आमनिर्वाचनः मतदान बुझी गरौँ

प्रीति आत्रेय ज्ञवाली
हालः न्होम पेन्ह, कम्बोडिया

को नेता कतिको योग्य, मतदान बुझी गरौँ ।
गर्छु क्यै देशकै निम्ति, भन्ने को छ गुनी चुनौँ ॥१॥

भोटले व्यक्ति हो चुन्ने, गोप्यता हुन्छ भोटमा ।
फलानो नभनी चुन्नू, नबिक्नू अब नोटमा ॥२॥

जागेका छन् युवा ऐले, देश राम्रो बनाउन ।
कसिङ्गर बढारेर, देश स्वच्छ गराउन ॥३॥

भोगियो यतिका वर्ष, देखियो देश दुर्गति ।
थपिन्छ वर्ष पाँचै लौ, नचुने स्वच्छको मति ॥४॥

रही सतर्क लौ आफैँ, दिऊँ साथ नयाँ मुख ।
गर्भबाटै नजानेका, दिनु ता पर्छ ढाडस ॥५॥

न गालीले न तालीले, देश यो बन्छ उर्वर ।
सुपात्र छानिँदा केही, उर्वरै हुन्छ जर्जर ॥६॥

दिन तीन छ बेला यो, अवधि मौनको अब ।
मन शान्त बनाएर, रोजौँ सुयोग्य नै अब ॥८॥

के भनूँ म अरू बात, आफैँ छु है प्रवासमा ।
देशकै हितका निम्ति, गर्छु अपील खासमा ॥९॥

देश सेवा गरौँ हामी, मन बोली र कर्मले ।
सकिन्छ जसरी गर्न, आफ्नै स्वत्व र ढङ्गले ॥१०॥


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button