श्वेतजलरङ्कका लागि भने पनि नदी किनारा नाश नगर

जय भण्डारी

उत्तर ध्रुबिय देशतिर सन्तान हुर्काउने
जाडो छल्न पृथिवीको मध्यरेखा झर्ने
समुन्द्रको तटतट खेल्ने छालसँग
विश्वब्यापी मोतीजस्तै श्वेतजलरङ्क ।

माथिका पंक्तिहरुमा उल्लेख गरिएको श्वेतजलरङ्क बाटो छलिएर आउने एक दुर्लभ र सुन्दर चरा हो । यो नेपालमा समुन्द्र सतहबाट ७६ मी देखि १३०० को उचाईसम्म देखिएको छ ।

यो नेपालमा पहिलो पटक सन् १९७९ फेब्रुअरी ११ मा फ्रा, लामबेर्ट र रिचार्ड ग्रिमेटले कोशी ब्यारेजमा अभिलेख गरेका थिए । यो नेपालका ठूला नदिकिनारका बलौटे बगरहरुमा छिटछिटो खुरखुरखुर दौडिदै खाना खोज्दै गरेको देख्न सकिन्छ भने विश्वका अधिकांश समुन्द्री तटहरुमा क्लीक क्लीक गर्दै सामुन्द्रीक छालहरुसँग खेल्दै गरेको ।

जाडो सकिएपछि यसले फेरी ध्रुबिय बासस्थानतिर लाग्छ र बच्चा कोरल्ने हुर्काउने गर्छ । यसले नियमित रुपमा पारिस्थितिक चक्र चलाईरहन्छ । यस्ता बिरलै आउने पाहुना चराहरुको पुनर्आगमनका लागि परिस्थिति निर्माण गर्न नदिनालाहरुको बगर संरक्षण आवश्यक छ । त्यसैले राज्यस्तरबाटै नदीको किनारा नाश गर्ने कार्य बन्द गराई पर्यावरणीय अवस्था सन्तुलन राख्ने कार्य जारी गर्नु पर्दछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button