
बुवा हुनेले त मुख हेर्छन्, नहुनेले फोटो हेरेर चित्त बुझाउन पर्छ
सोनिका अर्याल
आज बुवाको मुख हेर्ने दिन । बुवा हुनेले त मुख हेर्छन्, बुवा नहुनेले बस् फोटो हेरेर चित्त बुझाउन पर्छ ।
भगवान नी किन यति धेरै निर्दयी हुन्छ्न। मेरो नी बुबा हुनू भएको भए सायद म कहिले नि दुःखी हुनु पर्ने थिएन।
मम्मीको मुहारमा सधैँ मुस्कान देख्न पाउने थिएँ । मनमा खुसी छाउने थियो । मम्मीलाई कोहीले नि केही भन्न सक्दैन थियो । मलाई केही चाहियो भने बाबालाई नभन्दा नि बाबाले ल्याइदिनु हुन्थो तर अहिले केही चाहिएको छ भनेर दस चोटि भन्दा समेत पाउँदिन ।
म पढाइमा राम्रो भए भने मलाई पुरस्कार दिनुहुन्थ्यो तर अहिले मलाई पढ्न केही सामान चाएको छ भने नि मैले पाउँदिन । भन्न त सबैले भन्छन्, बाबा पछिको बाबा दाई हो भनेर तर त्यस्तो नहुँदो रैछ ।
जब तपाईँ हुनुहुन्थो, मेरो मुहारमा सधैं खुसी छाउँथ्यो तर अहिले मेरो आँखामा आँसुबाहेक केही छैन बाबा । जब म पढाइमा प्रथम हुन्थेँ, तपाईँले स्याबासी दिनु हुन्थ्यो । केही काम गर्न लाग्दा नसकेर हरेस खाए भने हिम्मत दिलाउने काम गर्नु हुन्थो । तर अहिले मैले हिम्मत हारेको बेलामा मलाई हिम्मत दिलाउने मान्छे हुनुहुन्न ।
आज बाबाको मुख हेर्ने दिन छ । कास्, तपाँई पनि मसँगै हुनु भएको भए सारै खुसी हुन्थेँ, सधैं भरी तपाइँको याद आउँछ । मलाई पनि यो गर, यो नगर भनेर सम्झाउने र मलाई साथ दिने बाबा मसँग हुनु भएको भए म सारै खुसी हुन्थेँ ।
तपाईँ बिना मेरो जिन्दगी नै शुन्य छ बाबा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



