लाज पचाई भोट मागी हिँडे घुसखोरी

उठौ युवा शक्ति

रूपा अधिकारी

चनाखो होउ साथीभाई झुक्याउलान फेरि
लाज पचाई भोट मागी हिँडेछन् घुसखोरी
हाम्रा आँखा नफुट्नाले केके देख्नुपर्यो
जस्को सरकार आए पनि मनलागि गर्यो ।

शासन शक्ति आफ्नो बनाई लुटी रहे देशमा
कहिले साधु कहिले सन्त अनेक दाऊ भेषमा
देशको लागि सपथ खाए तर वाचा तोडिरहे
आफ्नो स्वार्थ पुरा गर्न केवल संसद फोडिरहे ।

अरु देशको विकाश हेर आकाश चुमिसक्यो
हाम्रो भने राजनीतिले सगरमाथा नुगिसक्यो
विकासको फड्को कहिले मार्ने होइन देशमा
चुनाव आयो अनि आउने यिनी अनेक भेषमा ।

यसपालि त राम्रो मानिस नजिताई हुँदै हुन्न
पछि पर्यो हाम्रो देश यिनको भरोसाले छुन्न
यो चुनावले नयाँ खाका कोर्नु पर्छ साथीभाई
बुढा, भ्रष्ट, बोधो दिमाग सबलाई गर्नुछ वाई ।

राम्रो मानिस रोजीरोजी भोट हालौ ल यसपाली
युवा क्रान्ति गर्नुपर्यो अब देश विकासको लागि
अमूल्य छ मेरो भोट, यो पहिलो चुनाव हजुर मेरो
यसपालिको लहरले नयाँ बनाऊँ देशको सेरोफेरो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button