेश नीति सापेक्षिक रूपमा तटस्थ रहनुमा, चीनसित सहयाेग तथा मित्रताकाे निरन्तरता, असंलग्न परराष्ट्र नीतिकाे परिपालन, एशियाली- अफ्रिकाली राष्ट्रिय मुक्ति आन्दाेलनलाई यथाेचित समर्थन, स्वतन्त्र राज्यकाे रूपमा बाङ्गलादेशकाे समर्थन र मान्यता, दक्षिण एशियाली प्रादेशिक सहयाेय संघ SAARC काे संस्थापनसम्बन्धमा सह-प्रस्तावक, नेपालकाे राजधानी काठमाडाैँमा SAARCमाे प्रधान कार्यालय स्थापना हुनुमा, आफ्नाे राज्याभिषेककाे उपलक्ष्यमा “नेपाल शान्ति क्षेत्र”काे घाेषणा– यी सबै राजा वीरेन्द्रकाे सफल विदेश नीतिका निर्विवाद सबल पक्ष हुन् ।

राजा वीरेन्द्र नेपालकाे मात्र नभई  सम्वैधानिक राजतन्त्रीय मुलुककाे इतिहासकाे दृष्टिबाट पनि एक विशिष्ट, असाधारण राजा ठहरिन्छन् ! २०४६-४७ सालकाे सम्युक्त जन आन्दाेलनताका मुलुककाे सार्वभौमसत्तामाथि नै घाेर आघात पर्ने गरी भारतीय सरकारी प्रतिष्ठानले लाद्न खाेजेकाे चरम हैकमवादी दवावकाे खतरा झेल्दा उनले उक्त आन्दोलनकाे जुन ओैचित्य बुझे र त्याेसित राजनीतिज्ञतापूर्ण समझदारी राखे, त्यसकाे स्वागत गरे, अनि सम्वैधानिक राजाकाे रूपमा निर्विवाद रूपले आफ्ना जिम्मेदारी, दायित्व, कर्तव्य परिपालन गरे ती सब नेपाली इतिहासमा अमर रहने छन् । त्यसाे त राजा वीरेन्द्रले चीनविरुद्ध CIA द्वारा उक्साईएकाे वाङ्ग दी आतङ्क दमनपछि २०३०-३१ सालमै अमेरिकी सत्ताले नेपालमा आफ्नाे युद्ध अखाडा राख्नदिन दिएकाे दवाव, मुलुककाे स्वाभिमान एवम् स्वाधीनताविरुद्ध हुने दवाव झेल्नु नपरेकाे हाेइन ! तथापि मुलुकमा गिरिजाप्रसाद काेइरालाकालीन वा अन्य नामका सरकार विशेषकाे तर्फबाट भारतीय नागरिकहरूलाई अनुचित तवरले नेपाली नागरिकताकाे बेचबिखनकाे अर्काे घातक खेल चलिरहेकाे बेला राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको सुरक्षा एवम् सम्वर्द्धनका लागि जुन भूमिका निर्वाह गरे, त्याे राष्ट्रकाे परम हितमा उनकाे मूर्धन्य याेगदानकाे रूपमा इतिहासमा सदा स्मरणीय रहने छ ।  

हजुरबुबा राजा त्रिभूवनले ठूलाे साहस राखेर र जाेखिम झेलेर नेपालमा ल्याउन सघाएकाे प्रजातान्त्रिक व्यवस्थालाई बुबा राजा महेन्द्रले २०१७ सालमा जुन घातक रूपमा खाेसे, त्यसलाई सर्वथा समुचित उत्तराधिकारी रहेका नेपाली जनतालाई २०४६-४७ मा जसरी सम्मानपूर्ण ढङ्गले राजा वीरेन्द्रले फर्काए, त्याे उनकाे सदासर्वदा स्मरणीण याेगदान हाे ।

राजा वीरेन्द्रले त यी देशसेवा बापत् विदेशी शक्तिराष्ट्रका दुष्ट जासुसी निकायहरूकाे grand design अन्तर्गत गाेली खाई शहीदत्त्व वरण गरे ! तर नामधारी लाेकतन्त्रवादी, गणतन्त्रवादी- वामतन्त्रवादी- राजतन्त्रवादीहरू राजाकै रगतमा रजाईँ गर्दै आइरहेका छन्, विदेशी शक्तिकेन्द्रहरूसामु तिनकाे जदाै र लम्पसारवाद  बेराेकटाेक चलिरहेछ, यतिले नुपुगे झैँ तिनीहरू स्वस्नीपातिक नातावादमार्फत् मठाधिशीय सत्ताखेलमा लुप्त छन् ।   

राजा वीरेन्द्रका ओजस्वी  सम्झना र उत्तरदानमाथि  याेभन्दा बढी  घात, आघात, विश्वासघात अर्काे हुनसक्दैन भन्दै वाद वा वादी पूर्वाग्रह वा जडसूत्रवादभन्दा माथि उठेर उनलाई ७७ओैँ जन्मजयन्तीकाे उपलक्ष्यमा हार्दिक शुभकामना, जय नेपालकाे अभिवादन !

याे श्रद्धाञ्जली आलेख अन्त्य गर्नुअघि, सिलसिलाकाे हिसाबबाट पछिल्लाे भए पनि महत्त्वकाे दृष्टिबाट निकै उल्लेख्य भएकाे उनका थप सकारात्मक चारित्रिक पक्ष उल्लख हुनु आवश्यक छन्:

१) सिँहदर्बार स्टेट हलमा कुनै राजकीय भाेजकाे अवसरमा टङ्कप्रसाद आचार्यले “सरकार, राष्ट्राध्यक्ष भएर यसरी खुला रक्सी खाइबक्सनु हुँदैन” भन्दा बडामहारानी तथा भाइभारदरहरूकाे क्राेधबीच” याे रक्सी हाेइन, टङ्कप्रसादजी, याे ब्राण्डी हाे” भनेर शालीन विनाेद प्रियताकाे परिचय दिने राजा !

२) आफ्ना प्रमुख राजनीतिक प्रतिपक्षी विश्वेश्वरप्रसाद काइरालाकाे “राष्ट्रिय मेलमिलाप” अग्रसरताकाे ओैचित्य एवम् मर्म बुझेर २०३३ सालमा त्यसकाे स्वागत गर्ने राजा !

३) २०४७ सालकाे सफल जनआन्दाेलनलाई थप सार्थकता दिने हेतुले गणेशमान सिँहलाई प्रधानमन्त्री पद प्रस्ताव गर्ने परिपक्व राजा !

४) दासढुङ्गा हत्याकाण्डमा परेका मदन भण्डारीकाे देशभक्ति तथा राष्ट्रियताप्रति उच्च श्रद्धाञ्जली अर्पण गर्ने सहृदयी राजा !

५) मध्यावधि चुनावपछिकाे संसदमा ठूलाे दल भए पनि संख्याकाे दृष्टिबाट अल्पसंख्यक नै रहेकाे नेपाल कम्युनिष्ट पार्टी- एमालेका अध्यक्ष मनमाेहन अधिकारीलाई, देशी- विदेशी- पारिवारिक दवावलाई पन्छाएर, प्रधानमन्त्रीपदमा बहाल गर्ने संसदीय सम्वैधानिम मर्यादा- मर्मका पालक राजा ।

यी  रूपमा पनि वीरेन्द्र वीर विक्रम शाहदेव नेपालकाे इतिहासमा आभारपूर्वक अङ्कित रहने छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button