मान्छे! बलात्कार र बालयौन शोषणबारे सामाजिक संजालमा भद्धा मजाक नगर

ललिता अधिकारी

समाजमा हुने गरेको बलात्कार, बाल यौन शोषण जस्ता गम्भीर बिषयमा पुरुषहरु भन्दा महिलाहरू नै सकृय भएर सामाजिक संजालमा मजाक गर्ने, धज्जी उडाउने, टिकटक बनाउने, वास्तविकता नबुझी जथाभावी गालीगलौज गर्ने, जथाभावी लेख्ने, कमेन्ट गर्ने गरेको देख्दा अचम्म लाग्छ । अझ भन्ने हो भने नबुझेकाले त भने–भने बुझेका शिक्षित वर्ग र लेखक भनाउँदाहरुको सामाजिक संजालमा उम्लेको प्रतिक्रिया देखेर झनै अचम्म लाग्छ ।

उचित पारिवारिक वातावरण संस्कार र शिक्षाको अभाव, आधुनिक संचार र प्रविधिको गलत प्रयोग जस्ता बिषयहरुले कब्जा जमाएको कारणले नै किशोर किशोरीहरु जानेर वा अन्जाममा कसैको लोभ लालच तथा अन्धभक्ति र अन्धविश्वासको पछि लागेर पनि जानिनजानी फसिरहेका हुन्छन् । कुन सहि कुन गलत भन्ने कुरा छुट्टाउन सक्ने परिपक्वताको अभाव पनि यस उमेर समुहका केटाकेटीहरुमा निश्चय नै हुन्छ । त्यसैले यस्तो कुरामा केटा होस् या केटी जो परिपक्व उमेर भएको छ, उसले नै समाजले स्वीकार नगरेको गलत बाटो रोज्नु हुँदैन ।

पीडित पक्ष वास्तविक पिडित हो कि होइन, कानुनी आधार के हो भन्ने कुरामा सामाजिक संजालमा बोल्ने, निर्णय दिने र कार्वाही गर्ने होइन । त्यसबारे अनुसन्धान गर्ने जिम्मेवार निकाय छँदैछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button