
ऋषि पञ्चमीप्रति एउटी आस्तिकको ‘नोट अफ डिसेन्ट’
ललिता अधिकारी
एकातिर हिन्दु नारीहरुको महान चाड तीज पर्वको आफ्नै महत्व त छँदैछ, अर्कोतर्फ यसै तीज अन्तर्गत ऋषि पंचमी ब्रत पुजाको महत्व र आशय कथामा सुन्दा भने म सानैदेखि भगवान र आध्यात्मिक पक्षमा विश्वास राख्ने मान्छे भएता पनि वास्तवमा म आफुले आफुलाई ‘आस्तिक व्यक्त्ति नै हुँ’ भन्नेमा अलिकति शंका गरेँ ।
श्रीकृष्ण भगवानले युधिष्ठिरलाई सुनाएको कथामा जस्तै आफैभित्र उब्जिएको अनुत्तरित प्रश्नहरु
१) के महिलाहरुले जानेर वा अन्जानमा रजस्वला हुँदा अरुलाई छोएर यतिसम्म पाप लाग्ने अनि पापिनी, कुकुर्नी हुने हुन्छ होला र ?
२) के रजस्वला हुनु महिलाहरूको प्राकृतिक प्रकृया (नियम) होइन र ?
३) के यो कथा सुनिपछि र ऋषिको पुजा लगाएपछी चाँहि जजस्ले जे-जे पाप गरेका भए पनि अनि बर्षदिन भरीको रजस्वला हुँदा छोइएर लागिएको भनिएको पाप जति यो सबै नष्ट हुने हो र ?
४) वास्तवमा कथाले मलाई नबुझेको होला कि मैले चाहिँ कथालाई नबुझेको हुँला ?
यो मेरो धर्मको कुनै अपहेलना नभई आफैभित्र उब्जिएको अनुत्तरित प्रश्नहरू मात्रै हुन् । फेरि पनि अहिलेसम्म म आफैले मान्दै र गर्दै आएको उक्त धर्मको निरन्तरता रोकिन्छ कि भन्ने कुरामा समेत शंका नै छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



