
फरक र सट लगाएर ठुलीआमाको घर आमाको साथमा गइन्थ्यो टीका लगाउन
रिता आचार्य ‘पाँचथरे’
त्यो बेला नयाँ लुगा भनेको स्कुलको पोशाक हुन्थ्यो ।
सप्तमीको दिन विद्यालयमा फूलपाती मनाइन्थ्यो । क–कसका नयाँ लुगा अनि मिलेर फरकमा चुना (मुजा) बसेका साथी अौंल्याइऔंल्याई देखाइन्थ्यो ।
घरमा दहीचिउरा, केरा चढाउने दिन, दुर्गा थाप्ने दिन र फूलपाती एकैदिन शुरु हुन्थ्यो ।
हामी निकै ठुलो परिवारमा हुर्केका । घरमा कुटेका चिउरा, डाला, थुन्सेभरी हुन्थे । बेसीको घर धानबारीको सामान टिप्न माथिल्लो गाउँका मान्छे झर्थे ।
हाम्रो घरमा तास खेल्ने र दहिचिउरा खाने भिडभाड ।

दशमीको दिन टीका लगाउन फरक र सट लगाएर ठुलीआमाको घर आमाको साथमा गइन्थ्यो । ठुलीआमाकामा कति पैसा दिनुहुन्छ, कस्लाई कति दिनु हुने हो भनेर आमालाई अब घर जाऔं भनेर गनगन सुरु हुन्थ्यो पुग्नासाथ तर मावल टाढा भएको कारणले आमा एकरात बस्नुहुन्थ्यो ।
रातभरि आमा र ठुलेमा घर खर्च चलाउने छोराछोरीलाई माछामासु, मिठोमसिनो खुवाउने कुरा दुखसुख गफ गर्नुहुन्थ्यो । ननिदाई उज्यालो हुन्थ्यो ।
भोलि बिहान हामी मलाई १० उसलाई २० भनेर पैसा गन्दै फर्किन्थ्यौं ।
अहिले सधैं माछामासु, दिनै फोनमा भेट, हप्तैपिच्छे कपडा, मोवाइलमा ब्यस्त यस्तो दशैंको गरिबलाई भार र धनीलाई आडम्बर ल्याउने दशैले के खुसी ल्याउला र ?
आमासँगै टीका नलगाएको दशैं त सधै अध्याँरो बोकेर आउँछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



