
सिन्धुलीको फिक्कलमा रैथाने उत्पादन किनबेचका उपायबारे अन्तरक्रिया

भुमराज तिवारी
सिन्धुली, २६ मंसिर
सहकार्य नेपाल सिन्धुलीको आयोजनामा फिक्कल गाउँपालिका खाङसाङमा १ दिने रैथाने उत्पादन किनबेच सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फिक्कल गाउँपालिकामा उत्पादन भएको रैथाने उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्ने भन्ने बारेमा स्थानिय कृषक तथा सहकारीमा आवद्ध कृषकहरुसँग छलफल भएको सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले बताए ।
स्थानिय स्तरमा उत्पादन भएको रैथाने तरकारी तथा खाधवस्तुलाई बजारमा कसरी सहज रुपमा किनबेच गर्ने भन्ने बारेमा रैथाने एग्री प्रडक्टस नेपालका अध्यक्ष तिलक ढकालले सहजीकरण गरेका थिए । रैथानेले गाउँको उत्पादनलाई उचित मूल्यमा किनेर काठमाडौ शहरमा लगेर ग्राहकको घर सम्म पुर्याउँदै आएको छ ।
फिक्कल गाउँमा उत्पादन भएको रैथाने वाली गहत, बोडी, सिमी, मस्याङ, बेसार, सक्खरखण्ड, तरुल, तोरी, पिडाँलु, फापर, जुनेलो, जर्नेली धान लगायतका वस्तुहरु किनबेच गर्ने सम्झौतामा रैथाने र सहकारीका प्रतिनिधिहरुका विचमा द्धिपक्षीय सम्झौता समेत सम्पन्न भएको छ ।
पछिल्लो समय फिक्कल सिन्धुली जिल्लाको प्रमुख पर्यटकिय गन्तव्यस्थलको रुपमा समेत विकास हुँदै छ । जिल्लाको सबैभन्दा उचाईमा रहेको फिक्कल सूर्योदय, सुर्यास्त तथा हिमाली सौन्दर्य अवलोकनको लागि प्रख्यात छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)