सम्बन्धविच्छेदः छोडेपछि फेरि किन माया ?

रिता आचार्य

आजकाल सामाजिक सञ्जाल तातिएको छ लोकदोहोरी क्षेत्रमा निकै चर्चित स्थान ओगट्न सफल गायिका बबिता बानिया जेरी र शंकर क्षत्रीको सम्बन्धले । मनपराएर विवाहमा परिणत जोडी हो यो । दुईजनाबीचको मायाको चिनो मुटुको टुक्रा एक सन्तान छोरी उनीहरु दुवैको हो । तर, विभिन्न कारणले स्थाई हुन नसकेर सम्बन्ध विच्छेदमा पुग्यो उनीहरुको ।

सम्बन्ध विच्छेदपछि युट्युव छताछुल्ल भरिएको छ जेरीको मनका वेदनाले । यहाँ एकतिर विवाहलगत्तैदेखि मानसिक र शारीरिक टचर दिएको, मर्न हिँडेको, स्तर नमिल्ने भनेर आरोप लगाएको भनेकी छन् । यदि यो भनाई सत्य हो भने किन फेरि शंकरविना बाँच्न नसक्ने, म मर्छु भन्दै आँसु झारेर गीत गाएकी हुन् ? अनि पत्रकार र युटुवले यी दुई कुराको किन सोधपुछ गर्दैन ? एकातिर नर्कमा जीवन थियो भने त त्यहाँबाट मुक्ति पाउनु राम्रो हो । श्रीमान बिना पनि बाँच्न सकिन्छ भनेर समाज नै बोल्न सक्तैन ?

किन शंकरलाई सम्झेर रुनु भो ? जसले विवाह पश्चात् आरोप प्रतिआरोप लगाउँदा पनि त्यही मान्छे सम्झेर धरधरी रुनुमा शंकर कतै निर्दोष त छैनन ? कि उनीविना एउटी महिला बाँच्नै सक्तिनन् ? यसले के देखिन्छ भने हामी महिलाहरु हामी पुरुष सरह क्षमतावान छौं भनेर जति बोल्छौं, त्यति सक्षम नभएको देखिन्छ, जेरीको अहिलेको लोकदोहोरीबाट । साच्चै आँटवान, हिम्मतवान र क्षमतावान नारी हौ भने आँसु झारेर सामाजिक सञ्जालमा महिला कमजोर भएको किन देखाउनु ? अनि के साँच्चै श्रीमानले छोडे महिलाको बाँच्ने आधार टुट्छ त ? हिजो नारी पुरुष बराबरी भनेर बोल्ने महिला अधिकारकर्मी र जेरीको माइती पक्ष मौन छन् । यसको अर्थ जति महिला सक्षम छौं भनेर बोले पनि परुषको आडबिना धर्ती नै फाट्छ तर महिला बाच्न सक्तिन भन्नू हो । त्यसैले श्रीमान नै संसार हो, ऊ बिना जीवन चल्नै नसक्ने हो भने नारी साँच्चै कमजोर हुनुपर्छ । नत्र हामी नारी पनि केही गर्न सक्षम छौं भने यसरी एकातिर गुमाएकोमा पिर अर्कोतिर बेइमानी थियो भनेर आफै बेइमानी हुने गर्नु भएन ।

आँसु झार्नु र रुनु महिला कमजोर देखाउनु हो । मन नपरेर छोडेकोमा फेरि किन माया ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button