
मेरो एक भोटले मुहार फेरिन्छ रे

लक्ष्मी मैनाली पाठक
म ताज बेचेर जुवा खेल्दैछु
फेरि नयाँ के हुन्छ त्यो पनि हेर्दैछु ।
आजसम्म हेर्यौ लुछाचुँडी तन्त्र
मै राम्रो भनी जपिराछन् मन्त्र ।
मेरो एक भोटले मुहार फेरिन्छ रे
जता फर्क्यो उतै समृद्धिले भरिन्छ रे ।
आजभन्दा अघिको वाचा कता गए
बोलेका बोल जमान लापत्ता भए ।
फर्केर फेरि त्यहि आँगनीमा
आश्वासन छोडछ्न् मनोमानीसँग ।
मालिक म हुँ रे उनको युद्ध जिताउन
फेरि पनि उहि होला ढुकुटी रित्याउन ।
खै कस्को विश्वास गर्ने होला अब
जनता जनार्दन हुन जानी यि सब ।
मेरो एक भोटलाई टाँगु खै कता म
सबै राम्रो भन्छन् लागौं खै कता म ?
दोधारबीच अन्योल चिरी पर्दा
स्वाभिमान नगुमुन एक भोटले गर्दा ।
यो मौनतामा मै पनि मौन छु
को राम्रा हुन खै यसै पनि गौड छु ।
सहिलाई छान्न नकापुन हातहरु
हेरि जानी परिस्थिति बुझी सब बातहरु ।
सिटामोल बिना आकाल मृत्यु नहोस्
हाम्रा योद्धाहरुमा सहकार्य रहोस् ।
हजुरका निर्णयले मुहार फेरिउन गरीबको
शिक्षा स्वास्थ रोजगार समुन्नत नेपालको ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)