छोरीहरुबाट नेपालनाम्चालाई ‘छोरी’ सम्मान
एउटा त्यस्तो समाज जहाँ छोरीहरु भेदभावमुक्त वातावरणमा स्वसशक्तिकरणसहित अगाडि बढ्छन् । हो, त्यस्तो सुन्दर समाज निर्माणको लागि झन्डै एक दशकदेखि बहुआयामिक रुपमा सक्रिय संस्था ‘छोरी’ले नेपालनाम्चालाई सम्मान गरेको छ ।
‘महिला तथा बालिकाका अनेक मार्मिक, मानविय र महत्वपुर्ण विषयमा नेपालनाम्चाले गरेको लोभलाग्दो कभरेज, प्रस्तुति, योगदान र सहकार्यका लागि हामीले नेपालनाम्चालाई सम्मान गरेका हौं’, ‘छोरी’की प्रमुख हिरा दाहालले नेपालनाम्चाका लागि सम्पादक अशोक सिलवाललाई सम्मानपत्र प्रदान गर्दै भनिन् ।
‘हामी आम मानिसका मिडिया साथी हौं । खासगरी विषय नै नबनाइएका तर आम मानिसका जीवनका अनेक अन्तरंग हाम्रा लागि विशेष कन्टेन्ट हुन्’, हामी ‘छोरी’ र ‘छोरी’जस्तै संस्थाका पनि साथी हौं’, सम्पादक सिलवालले भने, ‘हरेक परोपकारी र मानविय कर्म हाम्रा प्राथमिकतामा पर्छन्, जसबाट समग्र समाज नै प्रिय परिवार बनोस् भन्ने हामी चाहन्छौं ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)